देश–समाज शिक्षा समाचार स्थानीय

एन–प्याब्सनको केन्द्रीय नेतृत्वमा श्रेष्ठसहित झापाबाट तीन जना

दमक/ राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन–प्याब्सन)को राजधानी काठमाडौंमा हालै सम्पन्न ८ औं राष्ट्रिय महाधिवेशनबाट झापाका ३ जना केन्द्रीय नेतृत्वमा पुग्न सफल भएका छन् । जसअनुसार दमकका जय बहादुर श्रेष्ठ वरिष्ठ उपाध्यक्ष, मेचीनगरका संजिव राई केन्द्रीय सचिव र कमलका अग्नी प्रसाद कोइराला केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन् । उनीहरु तीनै जना आफ्नो ठाउँमा नाम चलेका र प्रतिष्ठित निजी विद्यालयका संचालक हुन् ।
श्रेष्ठ यसअघि केन्द्रीय कार्यसमितिमा उपाध्यक्ष थिए । राई मेचीनगरको इष्ट होराइजन अंग्रेजी मा.वि.का संचालक र कोइराला कमल गाउँपालिका–३ केर्खास्थित वन्डरल्याण्ड अंग्रेजी मा.वि.का संचालक हुन् । कोइराला कमल–३ का वडाध्यक्ष पनि रहेका छन् । श्रेष्ठ भने दमक–८ स्थित झापा मोडल अंग्रेजी मा.वि.का संस्थापक निर्देशक हुन् । एन–प्याब्सनको केन्द्रीय नेतृत्वमा पुग्ने यी तिनै जना सो संगठनको झापा जिल्ला नेतृत्वमा पनि यसअघि रहीसकेका व्यक्तित्व हुन् । फोटोमा बायाँबाट दोश्रोमा रहेका व्यक्ति भने एन–प्याब्सनको कोशी प्रदेश समितिका उपाध्यक्ष हुन् ।

Author

You may also like