क्षमता , दक्षता , सीप , लगनशीलता , पारदर्शिताका एक पर्यायका रुपमा सबैले उच्चारण गर्ने नाम हो , गन्जबहादुर दाहाल । पेसाप्रति बफादार , श्रमजीवीका रुपमा चिन्छु म , वहाँलाई । उतिबेला दमकमा अहिले जतिको बाक्लो घर थिएन । सबै काष्ठ कलाले बनेका घर थिए एउटा सानो कोठा भाडामा लिएर संचालन गर्नुभएको प्रेस अनि स्क्रिन प्रीन्टबाट संचालन गर्नुभएको वहाँको साप्ताहिक पत्रिका “जनज्योति” मा लेख्न हौसला दिइरहनु हुने गन्ज सरकै अनुनयमा मैले सत्य – तथ्य बिषयवस्तु उठान गर्न थालेको नि लगभग २३ वसन्त पार भैसकेछ । उतिबेलाको यो पत्रिका कलम चलाउने हामी दमकवासी थोरै मात्रै थियौ ।
लेखनवृत्ति विकासको स्तरोन्नतिका निम्ति अहोरात्र खटेर मलाई लेख्न जागरुक गराउने, उहाँ गन्ज सरको ५० औ बर्षको पत्रकारिता पेसाको यात्रा अझै उर्जाशील बन्दै जाओस् । वहाँको प्रेरणाले झापाका धेरै पत्रकारहरुले राम्रो स्थान पाएका छन । कतिले समाचार कसरी सम्पादन गर्ने ? श्रोत कसरी उल्लेख गर्ने ? शीर्षक कसरी राख्ने भन्नेसम्म जानेर अनलाइन पत्रिकामा लेख्ने अवसर पाएका छन । जस्तो कि मैले पनि लेखनमा स्थान पाए, हौसला पाए । कविता, मुक्तक, हाइकु लेख्न पाए वहाँको पत्रिकामा ।
यतिमात्र होइन उतिबेलाको माओबादीको स–शस्त्र द्वन्दकालकै बेलामा प्रकाशित अहिलेको “ पूर्वसन्देश” राष्ट्रिय दैनिक पत्रिकाको यो २१ औं वार्षिकोत्सबको अवसरमा यो पत्रिकामा स्वतन्त्र कलम शीर्षकदेखि मासिक ४ वटा लेख लेख्न दिनुहुने वरिष्ठ सम्पादक तथा पूर्वकै जाज्वल्यवान ब्यक्तित्व गन्ज सरको पत्रकारिताको यात्रा अझै सशक्त बन्दै जान सकोस् । यो यात्रामा यो कलमी सधैं साथ सहयोगको साथ अघि बढ्दै जानेछ भन्दै पूर्वसन्देश दैनिक पत्रिकाको २१ औं बर्षगाठ र ५० औं बर्षे गन्जबहादुर दाहाल सरको पत्रकारिताको यो यात्रा अझै सफलीभूत बनेर जाओस् । उन्नति र प्रगतिको साथ अघि बढदै जाओस् ।
यो कलमीको हार्दिक – हार्दिक बधाई तथा शुभकामना ।