देश–समाज समाचार स्थानीय

दमक नगरपालिकाको सार्वजनिक सुनुवाई

दमक/ दमक नगरपालिकाले चालू आर्थिक वर्षको अर्धवार्षिकमा के कस्ता कामहरु ग¥यो, के कस्ता प्रगति भए र कस्ता चुनौतीहरु रहेका छन् भनेर सार्वजनिक सुनुवाई गरेको छ । सँगसँगै अर्धवार्षिक समीक्षा पनि गरेको छ । सार्वजनिक सुनुवाईमा ६ महिनाको अवस्था विश्लेषण र सहभागीहरुले उठाएका प्रश्नहरुमा सवाल जवाफ दिइएको छ । ति जवाफहरु नगर प्रमुख राम कुमार थापा, उप–प्रमुख रेगिना भट्टराई प्रसाई र प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले दिएका छन् । सहभागीहरुले दमकको कार्यक्षमता, प्रगति, विद्यमान अवस्था, समस्या र चुनौतीका बारेमा उठाएका प्रश्न र जिज्ञासाहरुको जवाफ नगर प्रमुख थापा, उप–प्रमुख थापा र प्रमुख प्रशासकीय अधिकृत कार्कीले चित्तबुझ्दोगरी दिएका थिए ।
सार्वजनिक सुनुवाईमा भौतिक पूर्वाधार, विकास निर्माण, फोहोरमैला व्यवस्थापन, सडक निर्माणका क्रममा भइरहेको ढिलासुस्ती र उपभोक्तामा परेको असर, दमक अस्पतालमा भइरहेको सेवा प्रवाह, सडक बत्तीको व्यवस्थापनमा देखापरेका समस्या, सडक बत्तीको विद्युत महशूल बक्यौता, फुटपाथका पसल, बजार अनुगमन, सडकपेटीमा भइरहेको अतिक्रमण, ढल व्यवस्थापन, नगरको आम्दानी नबढेको र आयस्रोतको दायरा फराकिलो हुन नसकेको जस्ता विषयमा सहभागीहरुले प्रश्न उठाउनुका साथै सुझाव पनि दिएका थिए । दमकका मुख्य समस्यामा फोहोमैला व्यवस्थापनको समस्या, उचित डम्पिङ साइटको अभाव, सडक मानव उद्धार र संरक्षणका लागि खोलिएको मानव सेवा आश्रमलाई कोभिड अस्पतालमा संचालन गर्न वन कार्यालयको अवरोध, सडकको पुनः निर्माणका क्रममा यात्रुहरुलाई पुगेको असुविधा, सडक बत्तीको उचित व्यवस्थापनमा समस्या लागायतलाई देखाइको थियो । यसका लागि नगरपालिकाले सकेसम्मको प्रयत्न गरिरहेको नगर प्रमुख थापाले बताएका थिए ।
भिन्न मिडिया एण्ड रिसर्च प्रा.लि.को समन्वयमा भएको सार्वजनिक सुनुवाईमा बाबुराम निरौलाले कार्यक्रमको प्रभावकारी सहजीकरण गरेका थिए । नगर प्रमुख थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उप–प्रमुख भट्टराईले गरेकी थिइन् । कार्यक्रममा वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, राजनीतिक दलका स्थानीय प्रतिनिधि, शैक्षिक तथा सामाजिक व्यक्तित्वहरु, टोल विकास संस्थाका प्रतिनिधि, संचारकर्मी लगायतको सहभागिता रहेको थियो

Author

You may also like