बास्कोटा धनन्जय
अहिले गणतन्त्रको पक्ष र बिपक्षमा गफ सुरू भएका छन् । यस्तो पहिलो पटक भइरहेको छ ।
एउटा अल्छे बाँदर संधै सुख र भोगको लालसमा कल्पिरहन्थ्यो । सधै कुनै अवसर र मौकाले केही फेला परिहाल्यो भने खाइहाल्ने, नत्र भोकै बस्न राजी हुन्थ्यो ऊ । तर काम केही पनि गर्दैनथ्यो । विहान देखि बेलुकासम्म सिर्पm रुखमा बसेर दिन कटाउँथ्यो । ऊ चारैतिर हेरेर बस्थ्यो । उसले बथान पनि छोडिसकेको थियो । यसर्थ ऊ कयौं पटक भोकै प¥यो, मरणसन्न भयो । तर पनि उसको चेतनामा परिवर्तन भएन । अर्काले दिएको खाँदा खाँदा ऊ परभक्षी भइसकेको थियो । अर्काको कमाइमा बाँच्नेहरुको उदात्त प्रतिनिधी थियो ऊ । उसको बहादुरीतालाई शास्त्रीय परिभाषामा राष्टिूयता भनिन्छ । त्यो राष्ट्रियता लिट्टेको, हमासका कार्यकर्ताको भन्दा कम थिएन । आपूm बलिदानी दिएर आप्mनोपन जोगाउने लठैत बौद्धिकता उसले प्रस्तुत ग¥यो । अर्काको भरमा बनेको उसको विरासत कयौंपटक भत्कियो । कयौं पटक मक्कियो ।
खान नपाएर ऊ कयौंपटक मृत्युसैयामा पुग्यो । उसलाई खानेकुरा केही पनि भएन । ऊ पिर्लिक्क आँखा पल्टाउन थाल्यो । तर पनि उसले कुनै उपाय निकाल्नु पर्छ भन्ने सोचेन । रुखको कापमा ऊ अन्तिम दिन गन्न थाल्यो । त्यही बेलामा अचानक आतंक मच्चाउँदै बिनास र हाहाकारका साथमा मुसलधारे पानीसंग पहिरो आयो । त्यही मौकामा पहिरोले बगाएर एउटा ठुलो तरुल ल्यायो । त्यो रङ्गीन तरुल सग्लो थियो । त्यो पहिरोबाट उछिटिएर उसको हातमा हुत्तियो र उसले च्याप्प समातेर मुस्कान दिंदै कोपर्न थाल्यो । ऊ तृप्त भयो । उसको जीवनको त्यो ठूलो उपलल्धी थियो । तर उसले एकपटक पनि सोचेन कि भोलीदेखि फेरी के खाने । भोलीको उसलाई कुनै पर्वाह रहेन । उसले भोली आउने कुनै चेतना जन्माएन। उसलाई बर्तमानमा जिउन पाए भयो । भविष्य उसकालागि वाइयात विषय बन्यो । आज अघाए पुग्यो उसलाई ।
अस्ति प्रजातन्त्र दिवस मनाइरहँदा मुलुकभरीका सभा र समारोहहरुमा मैले यस्तै बिम्बहरु रंगीन भएको देखें । ती त्यही तरुल च्याप्प पक्रेर कोपर्दै थिए । ती मुस्कुराउँदै थिए । त्यो सग्लो तरुल तिनले टुक्रा टुक्रा पार्दै थिए । अनि बाँड्दै थिए सबैलाई ती टुक्रा । कोही माग्दै थिए स्याउँस्याउँती तरुलका टुक्रा । कसैले टुक्रा माग्न दाउपेच गर्दैथिए भने कसैले दलबलसंग बलको प्रयोग गरेर यो टुक्रा माग्दै थिए । कोही चिरेर दिन मै ब्यस्त थिए । त्यसैलाई महान भनिरहेका थिए । तिनले तरुल भेट्टाए तर त्यसले क्षणिक लाभ दिनबाहेक केही गरेन् । त्यो तरुलले तिनको मेट मार्न सफल भयो एकै क्षणका लागि । तिनले आपैंm कुनै तरुल खोजेनन्, भाग्यबस भेटाएका हुन । भेट्टाएको तरुलको तिनलाई कुनै माया पनि रहेन ।
यो गणतन्त्र हामीले यसरी नै पाएका रहेछौं । यो तरुलरुपी गणतन्त्र गिरिजाबाबुको ट्रेडमार्कले प्राप्त भएको थियो । ज्ञानेन्द्रको सहज बहिर्गमन्ले प्राप्त भएको थियो । नत्र ठूलो अनर्थ हुनसक्थ्यो उनले जबर्जस्ती गरेका भए । विदेशीको समर्थनले प्राप्त भएको थियो । तिनैको झिनो सहयोगले छयालिस सालको जनआन्दोलन सफल भयो । राजा बीरेन्द्रको लोकप्रियता बढनु र दरबार हत्याकाण्ड घटनुले प्राप्त भएको थियो । ज्ञानेन्द्र र पारसको नामको हिलो र बदनामले प्राप्त भएको थियो । उनीहरुको धुमिल इतिहासले गणतन्त्र प्राप्त हुन कुनै न कुनै रुपमा भूमिका खेलेको थियो । मीठो सपनाको रंगमा उत्कर्षमा पुगेको जनयुद्धले प्राप्त भएको थियो । यसरी प्राप्त भएको गणतन्त्र आज चिरा परेको तरुल भएको छ । यी रंगहरुको क्यानभासबाट गणतन्त्रको चित्र आउन त सफल भयो तर यसको जगेर्नामा कोही जिम्मेवार देखिएनन् । कोही संबेदनशील देखिएनन् । तिनले सिर्पm भेट्टाएको तरुल कोपरे ।
गणतन्त्र जनताको मनमा राज गरेर बसेको छ भनेर राष्ट्रपति रामचन्द्र पौडेलले एउटा कार्यक्रममा बोल्दै गर्दा मलाई उदेक लागेर आयो । जसरी गणतन्त्र नेपाली जनताले पाए, त्यो राग अब फितालो बन्दै गएको छ । आजका विविध जनमतहरुले पौडेलको कुरालाई ठाडो अस्वीकार गरिरहेकाछन् । दुर्गा प्रसाई राष्ट्रिय नेतामा रुपान्तरित होइरहँदा पौडेलका यी तर्कहरु लुते बन्दै गएको आभाष मिल्न थालेको छ । ज्ञानेन्द्रको स्वागतमा हजारौं मान्छे मनले, श्रद्धाले उपस्थित हुन थालेको यथार्थलाई सम्बोधन गरेर दलहरुले आप्mनो शाख बचाउन थाल्नुको साटो त्यो यथार्थलाई नजरअन्दाज गर्नु लोकतन्त्र प्रति गैर जिम्मेवार हुनु हो । आज देखिएका नेपाली राजनीतिका दृष्यहरुले यही पुष्टि गरिरहेकाछन् । लोकतान्त्रीक गणतन्त्र किन कमजोर हुन गयो त ?
बोलीको उच्च मूल्ल्यांकन ः कामको उच्च मूल्यांकन हुनुपर्नेमा जथाभावी बोल्नेको उच्च मूल्यांकन भएको छ । जसले निर्दोष केटाकेटीलाई भड्काएर अर्काको विरुद्धमा घृणा र द्धेष पैmलाउन सक्छ, उसैलाई ‘महान’ भनेर गर्धनले नथाम्ने गरी मालायात्रा आरम्भ गरिन्छ । दलहरुको सत्ता र शक्तिका लागि जे पनि बोल्ने र जे पनि गर्ने प्रबृतिको उच्च मुल्यांकन भइरहेको छ । बोलेको कुरा पु¥याउनु पर्ने झन्झटबाट मुक्त भएका मेक्याभ्यालीय नेता आदर्श ब्यक्ति भएका छन् ।
जातीय सदभाव खल्बलिनु ः सदियौंदेखि मिलेर बसेको समाजलाई भत्काएर एउटाले अर्काको अनुहार हेर्दा पारो तात्ने सामाजिक अपराधलाई ‘परिवर्तन’को स्टीकर टाँस्ने काम भएको छ । दलका नेताले एकताको प्रतिकको काम गर्नु पथ्र्यो, तर बिखण्डनको प्रतिक बने ।
राष्ट्रियता कमजोर हुनु ः सुन्दर तरुललाई चिरेर उँट जस्तो बनाउन उद्धत एउटा जत्था त्यसैमा रमाइरहेकोछ । नेपाली हुनुभन्दा पहिले यहां मधेसी हुन चाहन्छन्, लिम्बुवानी हुन चाहन्छन्, नेवा हुन चाहन्छन् । देश भनेको बाबुले जोतिखान दिएको अंशको बारी भएछ ।
बिदेशी हस्तक्षेप बढनु ः सबै काम विदेश्ीले गरिदिदैछन् भनेर कुरा आएकाछन् । दश बर्षे द्धन्द्धको उत्सर्जन र विसर्जन, यो संविधान सबै विषयमा बिदेशी प्रवेश गरेका छन् । धपाउन सजिलो छैन ।
राजनीतिक कुण्ठा हावी ः रवि लामिछानेलाई देश दौडाहामा घुमाएको घटना राजनैतिक हो कि अराजनीतिक हो ? मानवअभिकार भन्ने कुरा हुँदैन कथित भए पनि लोकतन्त्रमा ?
भ्रष्टाचारको महापूराण ः भ्रष्टाचारका यति धेरै पूराण लागि सक्दा पनि कान बन्द भएका छन्, आँखा बन्द भएका छन्, मुख बन्द भएका छन् । किन ? किनकि आप्mना दलका मान्छे जोगाउनु छ ।
अपराधिकरणको राष्टिूयकरण हुनु ः पार्टी जनताको चन्दाबाट चल्ने, सरकार जनताको तिरोबाट चल्ने, पार्टीले सजाएका ‘डनहरु’ जनताले पाल्नु पर्ने तर जनताले महंगी पाउनु पर्ने । भ्रष्टाचार, बन्द र हडताल पाउनु पर्ने । हत्या र हिंसा पाउनु पर्ने । महंगो शिक्षा पाउनु पर्ने । बेरोजगारी पाउनु पर्ने । बल र पसीना विदेशमा बेचेर ल्याएको रेमिटेन्सको नाममा नेताको कथित सफल रजनीतिको फोहरा बर्षाउनु पर्ने । ज्यानमाराले चुनावमा उठन पाउनु पर्ने । कानूनको उपहासलाई परिवर्तन भन्नु पर्ने नियतीबाट नेपाली जनता उकुसमुकुस भएका छन् । ती सबै दलका संरक्षणमा यो देशको विरासतलाई लुछेर उत्सव मनाउँदै छन् ।
यसलाई महान र वैज्ञानिक पद्दती भनेर कराउनेहरू पनि कुहिराको काग जस्तै भइरहेका छन् । यसपालिको प्रजातन्त्र दिवसको अघिल्लो दिन पूर्व राजाबाट भएको सन्देशले अब किही हुन्छ कि भन्ने देखाइरहेको छ । दुर्गा प्रसाई एक्लो व्यक्तिसंग पनि आतंकीत छ यो गणतन्त्र । यस्तो महान भनिएको संविधान किन र कसरी यति छिटै अशक्त र काम नलाग्ने भयो ?
यी अनुभूतिहरुले आज गणतन्त्रलाई चुनौती दिइरहेकाछन् । गणतन्त्र अहिले त्यही तरुल भएको छ, त्यसमा निष्ठा देखिएको छैन । त्यो कुनै पनि बेला धुजिन सक्छ र अर्को आउने सम्भावना छैन ।