देश–समाज समाचार स्थानीय

९८ औं महाशिवरात्रीको पावन अवसरमा ब्रम्हाकुमारी राजयोगद्धारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ७६ पिन्ट रगत संकलन

दमक । ८९ औं महाशिवरात्री पर्वको अवसरमा ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र, समाज सेवा प्रभाग दमकले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
दमक–५ स्थित सेवा केन्द्रको भवनमा आयोजित यो रक्तदानबाट ७६ पिन्ट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा सो रगत संकलन गरिएको थियो ।
दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यता, नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकीको विशिष्ठ आतिथ्यतामा आयोजित सो कार्यक्रमको सभापतित्व ब्रम्हकुमारी राजयोग सेवा केन्द्र दमक प्रमुख सञ्चालिका तथा समाज सेवा प्रभागकी क्षेत्रिय संयोजक ब्रम्हाकुमारी राधा दिदीले गरेकी थिईन् । विभिन्न विद्यालय तथा कलेजका प्रमुखहरु, सामाजिक अभियन्ता, पत्रकार, समाजका प्रबद्ध व्यक्तित्व लगायतको आतिथ्यता रहेको थियो । सो कार्यक्रममा प्रमुख अतिथि थापाले रगतको अभावबाट कसैको ज्यान नजाओस् भनेर सचेत र जिम्मेवार भएर आयोजना गरिएको यो कार्यक्रम महापुण्यको रहेको बताए । कार्यक्रममा समाज सेवा प्रभाव दमककी सल्लाहकार इन्दु सिग्देलले धन्यवाद ज्ञापन गरेकी थिएन । दमक क्षेत्रभित्रका अस्पतालको बेडमा रहेका बिरामीहरुले रगतको अभावमा ज्यान गुमाउने अवस्था सिर्जना नहोस् र एक पिन्ट रगतबाट कसैको ज्यान बच्छ भने किन नगर्ने भन्ने महान र पवित्र उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको कार्यक्रमको सभाध्यक्ष राधा दिदीले बताईन । अस्पतालको बेडमा रगतको अभावमा छटपटाईरहेका बिरामीप्रतिको यो पुण्यको कामले नै मानिसले मानिस भएर बाच्नुको सार्थकता हुनेमा पनि राधा दिदी छिन् । मानव कल्याणका निम्ति गरिने हरेक क्रियाकलापमा मानिसलाई स्वर्गीय आनन्द प्राप्त हुने उनको तर्क छ ।

Author

You may also like