मङ्सिर सात गते के हुन्छ ? के हुँदैन ? अहिलेका आम सवालहरू यी हुन् । देश भरिका सवालहरू । विदेशबाट आएका सवालहरू । घरघरका सवालहरू । डेराडेराका सवालहरू । मिडिया मिडियाका सवालहरू । व्यक्ति व्यक्तिका सवालहरू । संस्था संस्थाका सवालहरू !
यो समाजको चरित्र उजागर हुने दिन । त्यो भनेको समाजको परिचय ओकल्ने दिन । समाजका आयामहरू पर्दामा देखाउने दिन । यो समाज यति तरल अवस्थामा छ कि, सानो हावाले पनि निकै हल्लाउन सक्छ । जरै उखेल्न पनि सक्छ । मान्छेलाई केही चाहिएको छैन, सिर्पm भरोसा । सिर्पm विश्वास । सिर्पm नैतिकता र इमान्दारिता । सिर्पm जवाफदेहिता । तर यी सबै गुणहरू समूल नष्ट पारिए । बिगत तीन दशकको समाज परिवर्तनको नाममा समाजले आप्mनो पहिचान गुमायो । आत्मा गुमायो । धर्म गुमायो । सबैकुरा आयातित भए । कला आयातित । खानेकुरा आयातित । बस्त्र आयातित । सोच आयातित । धर्म र संस्कृति आयातित । जीवशैली आयातित । अनि सबैभन्दा खतरनाक कुरा के भने विचार पनि आयातित !
यो समाजमा यो माटोको विचार पनि छैन । यो माटोको हावा पनि छैन । यो माटोको आकास पनि छैन । केवल प्रतिपर्धा छ कमाउने । जसरी पनि कमाउने । आपूm र आप्mनाका लागि कमाउने । देखाउनका लागि कमाउने । शक्तिका लागि कमाउने । धन्दा गरेर भए पनि कमाउने । तस्करी गरेर भए पनि कमाउने । अनि स्रोत पनि केही देखाउनु नपर्ने ।
यस्तो समाजको चरित्रले मंशिर ७ को रचना गरेको हो ।
राजिनीतिको आयाम देखिने दिन हो मंशिर ७ । त्यो आयाम अकल्पनीय छ । मापन गर्नै नसकिने छ । अभेद्ध छ । क्लिस्ट छ । राजनीति दलहरू पनि छन् । झण्डा पनि छन् । नेता र कार्यकर्ता पनि छन् । गाउँ र टोलसम्म समाजलाई दलीयकरण गर्न सफल पनि भएका छन् । समाज र त्यहाँका मनहरूको पूmलबारीलाई बिभाजित गर्न सफल पनि भएका छन् । तिनका घोषणापत्र र बिधान पनि छन् । तिनका लक्ष र कार्यनीति पनि छन् । तर बिडम्बना, त्यहाँ कतै देश छैन । त्यहाँ कतै माटो छैन । त्यहाँ माक्र्स, लेनिन र माओ छन् । त्यहाँ गान्धी र नेहरू छन् । अनि तिनका फोटा छन् । तिनका विचार छन् , चिन्तन छन् । तर यो माटोको विचार कतै छैन । चिन्तन कतै छैन । ती प्रशिक्षण चलाउँछन् मान्छेलाई एककोहोरो बनाउन् । मान्छेका दिमागलाई नियन्त्रण गर्न । तिनका प्रशिक्षणमा देश हुँदैन । माटो हुँदैन । जनता हुँदैन । कसरी सत्तामा पुग्ने भन्ने मन्त्र हुन्छ । कसरी चुनावमा जित्ने भन्ने रणनीति हुन्छ । कसरी अर्कालाई खुइल्याउने भन्ने चिन्तन हुन्छ । र अनि सत्तामा पुगेर कसरी राज्यदोहन गरेर कार्यकर्ताको रजाईं गर्ने स्वर्गको निर्माण गर्ने भन्ने हुन्छ । कसरी भ्रष्टाचारलाई संस्थागत गर्ने भन्ने हुन्छ । त्यहाँ त सिर्फ दल हुन्छ । नेता हुन्छन् । कार्यकर्ता हुन्छन् ।
यो संविधानले खडा गरेको कहिल्यै निको नहुने द्वन्द्वको चरमोतकर्ष मंचन हुने दिन ।
नेतृत्वले जन्माएका नालायक सन्तानको परेड खेल्ने दिन हो मंशिर ७ । दल र तिनका नेतृत्वले आपूmजस्तै पुस्ताको जन्म गराइरहन्छन् । त्यस्ता जन्मिनेहरू विद्यालयस्तरदेखि सुरू हुन्छन् । महाविद्यालय र विश्वविद्यालयमा पुगिसक्दा तिनले धेरै बाटाहरू चिनिसकेका हुन्छन् । धेरै गल्लीहरू खनिसकेका हुन्छन् । धेरै अन्तरज्ञान प्राप्त गरिसकेका हुन्छन् । राजनीतिको बोधित्व प्राप्त गरिरहेका हुन्छन् । राजनीतिक नेतृत्वले तिनलाई यसरी जन्माएको हुन्छ कि ती मर्न पनि तयार हुन्छन् । मार्न पनि तयार हुन्छन् । तिनका ब्रम्ह —विष्णु— महेश्वर पनि तिनै नेता हुन् । बाबुआमा भनेका पनि तिनै हुन् । दाजुभाइ भनेका पनि तिनै हुन् । साथी भनेका पनि तिनै हुन् । अन्नदाता भनेका पनि तिनै हुन् । जागीर दिने प्रभू पनि तिनै हुन । छात्रबृति दिने पनि तिनै हुन् । त्यसैले तिनले आप्mना नेतृत्वका हरेक आदेश भगवानको आदेश सरह मानेर जुनसुकै कार्य गर्न परे पनि पछि नहट्ने अठोट गर्छन् । ती सडकमा आउँछन् । र जे पनि गर्छन् । ती मङ्सिर ७ गते आउने छन् सडकमा ।
अनि यो समयले जन्माएका चेतनाहरू भर्खर भ्रुणबाट बाहिर आउँदैछन् । तिनले भ्रुण अवस्थामै सुनेका छन् बम, बारूद र गोलीको आवाज । तिनले भ्रुण अवस्थामै सुनेका छन् दलका प्रशिक्षणहरू जसले देश बाहेक सबै कुराको प्रशिक्षण दिन्छन् । तिनले भ्रुण अवस्थामै देखेका छन् कसरी समाजलाई यो महान परिवर्तनको नाममा बिभाजन गरियो ! कसरी समुदाय समुदायका बीचमा दुश्मनी खडा गरियो ! कसरी जाति र धर्मको नाममा एउटाले अर्कोलाई थुक्न लगाइयो ! कसरी खाली खुट्टाले स्कुल गएर पढेकाहरू कुनै जागीर नखाइकनै, कुनै व्यापार व्यवसाय नगरिकनै, कुनै विदेश गएर पनि नकमाइकनै आज अरवौंको मालिक भए ! कसरी ‘जनता जनता’ भनेर सचेत जनतालाई देश छोड्न बाध्य पारेर निमुखा र कमजोरहरूको राज्य खडा गरेर राज गर्न पल्केकाहरूको बिगबिगी बढिरहेको छ ! कसरी राज्यका सबै संयन्त्रहरू कब्जा गरेर हरपल देशका साधन र श्रोतमाथि आप्mनो प्रभूत्व जमाइरहेका छन् ! यी सबै कुरूप परिदृष्यहरूलाई भु्रण अवस्थादेखि गहिरो अध्यायन गरेकाहरू आज सडकमा निस्किन सक्ने भएका छन् । ती आउनेछन् सडकमा मङ्सिर ७ गते ।
अनि सत्तामा बसेर शासक बन्न जुनसुकै हर्कत गर्न पनि पछि नहट्ने शासकको कर्प्mयु लागेर सेना, प्रहरी र दमकलहरू आउनेछन् सडकमा मङ्सिर ७ गते ।
यो त्रिकोणत्मक आगमनको नयाँ आयाममा रंगिनेछन् काठमाडौका सडकहरू मङ्सिर ७ गते । तर भ्रुणहरू स्वतस्पूmर्त सडकमा आउने हुनाले दलका पाल्तुहरूभन्दा भ्रुणदेखिनै यो समाजको कुरूप चित्र देखेर त्यसलाई बदल्न चाहनेहरूको पल्ला भारी त त्यसै छ, तर त्यो सफल हुन भने दिइने छैन । किनभने त्यहाँ कप्mर्यु लाग्ने छ । अनि ती सडकहरूले काला बुटको स्पर्शमा सूत्यताको गीत गाउने छन् । अनि समाचारका हेडलाइन आउनेछन् — बल्ल व्यवस्था जोगियो !
