अन्तर्वार्ता देश–समाज लेख स्थानीय

भारतमाथि आतंकवादी हमला विगतदेखि वर्तमानसम्म

भारत र पाकिस्तान बीच अहिले ठूलो र भिषण युद्धको बादल मयारिदो छ । दुवै देशका सिमानामा सैन्य गतिविधि हरु एक अर्काको विरुद्ध आक्रामक रूपमा प्रस्तुत हुँदै गई रहेको छ ।कुनै वेला पनि युद्ध विस्फोटक रूप लिन सक्छ ।भारतीय सञ्चार माध्यम र पाकिस्तानी मीडिया दुवै तर्फ एक अर्काको विरुद्ध विष वमन गर्ने कार्य भैरहेको छ । भारतीय सैन्य क्षमता र पाकिस्तानी सैन्य क्षमता बीच तुलना गर्ने कार्य भैरहेको छ ।परमाणु शक्ति क्षमता सम्पन्न भारत र पाकिस्तान मूल रूप मै एक अर्काको सत्रु राष्टू हुनुले पनि युद्धको विभिषिका र युद्धबाट हुन सक्ने अप्रत्याशित क्षति र आसन्न संकटबाट यस भारतीय उपमहाद्वीपमा नै ठूलो उथल पुथल मच्चिने सम्भावना बढ्दै छ ।पाकिस्तानले आफ्ना परमाणु हतियार समेत भारतको विरुद्धमा प्रयोग गर्ने भनेर केहीदिन अगाडी नै घोषणा गरी सकेको छ ।पाकिस्तान का सेना प्रमुख, प्रधानमन्त्री, रक्षा मन्त्री, रेलमन्त्री लगायतका प्रमुख पदमा हुनेहरूले भारतले आक्रमण गर्‍यो भने भारतलाई ध्वस्त बनाउने समेत चेतावनी दिई सकेका छन्  ।
भारतका प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री, विदेशमन्त्री लगायतका सैन्य सल्लाहकारहरुले भारतीय फौजलाई पाकिस्तान विरुद्ध कारबाही गर्न खुला छुट दिइ सकिएको छ भनेर भारतीय मिडियालाई ब्रिफिङ गरि रहेको भेटिन्छन्।भारतसंग एक से एक मिसाइल छन् जो पूर्ण रूपमा भारतीय टेक्नोलोजीबाट निर्मित छन् ।तर युद्ध र हातहतियार तथा सैन्य क्षमता हिसाबले पाकिस्तानलाई पनि काँतर र कमजोर भन्न चाँहि मिल्दैन । भारतलाई आतंकवादसंग जुध्न सहयोग पुर्याउने राष्ट्रहरुमा अमेरिका, रुस्, फ्रान्स, इजराइल, सउदीअरब तथा युरोपियन युनियनका केही देशहरू अग्रपंक्तिमा रहेकाछन् भने पाकिस्तानलाई चीन र टर्की लगायतका देशहरुले हात हतियार तथा कूटनीतिक समर्थन दिनसक्ने सम्भावना रहेको बुझिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले जम्मु काशमिरको पहलगाममा यही २०२५ अप्रिल २२ मा भारतीय पर्यटकहरूमाथि गराइएको आतंकवादी हमलामा पाकिस्तानी सेनाप्रमुख र जैस ए मोहम्मद नाम गरेको इस्लामिक आतंकवादी समूहको हात रहेको कुरा बताईरहेका छन । छब्बीस जना पर्यटकहरू मारिएको र २० जना सिकिस्त घाइते बनाइएको उक्त आतंककारी घटनामा हिन्दुहरुलाई धर्म सोधीसोधी छातीमा गोली ठोकेर मारेको र मुसलमानहरुले पढ्ने गरेको कल्मा पढ्न लगाइएको थियो । भारत पाकिस्तानमा सेल्टर लिएर बसेको इस्लामिक उग्रबादी जेहादी समुहबाट लगातार रूपमा आतंककारी घटना बेहोरी रहेको मुलुक हो । पाकिस्तानमा अलकायदा, आईएसआईएस जैस एमोहम्मद, इन्डियन मुजहिदिन लगायतका भारत विरोधी र हिन्दू विरोधी संगठनहरुलाई पाकिस्तानी सेनाहरूले प्रशिक्षित गरी लाइन अफ कन्ट्रोल पारगरी भारतीय सिमानामा घुसेर आतंकवादी गतिविधिहरू घटाउन प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउँदछ । भारतमा आतंकवादी गतिविधिहरू सञ्चालन गर्ने समूहहरूमा अल्गाबादी समूहहरू पनि छन् । पञ्जाबलाई भारतबाट छुट्याएर खालीस्तान बनाउने प्रयासमा लागेका शिख आतंकवादीहरू पनि पाकिस्तानमा बसेका छन् ।त्यस्तै पाकिस्तानमा कश्मिरी पृथकतावादी समूहहरू पनि भारतको विरुद्ध गतिविधिहरू सञ्चालन गर्दै आइरहेका छन् भारतमा नक्सलाइट कम्युनिस्ट संगठनहरूले पनि आतंकवादी गतिविधिहरू सञ्चालन गर्दै आइरहेका देखिन्छन् यस्ता आतंकवादी घटनाहरूमा सयौं मानिसहरूको ज्यान गइरहेको छ भारत सरकारलाई आतंकवाद एउटा ठूलो चुनौतीको रुपमा रहेको छ भारतमा आतंकवादी घटनाहरु को सुरुवात धेरै अघिदेखि भइरहेको पाइन्छ सन् दुई हजार पछि त यस्ता आतंकवादी गतिविधिहरू निरन्तर रुपमा जारी रहेको पाइएको छ।
सर्वप्रथम भारतमा पन्जाबलाई भारतबाट छुट्याउन सिख आतंकवादीहरुले सन १९८५ मा कनाडाबाट मुम्बई आउन लागेको हवाईजहाज मा रहेको ३२९ जना हवाई यात्रुलाई हवाईजहाजभित्रै बम विस्फोट गराएर मारेको घटना सबैभन्दा ठूलो आतंकवादी जघन्य घटनाको रुपमा रहेको देखिन्छ । सन् १९९३ मा गराइएको मुम्बई बम विस्फोट को घटना भने कम भयानक छैन सन १९९३ मार्च १२ तारिखका दिन गराइएका घटनाहरू मा जम्मा दुई २५७ मानिसहरु बम विस्फोटबाट मारिएका थिए जसमा अन्तर्राष्ट्रिय रूपमा कुख्यात रहेको अन्डरवल्ड का डन दाउ द इब्राहिमको हात रहेको थियो। दाउद इब्राहिम अहिलेपनि पाकिस्तानमा सेल्टर लिई बसेका छन् र भारतका विरुद्ध आतंकवादी गतिविधिहरु सञ्चालित गरिरहेका छन्। त्यस्तै १३ डिसेम्बर सन् २००१ मा भारतको संसद भवनमाथि हमला गरेर सबै सांसदहरूलाई मार्ने योजना बनाएर आएका आईएसआईएसका आतंकवादीहरूको संलग्नता रहेको थियो ।
संसद भवन आक्रमण घटनामा सात जना सुरक्षाकर्मी मारिएका थिए भने १८ जना भन्दा बढी घाइते भएका थिए भारतका नयाँ दिल्लीमा रहेको संसद भवनमाथि भएको यो घटनाले विश्वलाई नै अचम्ममा पारेको थियो। सानो २००२ तिर भारतको गुजरात प्रान्तमा रहेको हिन्दूहरूको प्रसिद्ध मन्दिर अक्षरधाममा आईएस आईएसका आतंकवादीहरुले आक्रमण गरेर ३० जना भन्दा बढी हिन्दुहरूको हत्या गरेको थियो। तथा ८० जनाभन्दा बढी हिन्दु तीर्थलुहरूलाई घाइते बनाइएको थियो भारतको इतिहासमा धर्मस्थल माथि हमला गरेर इस्लामिक आतंकवादीहरुले हिन्दु धर्मलाई क्षति पुर्याउने प्रयास गरेको थियो उक्त घटना सन् २००२ को सेप्टेम्बर २४ तारिखका दिन भएको थियो । भारतमा आतंकवादी गतिविधिहरूको लर्को लागेको देखिन्छ । सानो २००८ को मुम्बई आक्रमणको घटनाले पनि विश्वलाई स्तब्ध बनाइएको थियो सन् २००८ को २६ देखि २९ नभम्बरसम्म भएको यो घटनामा मुम्बईको लगजरी होटल ताजमहल प्यालेस रेल्वे स्टेसन यहूदी समुदायको संस्था परेको थियो ।
यस्ता घटनामा १७४ जनाले ज्यान गुमाएका थिए। यसमा २६ जना विदेशीहरू पनि परेका थिए यस्तो घटना जमाते उल दावा नाम गरेका आतंकवादी समूहले घटाएका थिए । जुलाई १३ सानो २०११ मा मुम्बईमा अर्को बम विस्फोटको आतंकवादी घटना घटाइएको थियो जसमा १८ जना मानिस मारिएका थिए र करिब १३० जना भन्दा बढी मानिसहरू घाइते भएका थिए ।
यस घटनामा इन्डियान मुजाही दिन नाम गरेको संगठनले जिम्मेवारी लिएको थियो। आतंककारी घटना रूपमा हैदराबादमा पनि बम विस्फोटको घटना घटाइएको थियो जसमा १८ जना भन्दा बढी मानिसहरू मारिएको थियो यस घटनामा पनि इन्डियन मुजाही दिन नाम गरेको आतंकवादी संगठनले जिम्मेवारी लिएको थियो सन २०१६ मा १८ सेप्टेम्बरका दिन भारतीय सेनाको बेस क्याम्प रहेको जम्मु कश्मिरको उरी नाम गरेको ठाउँमा गराइएको आतंकवादी आक्रमणमा परि १७ जना सैनिकहरूको ज्यान गएको थियो । सीमा पारिबाट हुने आक्रमण निरन्तर रुपमा जारी रहेको छ। त्यस्तै २०१९ मा जम्मु कश्मिरको पुलवामा नाम गरेको ठाउँमा आतंकवादी घटना घटाइएको थियो । जसमा बम विस्फोट गराएर भारतको सिआरपीएफ क्याम्प माथि आक्रमण गरेर ठूलो क्षति पुर्याएको थियो यसमा ४०जना भन्दा बढी सैनिकहरूको ज्यान गएको थियो।
सन् २०२१ मा जम्मु कश्मिरमा मात्रै १५३ वटा आतंकवादी घटनाहरू घटाइएको थियो जसमा २७४ भन्दा बढी मानिसहरूको ज्यान गएको थियो। यसरी भारतको जम्मु कश्मिरको पहलगाममा भएको आतंकवादी घटना बाट विश्वलाई नै ठूलो चिन्ता लाग्न गएको छ। पाकिस्तान ले नै आतंकवादको प्रत्यायोजन गरेको हुनाले पाकिस्तानमाथि शान्तिप्रिय नागरिकहरूको ध्यान आकर्षित भै रहेको छ । यही अप्रील महिनाको बाईस तारिखका दिन लस्करै टोयबाका आतंककारीहरु ले २६ जनालाई मारेको र २० जनालाई घाइते बनाएको पहलगाम घटनामा दुई जना नेपाली पनि परेका छन्। जसमा एकजनाको ज्यान नै गएको छ। भने अर्को एकजना सिकिस्त घाइते अवस्थामा रहेका छन्। आतंकवादले विश्वमा कहिले पनि शान्ति को मार्ग प्रशस्त गर्न सक्दैन। त्यसैले आतंकवाद जुनसुकै आवरणमा होस् त्यसलाई निमिट्यान्न पार्नु जरुरी छ ।वर्तमान समयमा आतंकवाद मानवता मानवतावाद माथि ठूलो संकट तेर्सियाई रहेका छन्। तसर्थ साम दाम दण्ड भेद भय प्रीति जस्तै जस्तोसुकै उपाय गर्नु परे पनि आतंकवादलाई निर्मूल पार्नु जरुरी छ।

Author

You may also like