यो समय एक पाइलो नसर्ने, चल्दै नचल्ने तर हेर्दा टिलिक्क राम्रो देखिने गाडीको मायाँ लाग्नेहरु को समय हो भन्दा अनोठो लाग्न सक्छ धेरैलाई । तर अनौठो मान्नु पदैन । सत्य कुरा त्यही हो । त्यो गाडी एउटा महान समय हो । महान आर्जन हो । र महान बिम्ब पनि हो । महान अलंकार पनि हो ।
गज्जवको कुरा के छ भने, गाडी सुन्दर छ । टिलिक्क परेको छ । आँखा टिप्ने प्राञ्जल छ । उन्नत धातुको बडी छ । उन्नत जातको रंग छ । कतै कुच्चिएको छैन । कतै भाँचिएको छैन । चक्का पनि ठिकै देखिन्छन् । त्यसको आकार र रंगमा आजको समयको प्रतिबिम्ब छ । छाँया छ । त्यो ग्ल्यामरस छ । हेडलाइटहरु राम्रो छन् । लिड लाइट छन् । संसार देख्लान जस्र्तै तीखा । बस्ने सिटहरु टिलिक्क टल्किने छन् । टाउका राख्ने भाग, खुट्टा राख्ने भाग नयाँ प्रविधियुक्त छ ।
यति राम्रो गाडी देखेर होला, हाम्रा आँखाले यसैलाई मात्र राम्रो देख्छ । बाँकी ब्राण्डहरु सबै तुच्छ लाग्छन् । इतिहास बिनाका लाग्छन् । टुप्पाबाट पलाएका लाग्छन् । स्टनण्डवाज लाग्छन् ।
तर बिडम्बना ! गाडी चल्दैन । पटक्कै सर्दैन । स्टार्ट त हुन्छ, तर अयगाडि जाँदैन । गियर जति हल्लाए पनि, एक्सलेरेटर जति दबाए पनि ह्वाईंय गर्छ, तर गाडी एक पाइला अघि बढ्दैन । ठेल्दा पनि नबढ्दैन । डोरीले तान्दा पनि बढ्दैन । भित्र टनाटन यात्रु छन् । गाडी पाइतो सार्दैन । यात्रु कराउन थाले । उफ्रिन थाले । मुख छाड्न थाले । तर पनि गाडी चल्दैन । तिनले चालकलाई हेरे । अनुभबी चालक लाग्थ्यो, किनभने ३५ बर्ष अघि पनि तिनै चालक थिए, आज पनि तिनै चालक छन् । तिनै आलोपालो गरेर चालकको सिटमा बस्छन् । रमाउँछन् । पार्टी खान्छन् । पेटी कसेर सिटमा बस्छन् । तिनलाई सिर्पm सिटमा बस्नु छ । अनि गाडीको अधिपति बन्नु छ । गाडी कुदोस कि नकुदोस, त्यसको केही मतलव छैन । तिनले कतै पुग्नु पनि छैन । यात्रुलाई कतै पुर्‍याउनु पनि छैन । तिनको कुनै गन्तब्य पनि छैन । तिनको गन्तब्य भनेको सिर्पm त्यो गाडीको सिटमा बस्नु हो । ह्याण्डिल समात्नु हो । गाडी कब्जा गनु हो । यात्रुहरु आपतमा परे । ती भोकै भए । तिनले सुत्न पाएनन् । ती कतै जान पाएनन् । तिनले केही गर्न पाएनन् । ती त्यही नचल्ने गाडीभित्र निसास्एि । तिनले बिद्रोह नगेरका पनि होइनन् । तिनले ‘नो, नट अगेन’ पनि भनेकै हुन् । तिनमा कोही भ्mयाबाट हाम फालेर बिदेश पलायन भए । कोही बिद्रोह गरेको कारणले जेताका छिँडिमा रात बिताइरहेका छन् ।
अनि यो समय बुद्धिबिलासिताको समय रहेछ । चालक दलका मान्छेहरुले भरिएको यो सभ्यता र समय बहस गरिरहेको छ । जयजयकार गरिरहेको छ ः
‘यो गाडी बिल्कुलै सहीसलामत छ । यो बिग्रिएको छैन । यो कुदिरहेको छ । यो कुदेको नदेख्ने प्रतिगामीहरु हुन् ।’ अनि बाहिर भीड जम्मा हुन्छः ‘हो, हो । गाडी ठीक छ । उच्च रफ्तारमा कुदिरहेको छ ।’ आज त्यो पाइतो नसर्ने गाडी १०० प्रतिघण्टाको रप्mतारमा कुदिरहेको छ भन्न लाज नमान्ेहरुको भीड ठूलो छ, अनि तिनैको जीत भइरहेको छ । तिनैको जयजयकार भइरहेको छ ।
पाइतो नसरेको गाडी तिनलाई किन उच्च गतिमा हिंडेको भन्न मन लाग्यो ? तिनका चेतना पक्कै बसाईं गएका त होइनन् होला । तर ती त्यो गाडीमा कुनै समस्या देख्दैनन् । किनभने गाडी तिनको अन्नदाता हो । तिनले गाडी नचले पनि चले बराबरको खर्च गर्न पाएका छन् । खान पाएका छन् । दल र गुट चलाउन पाएका छन् । राज्न्यसंयन्त्रमा कब्जा गर्न पाएका छन् । समाजलाई खण्डीकरण गरेर आफेनो अनुकूल समाज नियन्त्रण गर्न पाएका छन् ।
अर्थात् तिनलाइै नचल्ने गाडी प्ययारो छ । ती न त पाटपुर्जामा खराबी देख्छन् , न त इन्जिनमा । बसिरहेको गाडी पनि कुदिरेहेको देख्ने चश्मा लगाइदिएका छन् तिनका नेताले । ती गाडी मन्नाले कुदेको देख्छन् । यात्रु देख्छन्, तर गाडी कतै पुग्दैन । स्थिर छ । ती मान्दैनन् स्थिर छ भन्न । किनभने तिनलाई गाडी चाहिएको हो, यात्रा होइन । तिनलाई पुग्नु छैन । अनि कसैलाई कतै पुर्‍याउनु पनि छैन । त्यसैले ठिङ्ग उभिएको गाडीलाई ती चलिरहेको देख्छन् । समयले गाडीको मर्ममत मात्रै होइन, अर्को फेर भन्छ, तर उनीहरु त्यो कदापी हुन हिन्नौं भन्छन् । किनभने यसले उनीहरुको गर्जो टरेको छ । यसले छाक टरेको छ । यसले उनीहरुलाई बंगला दिलाएको छ । महंगा गाडी, छोराछोरीलाई सामन्तबादीका देशमा पढन पठाएको छ । सुकुलगुण्डाको जीवन परिवर्तन भएर सभ्रान्तको दुनियाँमा पुर्‍याएको छ । सबै उनीहरुकै बनाइदिएको छ । न्यालय उनीहरुको । प्रशासन उनीहरुको । मिडिया उनीहरुको । शैक्षिक संस्थाहरु उनीहरुको । सामाजिक संस्थाहरु उनीहरुको । ठेक्कापट्टा उनीहरुको । योजना र आयोजना उनीहरुको । बिदेश भ्रमणमा ह्यामिलिनको पाइडपाइपरको पछाडी मुसा लावालस्कर लागे जस्तै लाग्ने लावालस्कर उनीहरुको । उनीहरुले जति भ्रष्टाचार गरेपनि जोगाइदिने राज्य संयन्त्रहरु उनीहरुको । अब त उनीहरुलाई बाहृहातका ठाँगाले पनि छुँदैन ।
अब किन फेर्नु पर्‍यो थोत्रे गाडी ? त्यो नै लैनु गाई भएपछि किन फेर्नु त्यसका पाटपूर्जा ? फेरि उनीहरुले हेर्दा त कुदिराखेकै छ त ? अर्थात् संविधानले काम गरिरहेकै छ त, किन फेर्नु? उनीहरुलाई मालामाल भएकै छ त । यो संविधान थिएन भने उनीहरु सडकछाप हुने थिएनन् त ?
यसैबीच, त्यो पाइलो नसार्ने गाडीको चालक सिटमा बसेका सम्माननीयको भाषण टीभीमा आउन थाल्यो । मैले ध्यान उता फर्काएँ । उनी भन्दै थिए, ‘यो गाडीलाई थोत्रे, नचल्ने भन्नेहरु प्रतिगामी हुन् । यो गाडी चलेन भन्नेहरुमा प्रतिगमनको गन्ध आइरहेको छ । सबैले चनाखो हुने बेला आएको छ !’
परररररर तालीको मेघ गर्जियो ।
चालक मुसुक्क मुस्कुराए ।
थोत्रे गाडी जिन्दाबाद !
अर्थात् संविधान जिन्दावाद !

Author

You may also like