कला/साहित्य/संस्कृति स्थानीय

साहित्य र पत्रकारिता कार्यशाला

दमक, १७ पुस
बिर्तामोडमा आइतबार साहित्य लेखन र पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।
वीरता रिडर्स र साहित्य पत्रकार मञ्च झापाको आयोजनामा बिर्तामोडमा साहित्य लेखन र पत्रकारिताको कार्यशाला सम्पन्न भएको हो । झापाका साहित्य लेखन र पत्रकारिता कर्म गर्दै आएका र इच्छुकहरुको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक एवं वीरता रिडर्सका अध्यक्ष तीर्थ सिग्देलले साहित्य र पत्रकारितालाई जोडेर युवाहरुलाई सृजनशील वन्ने प्रेरणाका लागि कार्यक्रम आयोजना गरिएको बताए ।


कार्यशालालाई मोरङको पथरी शनिश्चरे घर भई हाल काठमाडौंमा रहेका साहित्यकार एवं पत्रकार घनेन्द्र ओझाले सहजिकरण गरेका छन् । कार्यक्रममा स्थापित पत्रकारहरु दिपीन राई, धर्मेन्द्र मामा, सन्तोष आचार्य सहितको समेत सहभागिता रहेको थियो ।

You may also like