देश–समाज समाचार स्थानीय स्वास्थ्य

पुरुषलाई प्रोष्टेट क्यान्सरबाट बचाउन शिविर सञ्चालन

दमक / विकासको सूचक मध्येको स्वास्थ्यलाई महत्वपूर्ण अंगको रुपमा लिएर दमक नगरपालिकाले सबै वडाबासीको स्वास्थ्यसम्बन्धी चासो र चिन्ता बढाउँदै गतिविधि गरिरहेको छ । सोही क्रममा मंगलबार वडा नं. ५ को आधारभुत स्वास्थ्य संस्थामा पुरुषमा हुने प्रोष्टेट क्यान्सरबाट बचाउन ५५ वर्षमाथिका पुरुषका लागि ‘प्रोष्टेट क्यान्सर स्क्रिनिङ शिविर’ सञ्चालन गरेको छ । सो शिविरबाट ७० जनाले सेवा लिएको र ५/६ जना बाहेक सबैको प्रोष्टेट देखिएको स्वास्थ्य केन्द्र इन्चार्ज धर्मेन्द्र रिमालले बताए ।
दमक नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आयोजित सो कार्यक्रम दमक नगरपालिका नगरप्रमुख रामुकमार थापाको प्रमुख आतिथ्यता तथा नगर उपपप्रमुख रेगिना भट्टराई प्रसाईको विशेष आतिथ्यतामा आयोजित सो कार्यक्रमको अध्यक्ष वडा नं. ५ का कार्यवहाक वडाअध्यक्ष खड्ग बहादुर राईले गरेका थिए । कार्यपालिका सदस्य खेमकुमारी परियार, वडा सदस्य शोभा खतिवडा बेलवासे, स्वास्थ्य शाखा प्रमुख ब्रजेश मेहता, डाक्टरहरु डा. प्रदीप भट्टराई (दमक अस्पताल), डा. डिक प्रसाद कट्टेल, आधारभुत स्वास्थ्य केन्द्र इन्चार्ज धर्मेन्द्र रिमाल , सर्जन डा. प्रकाश मैनालीको आतिथ्यता रहेको थियो ।
वडा सचिव निधिनारायण ढुंगेलले सञ्चालन गरेको सो कार्यक्रममा वडा सदस्य शोभाले स्वागत मन्तव्य राखेकी थिईन । सो कार्यक्रममा ब्यानर पढेर प्रमुख अतिथि थापाले उद्घाटन गरेका थिए ।
नगरवासीको स्वास्थ्य प्रवद्र्धन र स्वास्थ्य सचेतनाका क्षेत्रमा सक्रियता देखाउँदै नसर्ने रोगका रुपमा समस्या बढ्दै गएको पुरुषको प्रोष्टेट क्यान्सर हुनबाट रोक्न खोजपड्ताल कार्य अघि बढाएको नगरप्रमुख रामकुमार थापाले बताए ।
कार्यक्रममा बोल्दै दमक नगर प्रमुख थापाले हालसम्म ३० जना विशेषज्ञ डाक्टरसहित ८७ वटा बेडको नगर अस्पताललाई १ सय बेडको पुर्याउनै लागेको जानकारी पनि गराए । योसँगै अब ३ सय बेडको अस्पतालको प्रक्रियामा सरकारको माथिल्लो निकायसँग पहल गरिरहेको उल्लेख सुनाए । ल्याबको अब स्थानीय जनताले दमक अस्पताल वा अन्यत्र दौडन नपर्ने गरी वडा वडामा ल्याब सेवा बिस्तार गर्दै जाने पनि बताए । आफु आएदेखि सबै वर्ग र समूहका दमकबासीलाई स्वास्थ्यको पहुँचमा ल्याउन अनेकन प्रयत्नहरु भईरहेको पनि नगरप्रमुख थापाले सुनाए ।
नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले भौतिक निर्माणको प्रक्रियालाई मात्र विकास नभनी स्थानीयको स्वास्थ्यलाई ध्यानमा राखेर रोग लाग्न नदिने काम अझ महत्वपूर्ण विकास सूचक रहेको बताईन । वडाबासीको हितका निम्ति, खर्च र समय खेर फालेर अन्यत्र जान नपरोस् भनेर वडा वडामै कार्यक्रम ल्याईरहँदा हरेक वडाबासीले चासो र चिन्ता राख्न पनि आग्रह गरिन् । उनले भनिन– यहि पुरुष प्रोष्टेट क्यानिङको लागि अन्यत्र जाँदा एक जना बराबर ३ हजार बढी खर्च हुने र समय समेत बर्बाद हुने अवस्थालाई ध्यानमा राखेर पुरुषहरुको स्वास्थ्यमा भएका समस्यालाई समाधान गर्ने नभएकाहरुलाई ढुक्क बनाउने अभिप्रायले कार्यक्रम आयोजना गरिएको सुनाईन ।
कार्यक्रममा बोल्दै दमक नगर स्वास्थ्य शाखा प्रमुख ब्रजेश मेहताले एक लाखमा एकजनामा देखिने रोग भए पनि दिनदिनै सहरी क्षेत्रमा प्रोष्टेट क्यान्सर बढ्दो अवस्थामा रहेकाले त्यसको सचेतना अपनाउने सन्देशका लागि यसखाले कार्यक्रम राखिएको बताए । सो स्वास्थ्य शिविरबाट लाभ लिन विहानैदेखि सेवाग्राहीको भिड लागेको थियो ।
समस्या देखिएकाहरुलाई कन्फर्मको लागि दमक अस्पतालदेखि माथिल्लो निकायसम्म पुर्‍याउने र उहाँहरुको स्वास्थ्य समस्या निराकरणका लागि दमक नगरपालिकाले सक्दो भरथेग गरिरहने बताए ।

Author

You may also like