देश–समाज मुख्य शिक्षा समाचार स्थानीय

पृथ्वी माविमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत

दमक/ दमक–७ स्थित पृथ्वी माध्यमिक विद्यालयले नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीको नतिजा प्रकाशन गरेर पुरस्कार वितरण गरेको छ । मंगलबार विद्यालयले नर्सरीदेखि कक्षा ७ र ९ को नतिजा प्रकाशन गर्दै उत्कृष्ट हुने तीन जना प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरेको छ । पुरस्कृत विद्यार्थीले कक्षा अनुसारका आवश्यक कपि र डटपेन प्राप्त गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक विष्णुबहादुर राईले जनाए अनुसार पुरस्कृत विद्यार्थीहरुमा कक्षा ९ (क)बाट रजनी बिक, रोहन गिरी, समिक्षा कुमाल र (ख) बाट हाङ्मा नाल्बो, मुस्कान लावती टिजा विक उत्कृष्ट भई पुरस्कृत भएका छन् भने ७ (क) बाट धिरज सहनी, निधि राजवंशी, अर्पण ओली र (ख) बाट भिमा लावती, संयोग आङ्दम्बे, सुप्रिया योङहाङ पुरस्कृत भएका छन् ।
यसैगरी कक्षा ६ (क) बाट रोदिप लिम्बु, सिकुम लिम्बु, दुर्गा शाह र (ख)बाट राकेश लिम्बु, सजन राई र शिा लिम्बु रहेका छन भने कक्षा ५ (क) बाट मिङ्सी लिम्बु, विष्णुमाया श्रेष्ठ र टिया लिम्बु र (ख) बाट अर्पिता शाह, गंगा यामी र मो. फरहान आलम पुरस्कृत भए । कक्षा ४ (क) बाट सन्देश शेर्मा, सरिना बेघा, अनुषा राई (ख)बाट रानी लिम्बु, सोमिया राई, सञ्चिता अधिकारी पुरस्कृत भए भने कक्षा ३ (क)बाट शखी लिम्बु, नुमा लिम्बु र समैरा लिम्बु (ख) बाट अमिर टुडु, विशेष राई, स्वीकृति चौधरी पुरस्कृत भएका छन् । यस्तै कक्षा २ बाट निखिल सहनी प्रथम, खुशी सोनी, स्वीकृत चौधरी द्वीतिया र अञ्जली शाह (तृतिय) भएका छन् । यस्तै कक्षा १ बाट आर्यन शेर्मा (प्रथम), आयन खान र मो. रेहान (द्वितीय) र साहिल कुमाल तृतीय भएका छन् ।
केजीतर्फ मनिष कुमाल, मनिष राई र दिब्या निरौला क्रमशः प्रथम, दोस्रो र तेस्रो भएका छन् । नर्सरीमा नोओमी विक प्रथम, कृपा माझी दोस्रो र मेहेरा प्रविन तेस्रोत स्थान हासिल गरी पुरस्कृत भएका छन् ।

Author

You may also like