अंग्रेजी लेखक विलियम समरसेट ममको एउटा कथाले हामीहरुको अहिलेको चरित्र उजागर गरिरहेको छ जस्तो लाग्छ । त्यो कथा ‘मिस्टर नो अल’ (सर्वज्ञ) हो । यसमा जापानमा बसेर काउन्सिलर अफिसमा जागीर खाने एउटा अमेरिकीको कोकल्याटे चरित्रलाई जीवन्त बनाइएको छ । ‘राम्जे’ नामको उक्त पात्र आफूलाई श्रेष्ठ ठान्छ । ऊ आप्mनो विचार र आपूmले एक पटक बुझेको, एक पटक सुनेको कुरा शास्वत ठान्छ । ऊ कसैको कुरामा विश्वास गर्दैन । यसैबीच अर्को पात्र मिस्टर नो अल अर्को कोक्ल्याटे त्यहाँ आइपुग्छ । ऊ आपूmलाई सर्वज्ञ ठान्छ । उसले राम्जेकी श्रीमतिले लगाएको मोतीको मालाबारे बोल्छ र भन्छ, ‘यो असली मोतीको माला हो’ । ऊ मोतीको व्यारी र पारखी मान्छे भएकोले यो कुरा थाहा भएको भन्छ ।
तर मिस्टर राम्जे यो कुरा मान्न तयार छैन । ‘यो नक्कली हो । अडार डलरमा किनेको ।’ भन्छ र बाजी समेत थाप्छ । ऊ जापानमा एक्लै बस्थ्यो र उसकी श्रीमती न्यूयोर्कमा बस्थी विगत एक बर्षदेखि । श्रीमतीले उसलाई ढाँटेर सक्कली माला नै किनेकी रहिछे । तर त्यहाँ मोतीको ब्यापारी सर्वज्ञले ‘यी मोती सतप्रतिशत सक्कली हुन्’ भन्दै झगडा मात्र गरेन, बाजी पनि थाप्यो । यद्धपी श्रीमती राम्जे लोग्नेलाई ‘बाजी नराख’ भन्दै थिइ तर राम्जे टेरेन । किनभने उसलाई विश्वास थियो, श्रीमतीले साँचो बोलेकी छे । उसले कहिल्यै सोचेन, श्रीमतीले अन्य तरिकाले महंगो मोती किनेर लोग्नेलाई सस्तोमा किनेको भनेर ढाटेकी छे । त्यो अश्वेतले आप्mनो सिसा लगाएर जाँच गर्न थाल्यो मोतीको माला । उसले चश्मा उचालेर देख्यो श्रीमती राम्जेको मुख, त्यहाँ सातो गइरहेको देख्यो । यदि त्यो सक्कली प्रमाणित भयो भने लोग्नेले उसको चरित्रमा संका गरी उसलाई छोडन सक्नेछ । यो यिबोगको महसुस गरी त्यो सर्वज्ञले घोषणा ग¥यो, ‘यो मोतीको माला नक्कली छ ।’ बाजी हारेर पैसा दिइ ऊ हिंड्यो । भोलीपल्ट विहानै श्रीमती राम्जेले त्यो सर्वज्ञलाई आप्mनो लोग्नेले बाजी जितेको पैसा फिर्ता गरिदिइ । यो मानबिय सम्बेगात्मकतामा गएर कथा टुंगिन्छ ।
आज म देखिरहेकोछु, त्यो कथाको पात्र राम्जेको भूमिकामा हामी रुपान्तरित भइरहेकाछौं कि केही थाहा नभइ न्वारानदेखिको बल लगाएर दाबी गरिहेका छौं, यो भनेको यो हो, यो भनेको यो होइन । तर त्यो दाबी हावादारी भएको हामीलाईै पत्तै हुँदैन । आपूm बुख्याचा भएको पत्तै हुँदैन ।
अर्कातिर हामी त्यो सर्वज्ञको भूमिकामा छौं । सत्य कुरा थाहा पाएर पनि हारिदिनु पर्ने नियती बोकेर लुखुुर लुखुर हिंडिरहेकाछौं । यो इतिहासले प्रमाणित गरेको तथ्य हो । हामी हारेको लामो इतिहास छ । जनताले कहिल्यै पनि जितेका छैनन् । तर नेताले संधै जितिरहेका छन् । ०४८ मा पनि जिते । ०५१ मा पनि जिते । जित्दै जित्दै ०६४, ०७०, ०७२, ०७९ मा पनि तिनैले जिते । तर जनता संधै हारे । जनताको जीत कहिले पनि भएन । जनता हारेर नेताले जित्ने समय रहेछ यो । हामीले देख्यौं, जनता हारिरहंदा नेताले ‘जितुवा’ को पगरी लगाएर गर्धनले नथाम्ने गरी पूmलका माला भिरेर जितौरी खाइरहेका थिए । मालाले थिचेर सकस भएको देखे जनताले । तर तिनलाई आनन्द लागेको थियो । यो पूmलले थिचेको सकसको कथा लेख्ने समय पनि रहेछ ।
यो सकसको कथा जनतामा रंगिएको राणाकालदेखि नै हो । प्रजातन्त्रको स्थापनामा थुप्रै शहीद भए तर ती हारे जव २००७ सालदेखि ०१५ सालसंम संक््रmमणकालले देश र जनतालाई गलायो । वीपीले दुईतिहाइको सरकार बनाए । उनी जितुवा पनि भए । तर जनताको जीत कहिल्यै भएन । जनताले हारे तर वीपीले जिते, अनि राजाले जिते ।
यो राजाले जितेको समयको काउण्टडाउन सुरु भयो । जनताको हारको कुनै इतिहास लेखिएन । र जनताले हारेको सिलसिला चलिरह्यो । २०४६ सालको परिवर्तन पछि जनताले जितेर राजालाई हराएको गीत सुनाइयो यत्रतत्र । तर क््रmमशः जनता हार्न थाल,े दलहरु जित्न थाले । दलहरुले यति धेरै जित्न थालेकि आप्mनै पार्टीको बहुमत हुंदाहुंदै पनि मध्यावधी चुनाव चाहियो । भारतलाई हेर्नै दृष्टिकोण भन्दै एमाले फुट्यो, अनि पार्टीमा आँपूm हावी हुन नपाएकोमा कांग्रेस फुट्यो । जनता हारिरहे, नेता जितिरहे । लोकतन्त्रको कञ्चन खोलो धमिलो भयो, केही नदेखिनेगरी ढल मिसाइयो त्यो लोकतन्त्रको खोलामा । अनि जनता त्यही ढल मिसिएको खोलामा नुहाएर पवित्रता आर्जन गर्दै थिए । फलस्परुप जनतालाई हैजा लाग्यो, लुतो आयो । जीउभरी खटिरै खटिरा भए । ती खटीराले जीउ चिलाउन थाल्यो । उत्पात भयो । संक्रमीत भयो जनताको शरीर ।
यो गन्धे पानीमा नुहाएर लोकतन्त्रको पवित्रता आर्जन गर्ने भ्रममा रहेका नेपाली जनताले क््िरmकेटका हजारौं छक्का खाइसकेका थिए । यही बेला त्यो धमिलो पानीलाई सङ्गलो बनाइदिने सपनाका कोलाज मुलुकभर प्रेशित भए जनयद्धका नाममा । ती सुन्दर र ग्ल्यामरस थिए । अनि सङ्गलो नुहाउने पानीको कल्पनामा उद्धेलित हुन पुगे, उन्मादित हुन पुगे जनता । सुद्धिकरणको नाममा त्राशदीका काब्य रचना गरेर जनतालाई जिताउने कसम खाएकाहरुको जमातमा जनता रंगिए । तर त्यसले पानीमा अझै के मिसायो, पीडाका स्वर र आँसुले नेपालीलाई श्रवणकुमारका आमाबाबुमा रुपान्तरित गरिदियो । जनता भात, चन्दा र सहयोगको मालाले थिचिएर एैं एैं भए ।
दोश्रो जनआन्दोलनपछि जनताले जितेको पूmईं लगाइयो । पूmलमाला र अविरका सानदार यात्रा तय गरियो । त्यो लोकतन्त्रको चित्र क््रmमश धुमिल हुनथाल्यो । एमाओबादीले चारबर्ष गीत गुञ्जाइर¥यो ‘हामी जितुवा, अरु हरुवा’ । साढे चार वर्षमा ‘क्यूरेट’ गरिएको सम्विधानसभाको आत्माले जनतालाई कहीं कतै जित्न दिएन । जनताको पैसा बैठक र सहमतिको नौटंकीमा कति सिध्याएकाछन् भन्ने तथ्यांक पेशगर्न युगौं लाग्छ । नैतिकताको कुनै मुल्य हुन्थ्यो भने त्यसरी खाएपछि काम गर्नु पथ्र्यो । तर यी आप्mनो अनुकुलको सम्विधान बनाउन र सत्ताकेन्द्रित भएर त्यो सम्विधानसभालाईनै झम्पल लगाएर लडाइदिए । संसारमै नभएको प्रयोग भयो यहाँ, दोश्रो संविधानसभाको चुनाव भयो । जनताको नाम बेचेर जनताको भावना भन्दा आप्mनो स्वार्थको मलजल गरिरहे । सहमतिको नाममा अरवौं खर्च गरेर पनि सहमति गर्न असफल भएपछि यिनले सिंहदरवारबाट सर्वोच्च अदालत सञ्चालन गर्ने लोकतान्त्रीक कोलाजको सिर्जना गर्न पुगे । सर्वोच्च अदालतबाट सिंहदरवार सञ्चालन गर्ने अभ्यासलाई लोकतन्त्रको उन्नत नमूना माने । समिकरण फेरियो । हैसियत फेरियो दलहरुको । संविधान बनाउने कार्यतालिका बाराम्बार फेरियो ।
यिनले वार्ता र सहमतिका लागि कति हजार पटक बैठक बसे, कति पटिक सहमति गरे, तिनको फेहरिस्त लामै छ । यिनले ‘समाजवाद’ संविधानबाटै ल्याउन खोजे । यिनले लेनिनको समाजवाद, माओको समाजवाद, वीपी कोइरालाको समाजवाद, भोल्टेयरको समाजवाद अनि मदन भण्डारीको समाजवाद एकै पटक एउटै दस्तावेजमा खररर ल्याउँने भनेर झुट बोले । तै पनि उनीहरु जितिरहेका छन् । तिनकै जीत छ । जनताको जीत आजसम्म कसैले देखेको छैन ।
आजसम्म लोकतन्त्रको दियोमा पानी हालेर द्धीप प्रञ्वलन गरेर ताली पडकाउन लगाए जनतालाई । ०६४ को सम्विधानसभाको चुनावमा जित्यौं भन्नेहरु पनि हारिरहेका छन् आज । त्यसबेला हार्नेहरु पनि आज जितिरहेकाछन् । ती फेरी पनि तिनै हुन् हार्ने र जित्ने, जनता होइनन् त्यसका भागेदार । जनताले त महंगी, अभाव, कालोबजारी, भ्रष्टाचार, अन्याय, अत्याचार, शोषण र दमन पाएका छन् । तिनैको विजय छ जनतासंग त । जनता माथिको कथाको पात्र भएकाछन्, जितेर पनि हार्ने । जनताले सत्य देखेर पनि हारिरहेकाछन् । दियोमा तेल हाल्ने प्रण गरेका दलहरु जनताको दियोमा पानी ओइ¥यादिंदैछन् । यिनले झम्पल लगाएर सामाजिक सदभावलाई भत्काइदिए । जनताका न्यायलय बिटुलो बनाइदिए । अख्तियार लुते पारिदिए । सुसाशन सकिदिए । समाजका हरेक अवयबहरुलाई राजनीतिकरण गरेर मरणासन्न पारिदिए र जनताको नाम पुकारेर तिनलाई बिटुलो पारिदिए । युवालाईै निरास बनाएर बिदेशीने बनाए । फेरी पनि जीत उनैको भन्दैछन् आज । कुरो बुझिएन त !
म नाथेले कुरो पनि किन पो बुभ्mनु परेको होला !! दमक, झापा