दमक । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ झापाको अध्यक्षमा दमककी नेतृ लीला ढुंगेल दाहाल चुनिएकी छन् ।
अनेम संघ झापाको दशौं जिल्ला सम्मेलन अन्तर्गत आइतवार भएको उम्मेदवार मनोनयनका क्रममा ढुंगेलको मात्र मनोनयन दर्ता भएपछि उनी अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् ।
जिल्ला कमिटीको उपाध्यक्षमा दुर्गा डाँगी ‘रेणुका’, सिता ढुङ्गाना विश्वकर्मा, सचिवमा कल्पना चम्लागाईं (कोपिला ), सहसचिवमा ललिता बस्नेत र कोषाध्यक्षमा मञ्जु बस्नेत थापा निर्विरोध निर्वाचित भएकी गठित निर्वाचन समितिका संयोजक हेमकला कट्टेलले जानकारी दिइन् ।
उनका अनुसार सदस्य पदमा विभिन्न क्लस्टरबाट ७५ जना चयन गरिनेछ । निर्वाचित कमिटीको घोषणा माघ २९ गते जिल्ला पार्टी कार्यालय विर्तामोडमा गरिनेछ र सोही दिन शपथ ग्रहण ,निर्वाचित प्रमाणपत्र समेत वितरण गरिने जनाईएको छ ।
विर्तामोडमा दशौं जिल्ला सम्मेलनको शनिवार केन्द्रीय अध्यक्ष टुकाभद्र हमालले उद्घाटन गरेकी थिइन् ।
पूर्व अध्यक्षहरु सम्मानित
अनेमसंघ झापाको १० औं जिल्ला सम्मेलनमा पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको छ । बिर्तामोडस्थित अग्रसेन भवनमा सुरु भएको जिल्ला सम्मेलनमा पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा टिका बस्नेत, जसमाया गजमेर, पवित्रा निरौला खरेल, मेनुका काफ्ले,शोभा कुँवर, शारदा सापकोटा, विष्णु बराल, सिता बस्नेत, सुमित्रा भण्डारी रहेकी छन् । महिला मुक्ति आन्दोलनलाई अनेमसंघको माध्यमबाट यहाँसम्म ल्याउन गरेको योगदानलाई उच्च मूल्याङकन गर्दै सम्मान गरिएको अनेमसंघले जनाएको छ ।
