समयले कुनैबेला बिगत र आगतलाई मिसाइदिंदोरहेछ । अनि त्यही समयरेखामा जीवन चलिरहँदोरहेछ । यसपाली यस्तै अनुभूती र¥यो ।
जब हामी दमकबाट काठमाडौं लाग्यौं, यो शिलशिला आरम्भ भयो । हुन त जीवन भन्नु नै यात्रा रहेछ । खोज रहेछ । अध्ययन रहेछ । समाजका हरेक आयामहरूसंगको अन्तरघुलन रहेछ । अनि शिक्षा भनेको पनि सहज जीवन जिउन सिकाउने माध्यम रहेछ । यही भएर होला मान्छे हरपल यही चक्रमा फनफनी घुमिरहेको हुन्छ । जसरी हामी पनि घुम्यौं यसपली ।
दमक बहुमूखी क्याम्पसबाट हाम्रो सानो टीमको एउटा स्कर्पियोमा यात्रा आरम्भ भएको थियो हाम्रो । हामी खोजमा थियौं । अध्ययनमा थियौं । विश्वविद्यालय अनुदान आयोग र हामी जस्तै अरू क्याम्पसहरूसंगको अन्तरसम्वाद, विचार र ज्ञानको साटासाट गर्ने मूल उद्देश्य लिएर हामी बाटो लागेका थियौं । हामी मार्कोपोलो, भास्को डि गामा, वा कोलम्बस थिएनौं, तर लक्ष चाहिं थियो त्यस्तै त्यस्तै ।
जब हामी खोर्साने पुग्यौं, मेरो जिन्दगीको एउटा नयाँ आयाम सुरू भयो ।
‘हामी मदन भण्डारी राजमार्ग हुँदै काठमाडौं जान्छौं आज’, क्याम्पस प्रमूख यज्ञराज गिरि यात्राको विवरण दिंदैहुनुहुन्थ्यो ।
क्mेराबारी हुँदै हामी अघि बढ्यौं । जङ्गलको बाटो । हराभरा । त्यो भकमन्नतामा चराचुरूङ्गीका आवाजहरूले प्रकृतिलाई जीवन्त बनाइराखेका थिए ।
‘हामी यता सानामा बाख्रा चराउन आउँथ्यौं’, धरान छेउ पुग्दा बाँझो फाँटलाई देखाउँदै नोस्टाल्जीयाको उभारले रत्नसरको आवाजलाई उँचो बनायो । नोस्टाल्जीया कति शसक्त हुँदोरहेछ भन्ने कुरा यहाँ पनि अनुभूति भयो । हामीले पनि यसो मुन्टो बाहिर निकालेर नजर लगायौं । केही थिएन, तर सबैथोक थियो त्यहाँ । केही देखिएन, तस सबैथोक देखियो त्यहाँ । रत्नसरको मुस्कानमा त्यो इतिहास प्रकट भइरहेको थियो ।
कोशी तरेपछि साथीहरूको मुहारमा कान्ति देखें । कौतुहलता देखें । मलाई लाग्यो, हामी छ सय बार्ष अघि बेलायती कवि जोफ्रे चौसरको ‘क्यान्टरबरी टेल्स’ (क्यान्टरबरीका कथाहरू) का पात्र भयौं । ती पात्रहरूले पनि क्यान्टरबरी जाँदा बाटामा भनेका कथा भने, तिनै कथाको संगालो महान साहित्यिक कृति बनेको थियो । तिनले अनेक कथाहरू भनेका छन् त्यहाँ । यो यात्रामा पनि हामी त्यही चौसरका पात्र भयौं जस्तो लाग्यो । अनि मलाई केही न केही गरेर भए पनि यो पट्यारलाग्दो बाटो काट्नु थियो जस्तो लाग्यो । किनभने साथीहरूको नजरमा म परिरहेको थिएँ । ती नजरमा आग्रह थिए जस्तो लाग्यो ।
‘धनञ्जय सरबाट जान्छ अब’, कुनाबाट सानो मान्छेको मधुर आवाज आयो । त्यो तिलचन्द्र सरको थियो । छेवेमा बसिरहेका बासु सर र नारायण सर पनि ‘हो’ ‘हो’ भन्दै हुनुहुन्थ्यो । भवकृष्ण सरको मुस्कान मात्रै थियो । कृष्ण भाइ चुपचाप गाडी हाँकिरहेका थिए ।
मैले एउटा पात्र जन्माउनु पर्ने नै भयो । र त्यो पात्र थियो ‘बिकामे’ ।
अनि त्यो बिकामे आँपूm त बिकामे थियो नै, बाँकी उसका सहपात्रहरू पनि बिकामे नै थिए ।
त्यो पात्रको जन्म भएपछि सबैको मुहारमा हाँसो, कौतुहलता, रोमाञ्चकता, आश्चार्यता र गम्भीरता छाउन थाल्यो ।
‘मैले पन्द्र बर्ष सात महिनामा बिहे गरेको………..’, पात्रले कथा सुरू ग¥यो । यो कथा निवारण हुँदा बिहानको खाना खाने ठाउँ मै पुगिएछ ।
खनापछि कथा सुरू भयो, ‘मेरा हजुरबाका कान्छा भाइले त आसाममा हुँदा आपूmलाई मन परेकी केटीलाई काँधमा बोकेर गुवाहाटीसंम ल्याएर भगाएका थिए ……….।’ यो कथाले रोमाञ्चकता भर्दै गयो ।
यो कथासंग मदनभण्डारी राजमार्ग र त्यसका समीपमा रहेका विशाल चुरेभावरका समथर भूभागहरू टहलिरहेका देखिन्थे । तिनै रमायला फाँटहरू अन्तरसम्बाद गरिरहेका थिए ती ‘बेकामे’ पात्रहरूसंग । पात्र भनेकै जीवन हो, र जीवन भनेकै जगत हो । जीवन र जगतको यो संमिश्रणमा हामी कुदिरहेका थियौं । चुरे भावरको पूर्व पश्चिम विसाल भूगोलमा बसेका मानिसहरूको दैनिक जीवनमा खुसी पस्किरहेको यो राजमार्ग महेन्द्र राजमार्गले नसमेटेका जीवनहरू समेटिरहेको देखिन्थ्यो । तिनका उत्पादन, तिनका व्यावसाय, तिनका यात्रा मिठो बनाइरहेको त्यो राजमार्ग हामीलाई पनि रोमाञ्चक बनाइरहेको थियो ।
जब हामी हेटौंडा पुग्न लाग्यौं, जीवन र गुगल नक्साको प्रविधि दुबै काम लागेनन् । गाउँतिर पसेछौं । हैट !
हामी भैंसेको बाटो हुँदै काठमाडौंको गन्तब्यमा निरन्तर थियौं । जब भीभफेदिबाट उकालो लाग्यौं, अरू रोमान्चकता, संसयता, त्राश र अनिश्चितता थपिँदै गए । भीमफेदीको मास्तिर चीया खाने सोच बनायौं । पसले दाइको एउटा कथा थपियो । त्यो कथाले ‘नेपाल’ को एउटा अर्को चित्र कोरिरहेको थियो । त्यो थियो, ‘भ्रष्टाचार’ । ‘यो पहाड माथि टुप्पामा पुगेर फेरि तल झर्नु पर्छ त्यतिनै एक घण्टाभन्दा बढी लाग्छ । सुरूङ्ग हुने हो भने पाँच मिनेटको काम । कुश कुमार जोशीलाई हामीले एक एक लाख बुझाएको पनि हो । तर काम भएन ।’ त्यहाँ सिर्फ चीया खायौं, अनि तिनको ट्वाइलेट फोहोर पारेर हामी उकालो लाग्यौ ।
त्यसपछि भीमकाय उकालो ठडियो हाम्रा अगाडि । अँध्यारोको राज पनि सुरू भयो । अनि पानी पनि पर्न थाल्यो । साँघुरो बाटो, उकालो । गाडीको चापाचाप । तल अनकन्टार भीर । हामी जति उचालियौं, उति नै त्राश पनि, संसय पनि उचालिरहन्थ्यो ।
‘हैट, यो बाटो त आईंदैन हउ’, रत्नसरको घोषणा थियो । यिनै यस्तै रमाइला घोषणाहरूको सङ्गमले उकालो काटियो । यस्तो लाग्यो हामी एडमण्ड हिलरी र तेन्जीङ्ग नोर्गे शेर्पा भयौं ।
साँझमा हामी बागबजारमा ताज होटलमा पुग्यौं । यस्तो लाग्यो, म जनकपूरतिर छु । त्यहाँको वातावरण त्यस्तो लाग्यो । बासुसरका जिग्री उटाङ्गी साथीहरूसंगको भेट यादगार रह्यो ।
बाटाभरी पात्र बिकामे !
उकालो बाटो बिकामे !
बिकास बिकामे !
भात बिकामे !
क्यान्टरवरीको बिकामे पात्रको यात्रा जारी थियो ।
दमक , झापा

Author

You may also like