दमक/ दमक उद्योग वाणिज्य संघले इलाका प्रहरी कार्यालय दमकमा हालै सरुवा भई आएका प्रहरी नायव उपरीक्षक (डिएसपी ) रामप्रसाद तिमल्सिनालाई स्वागत गरेको छ । सोही अवसरमा संघले नेपाल–भारत मैत्री संघ दमक शाखाको अध्यक्षमा निर्वाचित दिनेश अग्रवाललाई समेत सम्मान गरेको छ ।
संघले आफनै सभाहलमा सोमबार एक कार्यक्रम गरि दमक प्रहरीको जिम्मेवारी सम्हालेका डिएसपी तिम्सिनासंग परिचयात्मकसहित उनलाई स्वागत तथा सम्मान गरेको हो । कार्यक्रममा संघका पदाधिकारीहरू, सुरक्षाकर्मी, समाजसेवी, उद्योगी–व्यवसायी तथा विभिन्न समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागि व्यवसायीहरुले दमकको व्यवसायिक सुरक्षाको विषयमा आआफनो विचार राखेका थिए ।
महासंघका केन्द्रीय सदस्य श्रेष्ठ, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईलगाययतले दमक क्षेत्रका व्यवसायीहरुले लामोसमयदेखि उठाउदै आएको शान्तिसुरक्षाको मागलाई थप प्रत्याभूत हुने गरि सुरक्षाको व्यवस्था गर्न ध्यानाकर्षण गराएका थिए । उनीहरुले प्रहरी संगठनसंग सहकार्य गरेर यहाँको उद्योगी,व्यवसायीहरुको हितमा काम गर्न सधै यस संस्था प्रतिवद्ध भएको विचार व्यक्त गरे । दमक प्रहरीको कमाण्ड सम्हालेका उनले आफनो कार्यालय मातहतमा शान्तिसुरक्षा अमनचयन कायम गर्न सञ्चारकर्मी, स्थानीय राजनीतिक दल,सामाजिक संघसंस्थाका प्रतिनिधिहरुसंग छुट्टाछुट्टै परिचयात्मकसहित अन्तरकृया कार्यक्रमलाई निरन्तरता दिदैआएका छन् । त्यसक्रममा डिएसपी तिम्सिनाले प्रहरी मात्रको एक्लो प्रयासले शान्तिसुरक्षा , अमनचयन कायम गर्न नसकिने भएकाले सवैबाट सहयोग हुनुपर्ने जोड दिए ।
