देश–समाज पत्रपत्रिका

झापामा २५ लाख लिएर तारा बास्ताेला र पत्रकार प्रितमलाई भगाउन सुजन ज्ञवालीको प्रमुख भूमिका

raju neupane-tara bastola-pritam bhattarai-sujan gyawali

पवन निरौला ‘एटोन’

दमक / झापाको दमक–१ हवल्दार चौकबाट २५ लाख लिएर प्रेमी पत्रकार प्रितम भट्टराईसँग भाग्न सुजन ज्ञवालीले सहयोग गरेको खुल्न आएको छ ।

उर्लाबारी घर भइ काठमाडौंमा व्यवसाय गरी बस्ने ज्ञवालीले म्यासेन्जरमा भएको वार्तालापका आधारमा उनको सहयोगमा कान्तिपुर पब्लिकेशनबाट प्रकाशन हुने द काठमाडौं पोष्टका पत्रकार प्रितम भट्टराई र तारा बास्तोला (न्यौपाने) भागेको कुरा खुलेको हो ।

यसअघि प्रकाशित म्यासेन्जरको वार्तालाप प्रितम र राजुको नभइ प्रितम भट्टराई र सुजन ज्ञवाली बीच भएको खुलेको छ ।

पत्रकार प्रितम भट्टराई र सुजन ज्ञवाली बीचको वार्तालाप

पत्रकार प्रितम भट्टराई र सुजन ज्ञवाली बीचको वार्तालाप

अढाई महिना अघि दमक–१ का राजु न्यौपानेसँग विवाह गरी आएकी तारा बास्तोलाले लगेको २५ लाख सम्पत्ति मध्ये १२ लाख रकम श्रीमान् न्यौपानेले जग्गा बिक्रीको बैना स्वरुप लिएको रकम असोज २ गते शुक्रबार तारालाई नै राख्न दिएको न्यौपानेले बताएका छन् ।

यस घटनामा तारा बाँस्ताेलाकाे परिवारलाइ पनि निकै पीडा भएकाे बताइएकाे छ । ताराका परिवारबाट भने तारालाइ खाेज्न सहयाेग गरिरहेकाे र यसमा परिवार दाेषी नरहेकाे पनि न्याैपानेले जानकारी दिएका छन् ।

प्रितम भट्टराईले आफ्नो फेसबुक एकाउन्ट समेत ब्लक गरिसकेको न्यौपानेले बताएका छन् ।

यस विषयमा दमक प्रहरीले मोवाइलमा भएको कल डिटेल निकालेर कार्वाही अघि बढाउन लागेको न्यौपानेले जानकारी दिएका छन् ।

You may also like