विराटनगर/ कोशी प्रदेशका ६ वटा जिल्लाका सात स्थानीय तहको रिक्त ७ वडाध्यक्ष पदमा ६० जनाको उम्मेदवारी परेको छ । झापाको कन्काई नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष पदमा ९ जना, तेह्रथुमको लालिगुराँस नगरपालिका वडा नम्बर ८ को वडाध्यक्षमा ८ जना, सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६ मा १४ जना, ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ मा ८ जना, उदयपुरको त्रियुगा नगरपालिकाको वडा नम्बर १२ मा ९ जना, उदयपुरकै वेलका नगरपालिका वडा नम्बर ९ मा ७ जना र ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नम्बर ३ मा ५ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
उपनिर्वाचन हुने यी पालिकामध्ये सिरिजङ्गा ६ र वेलका ९ मा स्वतन्त्र उम्मेदवारी परेको छैन । बाँकी सवैमा स्वतन्त्र उम्मेदवारी परेको आयोगले जनाएको छ । आयोगका अनुसार कन्काईमा १, लालिगुराँसमा २, गढीमा ३, मोलुङमा २ र त्रियुगामा १ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दिएका ६० जना मध्ये ६ जना महिला उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । सिरिजङ्गामा १, कन्काईमा १, गढीमा २ र त्रियुगामा २ जना महिलाले वडाध्यक्ष पदका लागि मनोनयन दर्ता गरेका छन् । उदयपुरको त्रियुगा
कोशीमा….. नगरपालिका–१२ मा नेपाली कांग्रेसबाट संजिव काफ्ले, एमालेबाट लक्ष्मीनारायण चौधरी, माओवादी केन्द्रबाट नविनकुमार बान्तावा राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ध्रुव पोखरेलले मनोनयन दर्ता गरेका छन् ।
एकिकृत समाजवादी पार्टीबाट निर्मला चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लालबावु साह, नागरिक उन्मुक्ति पार्टीबाट चन्द्रकला चौधरी, जनमत पार्टीबाट प्रमोद मलाहा सहनीले उम्मेदवारी दिएका छन् । त्यस्तै बजरङ्वली कुमार दासले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उदयपुरकै बेलका–९ मा एमालेबाट मोहन खड्का, नेपाली कांग्रेसबाट नवराज बस्नेत, माओवादी केन्द्रका भरत घिमिरेले वडाध्यक्ष पदमा मनोनयन दर्ता गरेका छन् । त्यस्तै जनता समाजवादी पार्टी नेपालबाट राजकुमार राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट तेजमान विक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट टिकाप्रसाद फुयल र मंगोल नेशनल अर्गनाइजेशनबाट सुर्य तामाङले मनोनयन दर्ता गरेका छन् ।
झापाको कन्काई–६ मा नेपाली कांग्रेसबाट रानगोपाल ओली, एमालेबाट तुलराम बस्नेत, माओवादी केन्द्रबाट गणेशबहादुर थापा, जनमत पार्टीबाट सुकलाल राजवंशी, राप्रपाबाट नारायणप्रसाद निरौला, नागरिक उन्मुक्ति पार्टीबाट जमुना राजवंशी, मंगोल नेशनल अर्गनाइजेसनबाट पदमबहादुर तामाङ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दलबहादुर श्रेष्ठ र लक्ष्मीप्रसाद ओलीले स्वतन्त्र उम्मेदवार भएर मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले जानकारी दिए ।
सुनसरीको गढी–६ मा एमालेबाट सन्तु उराव, जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबाट संयुक्त उम्मेदवारका रुपमा कुशेश्वर खेरवार यादव, नेपाली कांग्रेसबाट तेतर साह, नेकपा एकीकृत सामाजवादीबाट डोमी
उराव, नागरिक उन्मुक्ति पार्टीबाट तेजनारायण मुसहर, राप्रपाबाट कविता कुमारी उराव, राप्रपा नेपालबाट बच्चालाल अरगरिया यादवले मनोनयन दर्ता गरेका छन् ।
मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीबाट शशि कुमार साह, जनमत पार्टीबाट सिताराम यादव, समाजवादी राष्ट्रिय पार्टीबाट योगनारायण ऋषिदेव उम्मेदवार बनेका छन् । त्यस्तै रामनारायण यादव, बन्धुलाल सरबरिया र श्यामदेव मेहता स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेको जनाइएको छ ।