आमसञ्चारको रूपमा फराकिलो स्पेश लिँदै आएका फेसबुक, ट्युटर, ह्वाट्अप, टिककट, भाइबर, युट्युब आदिले समाज बिगारेको मात्र छैन, बनाउने विषयमा पनि उत्तिकै योगदान गरेको छ । यसलाई सूचना र ज्ञानआर्जनको स्रोतको रूपमा लिने हो भने यसबाट धेरै विषयगत ज्ञान ग्रहण गर्न सकिन्छ । हामीले हेर्ने भनेको यसको सकारात्मक प्रभावको पक्ष हो । जुनकुनै प्रकृतिका नकारात्मक अभिव्यक्ति वा अभिनय आदि भए यसमाथि सरोकारवाला निकायले त कानुनतः नियमन र नियन्त्रण गर्ने हो ।
गठबन्धन र सरकारको पक्षमा सामाजिक रूपमा स्वतः स्फुर्त प्रकट हुने जनमत खस्कँदै गएपछि व्यक्तिको उपस्थितिको प्लेटफर्मको रूपमा विकसित विद्युतीय माध्यमको यो सामाजिक सञ्जाललाई क्रमशः बन्द गर्दै लैजाने नियत देखिन्छ । यो नागरिकको अभिव्यक्तिको, ज्ञानको र सूचनाको पहुँचमाथि नियन्त्रण गर्नु एकदमै गैरसंवैधानिक क्रियाकलाप हो ।
देश–दुनियाँ र यसलाई जोड्ने बजार विद्युतीय सञ्जाल अर्थात् सञ्चारमाध्यम विकास भइरहेको छ । हाम्रा गाउँबस्तीहरू पनि यसबाट प्रभावित र लाभावान्वित रहँदै आएका छन् । यससम्बन्धी पर्याप्त डिजिटल लिटरेसी बढाउनुको सट्टा बन्द गर्नु भनेको उल्टो बाटो हिड्नु हो । पश्चगमन हो ।
ग्लोबल अर्थबजारका दृष्टिकोणले चीनियाँ बजार बिस्तारको पहुँचलाई निस्तेज गर्न टिकटक बन्द गरेको हो भने सन्तुलित विदेश नीतिसामु यो घातक अस्त्र हो । यसरी एउटालाई कन्फर्टेबल हुने तहमा रिझाउने र अर्कोलाई टाढा बनाउने, चिढ्याउने काम गर्नुहुन्न ।
शासक निरंकुश बन्दै गयो भने आफूविरुद्ध गुञ्जने स्वरहरू र आलोचन सुन्दैन, सहँदैन । ऐतिहासिक माघ १९ अघि पनि अन्तिम राजा ज्ञानेन्द्रले यस्तैयस्तै कर्म गर्नुभएको थियो, अहिलेको गणतान्त्रिक शासकले पनि । व्यवस्था फेरिएअनुरुप शासक वर्गले अवस्था पनि फेरिएको आभास दिन सक्नुपर्छ ।
हार्दिक शुभकामना…