झगेन्द्र खड्का
गाैरीगंज/गौरादह नगरपालिका वडा नं -८ भुडेसिमलमा संचालनमा रहेकाे कन्काई ह्याचरीकाे कुखुराकाे चल्ला बाेकेकाे गाडीलाई स्थानीय बासिन्दाले अबरोध पुर्याएका छन।
ह्याचरी स्थापना भएपछि गाउँमा दुर्गन्ध फैलिएर झिंगा भन्किएकाे भन्दै कुखुराकाे चल्ला बाेकेकाे गाडीलाई स्थानिय बासिन्दाले फर्मकाे गेेेटमा अवराेध पुर्याएका छन्। कन्काई ह्याचरीले उत्पादन गरेका कुखुराका चल्ला बेच्न गाडीमा लाेड गरिएकाे अवस्थामा स्थानीय बासिन्दाले अबरोध पुर्याउदै गाउँमा दुर्गन्ध फैलिई वातावरण प्रदुषण बनी झिंगा भन्कदा समेत किटनाशक औषधि तथा फिनेल नछर्किएकाे भन्दै स्थानिय बासिन्दाले फर्मकाे गेटमा गाडी राेकेर अवराेध पुर्याएका हुन्।
कुखुराकाे चल्ला उत्पादन गरेर बिक्री गर्ने उदेश्यले संचालन गरिएकाे ह्याचरी उद्योगले गाउँ दुर्गन्ध बनेपछि फर्म मालिकलाई जानकारी गराउदा कुराकाे सुनुवाइ नभएपछि उद्योगकाे गाडी राेक्न बाध्य भएकाे स्थानिय बासिन्दाले बताएका छन। गाउँलेकाे पीडा पटक पटक उद्योगमा जानकारी गराउदा समेत दुर्गन्ध घटाउने तथा औषधि, फिनाईल छिट्ने काम नगरेर प्रहरी बाेलाई गाउँलेहरुलाई अपमान गरेकाे स्थानीयले बताए। गाउँलेहरुकाे माग सम्बाेधन नभए गाडी चल्न नदिने अडान राखेका छन।
काेराेना भाईरसकाेे संक्रमण फैलिरहेकाेे समयमा फर्मकाे गाडी चल्ला बाेकेर विभिन्न प्रदेश र स्थानमा आउजाउ गरिरहेकाले गाउँवासीहरु त्रसित भएकाेे स्थानियकाे भनाई छ ।
सवारी साधन ओहोरदोहोर गर्दा सवारी चालक र सहचालकबाट काेराेना भाईरसकाे संक्रमण फैलन सक्ने भएकाेले गाउँवासी जाेखिममा रहेकाे उनीहरुकाे भनाई छ ।
उद्योगकाे दुर्गन्ध र प्रदुषणले मानव शरिर तथा चौपायहरुकाे स्वास्थ्यमा समेत गम्भीर समस्या उत्पन्न हुन सक्ने भन्दै स्थानियहरूले चिन्ता व्यक्त गरेका छन्।उद्योगकाे चल्ला बाेकेर माेरङकाे बेलवारी लान तयार परिएकाे गाढी स्थानीयले ढाट तेर्साएर राेकेकाे ईलाका प्रहरी कार्यलय गाैरीगंजका प्रहरी निरीक्षक गणेश प्रसाद भट्टराईले जानकारी गराए।कन्काई ह्याचरी फर्मका सञ्चालक कमल सिवाकाेटीले फर्मबाट निस्कने दुर्गन्धप्रति आफू अत्यन्तै गम्भीर भएकाे बताए ।
उद्योगकाे सरसफाईमा २४ घण्टा लागेकाे र नेपाल सरकारले लगाएकाे लकडाउनका कारण सरसफाई गर्न चाहिने जति औषधि बजारमा नपाएकाे साथै फिनाईल पनि नपाएकाेले सरसफाई हुन नसकेकाे सञ्चालक शिवाकाेटी स्वीकार गरे ।
पंशुपञ्छी जन्य चिजवस्तुहरू लकडाउनका बेला पनि बेचविखन गर्न पाउने नेपाल सरकारकाे निर्णय बमाेजिम सावारी साधनकाे चालक र सवारी साधनलाई सेनिटाईजिङ्ग गरि पिपिई सहित सावधानी पुर्वक चल्ला बेचविखन गर्ने गरेकाे उनले दावी गरे।उद्योगबाट उत्पादित चल्ला प्रदेश नं-१ र २ का बिभिन्न शहरमा बिक्रीका लागि लाने गरेकाे र हप्तामा ४० हजार देखि ५० हजार चल्ला बजारमा बेच्ने गरेकाे उनले बताए ।एक पटक मात्र राेकिदा १२ लाख रूपैयाँ बराबरकाे नाेक्सानि हुने जानकारी गराए।