देश–समाज समाचार स्थानीय

दमक खानेपानी संस्थाको साधारण सभा सम्पन्न

दमक । दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाको सभाहलमा शुक्रबार २९औँ साधारण सभा सम्पन्न गरेको हो । संस्थाले उपभोक्तामुखी सेवा, पारदर्शिता र दिगो व्यवस्थापनलाई प्राथमिकता राख्दै सो साधारणसभा सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका माननीय संसद् होम बहादुर थापाले संस्थाले गरेको काम उदहारणीय रहेको उल्लेख गर्दै खानेपानीको वर्गीकरण मुहानको पहिचान र वर्गीकरण समेत गर्ने काम प्रदेश सरकारबाट गरिरहेको र कानुनी वाधा र अवरोध पनि हटेको जानकारी दिएका थिए ।


यसैगरी अतिथि तथा राष्ट्रिय स्वतन्त्र पार्टी नगर सचिव प्रविन पाठकले मिटर जडान गरिएका परिवारलाई उपभोक्तामै समहित गरिनुपर्ने र नविकरण गर्दा अतिरिक्त शुल्क नलिइकन पानीको विल भुक्तानीको आधारमा सबैको स्वतः नविकरण गर्ने आधार तयार गर्न माग गरे । उनले यस अगाडिको निर्वाचनमै पनि यि विषय प्रमुख मुद्दाका रुपमा उठाएको तर यसलाई अझै वेवास्ता गरिएको बताए ।
यस्तै नेपाली कांग्रेसका क्षेत्रिय सभापति तथा दमक बहुमुखी क्याम्पसका अध्यक्ष ढुण्डीराज भण्डारीले पारदर्शितासहित पदाधिकारीको योगदान अनि नगरबासीको संस्थाप्रतिको लगावकै कारण आज संस्था यो स्थितिमा आइपुगेकोमा खुशी व्यक्त गरे ।


खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकका अध्यक्ष रवि न्यौपाने खत्रीले आर्थिक वर्ष २०८२÷०८३मा थप गर्न प्रस्ताव गरिएका प्रमुख कार्यहरु सार्वजनिक गर्दै प्रतिवेदनमा उल्लेख भए अनुसार संस्थाले थप सुधार तथा विस्तारको लागि एडीबी बैंकका आर्थिक सहयोग र नेपाल सरकारबाट निर्माण हुने योजनामा सम्झौता बमोजिम २० प्रतिशत मा ५ प्रतिशत नगर र १५ प्रतिशत ऋण लिने र भुक्तानी गर्न कुनै किसीमको बाधा आएमा खानेपानी अपभोक्ता संस्थाले आवश्यक सामधान गर्ने गरी स्वीकृत र अनुमोदनको लागि पेश गरेको बताए ।
सो कार्यक्रममा वार्षिक प्रतिवेदन, लेखा परीक्षको प्रतिवेदन र अनुमानित आयव्यय प्रस्तुत गरिएको थियो । अतिथिहरुलाई मायाको चिनो दिएर बिदाई गरिएको सो कार्यक्रममा संस्थाबाट अवकाश भएका घनश्याम भट्टराई, मनोरथ पोखरेल, पदम कमार विश्वकर्मा, ज्ञानबहादुर श्रेष्ठलगायतलाई कदरपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रम उपभोक्ता, स्थानीय प्रतिनिधी, सरोकार निकायहरुका प्रतिनिधि तथा सदस्यहरुको उल्लेख्य उपस्थितिमा सम्पन्न भएको थियो । संस्थाकी सदस्य दुर्गा देव्ी खनाल काफ्ले स्वागत मन्तव्य राखेको सो कार्यक्रम संस्थाका सचिव चन्द्रबहादुर थापाले गरेका थिए ।

Author

You may also like