डा. केपी सुवेदी

मानव अधिकार भन्नाले प्रत्येक मानिस मानव भएर जन्मीएको कारण पाउने स्वतन्त्रता, समानता र न्यायको अधिकार हो । यि अधिकारहरु सबै मानवका लागि समान हुन्छन– धनी, गरिब, महिला, शिक्षित– अशिक्षित, कुनैपनि जात–धर्म, भाषा वा देशका हुन् ।
मानव अधिकारले मानिसलाई स्वतन्त्र, सम्मानजनक बाँच्ने अधिकारको प्रदान गर्दछ । व्याक्तिको जिवनलाई स्वतन्त्र मार्यादित बनाउँछ ।
शिक्षाको अधिकार, स्वतन्त्रताको आधकार, रोजगार अधिकार, समानताको अभिव्याक्तिको स्वतन्त्रता, मानवअधिकारका समानताका पक्षहरु हुन ।
सन १९४८ मा संयुक्त राष्ट्रसंघले मानव अधिकारको सार्वभौम घोषणा प्रकाशित गर्यो । त्यसपछि विश्वका धेरै नागरिकलाई सुनिश्चित गर्ने व्यावस्था गर्यो । नेपालमा पनि संविधानले सबै नागरिकलाई समान अधिकार, स्वतन्त्रता, शिक्षा, स्वास्थ्य–रोजगारको र न्याय पाउने अधिकार दिएको छ ।
तर अझै पनि कतिपय ठाउँमा गरिबी, अशिक्षा, लैङ्गिक विभेद जातीयता भेदभावका कारण मानव अधिकारको उल्लंघन भईरहेको पाइन्छ । मानव अधिकारले समाजमा समानता न्याय भाईचाराको भावना ल्याउछ । यसले ब्यक्ति र समाज विच आपसी सम्मान र सहयोगको वातावरण वनाउँछ । यदि मानव अधिकारको रक्षा गरिएन भने समाजमा अन्याय, अत्याचार र असमानता मौलाउँछ ।
मानव अधिकाको संरक्षण र प्रवद्र्धन गर्न सरोकार समाज र उपस्थित नागरिकको कर्तव्यको सम्मान गर्न सिक्नुपर्दछ । जब सबै मानव सम्मान र सुरक्षित साथ वाँच्न पाउँदैनन् तबसम्म मानव अधिकारको सार्थकता पूर्ण हुनु सक्दैन ।
राष्ट्रमा घुसखोरी भ्रष्टाचार कमिसनतन्त्र नाताबाद, कृपावाद न्यूनिकरण गर्न सरकार नै जिम्मेवार पक्ष हो । जवसम्म मानव अधिकारको मूल्य र मान्यताको सम्मान हुदैन तबसम्म नागरीकले अधिकार को प्रत्यभुती गर्न सक्दैन् । (सुवेदी नेपाल मानव अधिकार संगठन उपाध्यक्ष हुन्)