भारतको अयोध्या स्थित भगवान राम जन्मभूमिको मन्दिरको गजुर माथि विशाल राम ध्वज लगाइएको छ । भगवान रामको जन्मभूमि मन्दिर लाई करिब ५०० वर्ष अगाडि अरबतिरबाट आएका मुस्लिम आक्रान्ता बाबरले भत्काउन लगाएर त्यहाँ बाबरी मस्जिद नाम गरेको मस्जिद निर्माण गर्न लगाएर जन्मभूमि मन्दिरलाई इस्लामीकरण गरिएको थियो। ५०० वर्षको अन्तरालमा उक्त ठाउँमा पुनः राम मन्दिर स्थापना हुनु र मन्दिरको सर्वोच्च गजुर भएको ठाउँमा केसरिया ध्वजमा सूर्य, ओमकार र कोविद रुख अंकित गरी अयोध्याको ध्वज फहर्याउनु तथा मन्दिर निर्माण कार्य पूर्ण हुनु विश्व कै सनातन हिन्दुहरू लागि गर्व गर्न सकिने कार्य हो । सनातन परम्परा र हिन्दू धर्मको अटल विश्वास र जनश्रुतिका अनुसार वेद पुराण र धार्मिक ग्रन्थहरूले समेत सत्यापित गरेको उक्त राम जन्मभूमि मन्दिर परिसरमा त्रेता युगमा अयोध्याका राजा दशरथको दरबार थियो । त्यही दरबार भित्र भगवान रामको जन्म भएको थियो। युगौं वर्ष बितिसक्दा पनि ठूलाठूला ऋषिमुनि , साधुसन्त, बैरागी, गृहस्थ, सन्यासी तथा जन सामान्य सनातन हिन्दू धर्मावलम्बीहरू त्यस ठाउँमा गएर भगवान राम को जन्मभूमि प्रति भक्तिभाव श्रद्धा र पूजा गर्न छोडेका थिएनन् ।
भारतमा इस्लामिक शासन हुँदा विदेशी आक्रान्तहरूले भारतमा आफ्नो इस्लामिक संस्कृति को विस्तार गर्न लगाएर भारतलाई इस्लामीकरण गर्ने गरेको बलात प्रयासहरुले गर्दा भारतका धेरैजसो क्षेत्रहरुका हिन्दूहरु सनातन धर्मबाट मुस्लिम धर्ममा बलात् धर्मान्तरित भई सनातन परम्परालाई परित्याग गरेका थिए।मुगलहरूको शासन कालमा हिन्दूहरूले निधारमा रातो टिका लगाउन तथा टुप्पी र जनै धारण गर्नु राजद्रोह र अपराध पूर्ण कार्य मानिन्थ्यो।भारतमा सयौँ वर्षसम्म चलेको इस्लामिक राज्यको अन्त्य भएपछि अङ्ग्रेजहरूले करिब ३०० वर्षसम्म भारतमा शासन चलाउँदा भारतमा इसाईहरूको पनि वर्चस्व र सङ्ख्या बढ्दै गएको देखिन्छ। हजारौं वर्षसम्म भारतमा अरबतिरबाट आएका इस्लामिक आक्रमणकारीहरू र युरोपबाट आएका अङ्ग्रेजहरूहरूले भारतमा सनातन हिन्दु धर्म र परम्परालाई जोगाउन तथा संरक्षण गर्न कुनै पनि किसिमको चासो देखाएनन्। सनातन धर्मावलम्बीहरूका धार्मिक केन्द्रहरू ,पूजा प्रतिष्ठानहरू तथा आस्था र विश्वासहरू माथि अनेकौं किसिमबाट प्रहारहरु हुँदै गयो, तथा सनातन धर्मको धेरै नै क्षति हुनपुग्यो । भारतले बेलायती अङ्ग्रेजहरूबाट स्वतन्त्रता पाए लगत्तै भारत भरि नै हिन्दु र मुसलमान समुदायका बीचमा ठूलो मार काट, आगजनी , हत्या र लुट पाट तथा बलात्कार जस्ता अमानवीय र घृणित दंगा फसादहरुले गर्दा भारतलाई ठूलो नोक्सानी र बर्बादी ब्यहोर्नु परेको थियो । भारतबाट छुट्टिएर बेग्लै इस्लामिक राष्ट्र बनाउनु पर्दछ भन्दै मुस्लिम लिगले राजनीतिक नाराहरू लगाउन तथा राजनीतिक मागहरू उठाउन थाले पछि भारत झन् जर्जर, अस्थिर र कमजोर भै सकेको थियो । भारतको एउटा ठूलो भूभाग जुन सनातन धर्मको मूल उदगम विन्दु मानिएको सिन्धु नदी घाटी क्षेत्रहरु समेत पाकिस्तानलाई हस्तान्तरण गरिएको थियो। भारत सनातन हिन्दु धर्मको देश हो र भारतबाट स्वतन्त्रता पाउनुपर्छ भन्दै ठूलो संख्यामा रहेका मुस्लिमहरूले पाकिस्तान जिन्दाबाद भन्दै नारा लगाउँदै भारतभित्र ठूलो हिंसा मचाउन थालेका थिए। उग्र हिंसाको रूप धारण गर्दै जाँदा लाखौंको सङ्ख्यामा त्यस क्षेत्रमा रहेका सनातन धर्म मान्ने हिन्दू समुदाय तथा बुद्ध धर्म मान्ने बौद्ध समुदायका महिला पुरुष बालबालिका लगायत निर्दोष व्यक्तिहरूको हत्या गरिएको थियो। लाखौंको सङ्ख्यामा हिन्दू र मुसलमानहरूको विभत्स हत्या हुँदा भारतका राष्ट्र पिता महात्मा गान्धी र प्रधानमन्त्री जवाहरलाल नेहरुले भारतबाट अलग स्वतन्त्र पाकिस्तान भन्ने देश छुट्याइदिनु पर्दछ भनेर पाकिस्तानका संस्थापक मोहम्मद अलि जिन्नासँग सम्झौता गरेर शान्ति स्थापना गर्ने प्रयास गरेका थिए। भारतीय मुसलमानहरू पाकिस्तानतिर गएर पाकिस्तानलाई इस्लाम धर्मअनुसारको सरिया कानुनबाट चल्ने इस्लामिक राष्ट्र बनाउन सफल भए भने भारत तिर बसोबास गरिरहेका इस्लाम धर्मावलम्बीहरू तथा अन्य धार्मिक समूहहरूले भारतको कानुन अनुसार आम नागरिक सरह सबै किसिमका धार्मिक, सामाजिक र राजनीतिक अधिकार भारतका नागरिकको रुपमा प्राप्त गर्ने व्यवस्था संविधानमै मिलाइएको हुनाले भारतको संविधानलाई पन्थनिरपेक्ष राष्ट्रको रुपमा घोषणा गरेर भारतको बहुधार्मिक स्वरूपलाई सम्मान गर्दै भारतको एकता र अखण्डतालाई अभिभाज्य बनाउन सफल भएको थियो । पछि पाकिस्तानबाट पनि छुट्टिएर एउटा नयाँ देश जसलाई अहिले बांगलादेशको नामले चिनिन्छ त्यसको जन्म सन् १९७१ मा हुन गयो। बाङ्गलादेश पनि अहिले कट्टरतावाद र नस्लवाद तथा धार्मिक उन्मादको आगोमा जलिरहेको छ। पाकिस्तान र बाङ्गलादेशमा रहेका अल्पसंख्यक सनातन हिन्दु धर्मावलम्बी र इसाईहरूमाथि अनेकौं किसिमबाट हिंसा र बर्बरता पूर्ण घटनाहरू घटिरहेको खबरहरु समाचारहरूमा पत्रहरूमा आइरहन्छ ।
भारतमा १९८० को दशकपछि हिन्दू राष्ट्रवादी विचारधाराका राजनीतिक विश्वास बोकेका राजनीतिक दलहरूले हिन्दुवादी एजेण्डाहरू लिएर निर्वाचनमा जाँदा जनताको अपार समर्थन प्राप्त गर्दै गइरहेको परिप्रेक्ष्यमा भारतमा आज भारतीय जनता पार्टीको गठबन्धनको सरकारले राज्य सञ्चालन मा महत्वपूर्ण भूमिका खेलिरहेको छ। भारतमा विश्व हिन्दु परिषद्ले पनि आफ्ना गुमेका सनातन धर्मावलम्बीहरूका पहिचान र विरासतहरुलाई खोज्ने र त्यसलाई संस्थागत गर्ने कार्यको लागि ठूलो ठूलो प्रयासहरु गरिरहेको छ । इतिहासको कुनै कालखण्डमा रहेको अखण्ड भारतको परिकल्पना र भिजन तथा परम्परालाई पुनः स्थापित गराउन उनीहरू दिलोज्यानले लागि परेका छन् र खटिरहेका छन् । सन् १९२५ मा स्थापना भएको राष्ट्रिय स्वयंसेवक संघले स्वेच्छिक रुपमा हिन्दु संस्कृति र हिन्दू समाजलाई एकजुट पार्न ठूलो विश्वव्यापी अभियान चलाइरहेका छन्। भारतका अनेकौं ठाउँमा रहेका ठूलाठूला साधुसन्तहरु, विद्वानहरू, शंकराचार्यहरू तथा मठमन्दिरका पुजारी तथा महन्तहरूले समेत अरबतिरबाट आएका मुस्लिम आक्रान्ता तथा शासकहरूले हिन्दुहरूको लागि अत्यन्त पवित्र मानिएको पूजास्थलहरू तथा भूमिलाई खोसेर मुस्लिम धर्मावलम्बीहरूको लागि कब्रिस्तान, मस्जिद, इदगाह ,मदरसा , बक्फÞ बोर्ड को सम्पत्ति घोषणा गरी सनातन धर्मावलम्बीहरूको त्यस ठाउँलाई इस्लामीकरण गरिएको हुनाले पुनः हिन्दु सनातन धर्मावलम्बीहरूको लागि पूजास्थलको रुपमा निर्माण गर्ने कार्यमा ठूलो ठूलो बौद्धिक बहसहरु चलाइरहेका छन्। भारतमा बाबर, जहाँगीर ,औरंगजेब, नादिर शाह,मुहम्मद गोरी , बख्तियार खिलजी, बैरम खान, तैमुरलङ्ग, मोहम्मद गोरी ,अकबर , तुग्लक आदि जस्ता मुस्लिम शासकहरूले हिन्दुहरूलाई सम्पूर्ण रूपमा विनाश गरी इस्लामिक राष्ट्र बनाउन जुन अत्यन्त बर्बर र अमानवीय कार्य गरेका थिए त्यसलाई शुद्धिकरण गर्ने र भारतको प्राचीन सभ्यता संस्कृति र इतिहासलाई संरक्षण गर्दै भारतलाई विश्वगुरु बनाउने संकल्पमा लागिरहेका छन्। भारतमा रहेका मुस्लिम धर्मावलम्बीहरूले सनातन हिन्दू धर्म लाईनै छोडेर इस्लाममा धर्मान्तरित गरिएका मुसलमान हुन्। उनीहरूमा कट्टरता र कठमुल्लापन हुनु हुँदैन। उनीहरू अरबतिरबाट आएका होइनन्। उनीहरूका पूर्वजहरू पनि हिन्दू नै थिए। उनीहरूका पूर्वज पनि सनातन धर्म र हिन्दू संस्कृतिलाई मान्दै आइरहेका थिए। उनीहरू अरबतिरका मानिसहरूभन्दा यहीका मानिसहरू संग घुलमिल गरेर बस्नुपर्छ र बाँच्नुपर्छ। इस्लाम धर्मका सुफि सन्तहरूको विचारलाई उनीहरूले सुन्नुपर्दछ र त्यस अनुसार आफ्नो जीवनशैली निर्धारण गर्नुपर्दछ। त्यसकारणले सनातन विचारधारा लाई सबैले मान्नुपर्छ र सबैले सम्मान गर्नुपर्दछ। भारतमा हिन्दु र इस्लाम धर्म बीच समन्वय गराउने किसिमबाट पनि धेरैजना धार्मिक गुरुहरू पनि भएका छन्। मुसलमान फकिरहरु पनि राम र कृष्णका उपासक थिए । भनिन्छ विश्वप्रसिद्ध धर्म गुरु साँई बाबा पनि मुसलमान परिवारमा नै जन्मिएका थिए,तर राम र कृष्णका भक्त थिए । विश्वका करौडौं मानिसहरू साईं बाबाका चेला भएका छन् । कृष्ण भक्तिमा लिन रहने सन्त कवि रसखानका भजनहरू सुनेर कसको मन कृष्ण भक्तिमा पग्लिदैन।अब्दुल खानखाना रहिम का दोहा र कवित्त आज पनि सान्दर्भिक छन्। आज इस्लाम धर्मभित्र जुन अतिवाद र अन्य धर्मावलम्बीहरू प्रति नफरत र घृणा फैलिँदै गइरहेको छ त्यसले संसारमा आतंकवादलाई बढाइरहेको छ र मानव जातिलाई ठूलो ठूलो संकटहरु बेहोर्नु परिरहेको छ। मुस्लिम सन्त कवीरले हिन्दू र मुसलमान दुवै धर्मावलम्बीहरूबीच प्रेम र एकताका सन्देश दिएका छन्। कुप्रथाहरू हिन्दु समाजभित्र पनि छन् मुसलमान समाजभित्र पनि छन्। ती कुप्रथाहरूलाई समाप्त पारेर हामी असल र सभ्य मानिसको रूपमा बाँच्न सक्छौ। कबीरदासले कतिसम्म भनेका छन् भने इस्लाम धर्मका मुल्ला र मौलवीहरू तथा हिन्दू धर्मका पण्डितहरूले पनि पाखण्डवादलाई छोड्नुपर्दछ र असल मानव धर्मको मार्गमा लाग्नुपर्दछ तथा ईश्वरको निराकार र निर्गुण तथा सगुण स्वरूपमा स्वयंलाई समाहित गर्नुपर्दछ। कबीरदासको दोहा आज पनि हिन्दु र मुस्लिम समाजको बीच एकताको सन्देश दिइरहेका छन् । हिन्दु धर्ममा व्याप्त रहेको छुवाछुत, जाति प्रथा, भेदभाव र इस्लाम धर्ममा व्याप्त रहेको आडम्बर र कठमुल्लापनको विरोधमा कबीरदासले यसरी आफ्नो स्वर उकेलेका छन् । पत्थर पुजे हरि मिले तो मैं पुँजु पहाड, इतते तो चक्की भली पिस खाए संसार ।… त्यस्तै…कंकर पत्थर जोड के मस्जिद लिया बनाय,, ता चढी मुल्ला बाङ्ग दे बहिरा हुआ खुदाय । ,,,अर्थात् हिन्दूहरूलाई कवीरले भन्नुहुन्छ कि ढुङ्गा पूजा गरेर यदि भगवान मिल्छ भन्ने म पहाड पुज्न पनि तयार हुन्छु । बरु त्यसभन्दा राम्रो त चक्की जातो हो जसलाई पिसेर वा चलाएर संसारले आफ्नो पेट भर्ने गर्दछ ।त्यस्तै मुसलमानहरुलाई र खास गरी मुल्ला र मौलवीहरुलाई कवीरले भन्नुहुन्छ कि,,, कङ्कड र पत्थर बाट मस्जिद बनाउँछौ र त्यसमा चढेर जोरजोरले कुखुराले झैँ बाङ दिन्छौ र कराउँदछौँ । के साँच्चै तिम्रो खुदा अर्थात् परमेश्वर बहिरो छ।,,, यसरी हरेक ढोङ र आडम्बरलाई विरोध गर्ने सन्त कवीर साँच्चै मानवताका पुजारी थिए र भगवान रामका सच्चा अनुयायी र भक्त थिए। उनी साँच्चिकै अर्थमा ईश्वरको निराकार र निर्गुण रूपको उपासक थिए ।
भारतमा धेरै सङ्ख्यामा इस्लाम धर्म मान्ने समाज सुधारक,सुफी सन्तहरु तथा कविहरु जन्मिएका छन् जसले समाजमा एकता र प्रेम को सन्देश दिएका छन् तथा मानिसहरूको हृदयभित्र रहेको दकियानुसी विचारहरू जनित अज्ञानता, रूढीवाद जनित अन्धकारलाई हटाउन परमात्माको एकात्मवादमा विश्वास गर्दछन्। हिंसा, आतंक ,युद्ध र घृणाबाट समाज अगाडि बढ्दैन। समाजलाई जोड्न मानिसको मनभित्र सहयोग ,दया र करुणाको सागर ओर्लिनु पर्दछ । संसारमा धार्मिक उन्माद जगाउनेहरूले सुफि सन्तहरूका भजनहरू सुन्नुपर्दछ । उनले भनेका कुराहरु मनन गर्नुपर्दछ। भगवानले बनाएका प्राणीहरूको हृदयमा परमात्मको बास हुन्छ। मानिसको हृदय हृदयमा राम बस्दछन् र कण कणमा कृष्णको बास छ भन्ने कुरालाई सबैले मनन गर्नु आवश्यक छ ।