देश–समाज सम्पादकीय

प्रयासमै सीमित दुर्घटना न्युनिकरण कार्यक्रम

पछिल्लो समयमा र्दुघटनासम्बन्धी प्रहरीको रिपोर्ट हेर्‍र्यो भने अत्यास लाग्छ । गाडी चलाउनु भनेको मृत्युकै लागि पो रैछ कि भनेझै देखिन्छ । यस्तै झापाको मात्र रिपोर्ट जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको छ । केही दिन अगाडि धरानबाट भोजपुर गएको बस दुर्घटना हुँदै मंगलबारसम्म ३ जनाको ज्यान गएको छ । झापा, मोरङ, सनसरीका तत्कालका घटना हेर्दा कहाली लाग्दो छ । त्यसमाथि सरकारी निकायबाट बेलाबेलामा सार्वजनिक हुने तथ्याङ्कहरुले अत्यास लाग्दो बनाएको छ । पछिल्लो तथ्याङ्क अनुसार ९ महिनामा झापामा ७० जनाको ज्यान गईसकेको छ । यो गत चैत्र महिनासम्मको रिपोर्ट हो त्यस यता पनि दर्जनौंको ज्यान गईसकेको छ । ज्यान जानेको गईहाल्यो तर जीवनमरणको दोसाँधमा उभिएर जीउन खोजिरहेका घाइतेहरुको अवस्था अझ दर्दनाक छ ।
जिप्रका झापाले दिएको तथ्याङ्क चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म नौ सय ६६ सवारी दुर्घटना हुँदा उक्त मानवीय क्षति भएको हो । दुर्घटनामा मृत्यु हुनेमा ५३ पुरुष, १२ महिला र पाँच बालबालिका रहेका छन् । सोही अवधिमा दुर्घटनामा परी एक सय १७ जना घाइते, एक हजार ४२७ जना सामान्य घाइते भएका छन् ।
त्यस अवधिमा एक हजार ४१३ सवारी साधन दुर्घटना भएकोमा त्यसमा सबैभन्दा धेरै आठ सय ७६ मोटरसाइकल, एक सय ६२ टेम्पो, एक सय ४१ जीप कार, ४५ बस, २८ ट्याक्टर, २२ ट्रक, सात टिपर, दुई/दुई डोजर र माइक्रो तथा सात वटा अन्य सवारीसाधन रहेका छन् ।
ट्राफिक प्रहरीलेको रिपोर्ट हेर्‍र्यो भने दुर्घटना चालकको लापरवाहीबाट धेरै भएको देखिन्छ तर आम मानिसले सवारी दुर्घटनाको कारक ट्राफिकलाई दिइरहेका हुन्छन । त्यहाँ लाइट भएन, त्यहाँ जेब्रा भएन, त्यहाँ आकाशेपुल भएन वा त्यहाँ ट्राफिक नै भएन, सरकारको नीति ठिक भएन वा यस्तै यस्तै दर्जनौं आरोपहरु ट्राफिक प्रहरीमा लाग्ने गर्दछ तर प्रहरी भने मापासे गरेको, ध्यान नदिएको, डूाइभिङ गर्दा मोबाइल चलाएको, भत्केका बाटाहरुमा ध्यान नदिएको, स्कुल वा भिडभाड हुने स्थानहरुमा संवेदनशिलता नदेखाएको जस्ता कुराले सवारी चालक नै दुर्घटनाको जिम्मेवार ठहरिने प्रहरीले बताउँछन । यहाँनेर अब कसको कुरा ठिक वा बेठिक भन्नुभन्दा पनि यिनै दुई तर्फका कुराहरुको सामान्जस्यता वा मिश्रणबाटै दुर्घटना बढी हुने देखिन्छ । ट्राफिक दुर्घटना हुन नदिनेतर्फ जिम्मेवार हुन आवश्यक देखिन्छ भने चालक नै पहिलो व्यक्ति हो जसले दुर्घटना हुन्छ कि भन्ने चेत दिमागबाट एक सेकेण्ड पनि छुटाउनु हुन्न । ट्राफिक प्रहरी, चालक र बटुवा यति तीन जना दुर्घटनाका सम्बन्धमा जिम्मेवार र संवेदनशिल बनेको खण्डमा दुर्घटना न्यु्निकरण हुन कसैको मुख चियारहन पर्दैन तर यि तीन जनाको सहकार्य, समन्वय र सामाञ्जस्यता हुन आवश्यक देखिन्छ । जसको अचुक औषधी भनेकै एउटै जनचेतना नै हो । दुर्घटना घट्नेतर्फ भन्दा पनि बढ्नेतिर सँधै अग्रसर देखिन्छ । दुर्घटनामा कसैले सवारी चालकलाई दोष दिने, कसैले यातायात व्यवसायी, त कसैले ट्राफिकलाई दोष देखाएका छन् भने बढी मात्र नीति नियम बनाउने सन्दर्भमा सरकार नै दोषी भएको पनि बताउने गरेका छन् तर यहि कारणले बढी दुर्घटना भएको हो भन्ने एकिन कसैले गर्न सकिरहेको छैन ।
चालक, सवारी चालक र बटुवा यि तीन पक्षका स(साना कुरालाई ध्यान दिने हो भने पनि सवारी दुर्घटना धेरैहदसम्म न्युनिकरण हुनसक्छ । चालकलाई समय र सडकको प्रकृति फेरिँदा सोही अनुसार प्रशिक्षित गराउनुपर्छ । अहिले सडक सुरक्षाका सन्दर्भमा राज्यबाट जति काम हुनुपर्ने हो, ती भएका छैनन् । भएका गतिविधिहरू पनि प्रभावकारी नहुँदा दुर्घटना बढेको हो । हाम्रो मापदण्ड, नीति पनि पुरानो भइसक्यो । ०५८ सालमा बनेको सडक यातायात नीति यतिका वर्ष भइसक्दा पनि राज्यले अहिलेको परिवेश अनुसार बदल्न सकिरहेको अवस्था छैन । यि सब कुरालाई सुधारेर दुर्घटना हुनबाट रोक्न राज्यले पहल गर्न आवश्यक देखिन्छ ।

Author

You may also like