लेख विचार/वहस

मदारी र भ्रष्टमैत्री देश

यो समय भ्रष्टाचारका माहात्म्य गाएर बितिरहेको छ । अचम्म ! लाजलाई पनि लाज लागिसक्यो !
विमान दुर्घटना भयो । कारण, भ्रष्टाचार ।
सडक दुर्घटना भयो । कारण, भ्रष्टाचार ।
युवाहरु पलायन हुन छाडेनन् । कारण, भ्रष्टाचार ।
अस्पतालमा स्वास्थ्य सुविधा छैन । कारण भ्रष्टाचार ।
शिक्षण संस्थाहरुमा पढाई भएन । कारण, भ्रष्टाचार ।
बजारमा उपभोक्ताहरु ठगिए । कारण, भ्रष्टाचार ।
सडक बनाएको एक बर्षमै भत्कियो । कारण, भ्रष्टाचार ।
राजनीति दल बाहेकका पनि सबै राजनीति गर्न उद्दत हुन्छन् । शिक्षक राजनीति गर्ने, बिद्यार्थी गर्ने, किसान गर्ने, वकिल गर्ने, कर्मचारी गर्ने, पत्रकार गर्ने, न्यायधिस गर्ने, ब्यापारी गर्ने, मजदुर गर्ने, ठेकदार गर्ने, उद्योगपति गर्ने, डाक्टर र नर्स गर्ने, इन्जिनियर राजनाीति गर्ने ।
वाफ रे वाफ ! यी सबको राजनीति गर्ने धृष्टताको एउटै कारण, ‘कमाई’ गर्ने मौका र छुट । मतलब भ्रष्टाचार !
यो ‘भ्रष्टमैत्री’ समयका अनेकौं रंगहरुको दृष्टिगोचर गरेर रमाउनु परिरहेको छ आज । यसले मलाई इर्फान खानद्वारा अभिनित एउटा बलिउडको सिनेमा ‘मदारी’ मानसपटलमा आइरहेको छ । मान्छेलाई कहिलेकहीं यति धेरै बिषयले टाउको गिजोल्छ, मान्छेले आँपूmलाई सम्हाल्न कठीन पनि हुन्छ । त्यही भएर भैरव अर्यालले ‘टाउको’ निबन्धलाई सावधानीपूर्वक निकै समय खर्चेर लेखेका थिए भनिन्छ ।
२०१६ जुलाई २२ मा रिलिज भएको बलिउडको सनसनी पैmलाउने फिल्म ‘मदारी’ हेरेपछि यो दुनियाँमा सुन्दर सपना देख्ने महान व्यक्तिहरु केही त बाँचेकै छन् भन्ने लागेको थियो । मदारी निशिकान्त कामतले निर्देशन गरेको चर्चित फिल्म हो र यसको कारण इर्फान खानको मुख्य भूमिका नै हो । सामाजमा सनसनी पैmलाउने यो फिल्मले राजनीतिका कुरुप कोलाजको प्रक्षेपण गर्न पुग्छ । निर्मल (इर्फान खान)ले गृहमन्त्रीको १० बर्षे छोरो रोहनलाई उसको होष्टलबाटै अपहरण गर्छ र विभिन्न स्थानमा लुकाउँदै घुमाउँछ । ऊ सफल मदारी बन्छ त्यसबेला । कसैलाई थाहा हुँदैन कि किन रोहन अपहरित भएको हो, न त अपहरणकारी पैसा नै माग्छ, न त केही । सेना र सिविआई लाग्छन् अपहरणकारीबाट रोहनलाई छुटाउन र अपहरणकारीलाई मार्न । अफिसर नचिकेत बर्मा (जिमी सेरगिल) यो केसलाई अघि बढाउँछ । उसलाई खोज्छन् । तर फेला पर्दैन कतै पनि । यो अवधिमा रोहन र निर्मल ‘दुश्मन साथी’ भएर लुक्दै हिँडछन् । रोहन निर्मललाई धम्क्याउँछ पनि, निर्मल पनि उसलाई सहयोग नगरे चिट्टु (रोहनको साथी) लाई मारिदिने भन्दै त्यो भिडियो देखाउँदै धम्क्याउँछ  ।
एक दिन निर्मलले गृहमन्त्रीलाई तिम्रो छोरो मैले अपहरण गरेर राखेको छु भनेर फोन गर्छ र भन्छ ‘तिम्रो लापरबाहीले मेरो छोरो र अरु थुप्रै मान्छे मारिएका हुनाले मेरो छोरो फिर्ता ल्याएमा रोहन सहीसलामत ल्याइदिन्छु’। अनि मात्र थाहा हुन्छ निर्मलको खुसी र सुखी परिवार थियो । श्रीमती र छोरो थिए । छोरो पुल भत्किँदा त्यही पुरिएर म¥यो र श्रीमतीले पनि उसलाई छोडिदिई । त्यसपछि त्यो अपुरणीय क्षतिको घाउ बोकेर ऊ भौंतारिन थाल्यो । त्यही बदला लिन उसले गृहमन्त्रीको छोरोको अपहरण गरेको थियो । र अन्त्यमा ऊ रोहनलाई लिएर एउटा भवनमा पस्यो । उसले टेलिभिजनलाई लाइभ प्रसारण गर्न र त्यो पुल बनाउन संलग्न ठेकेदार, इन्जिनियर, मन्त्री र दलका नेतालाई माथि बोलाएर आप्mनो करतुत कबुल गर्न भन्यो, यदि नगरेमा रोहनलाई मारिदिने भनेपछि उसकै योजना अनुसार सबै माथि गए र पाप स्विकारे । त्यो लाईभ दुनियाँले देखे कि मन्त्री, नेता, ठेकेदार र इन्जिनियरले आयोजनाको पैसा सबै भ्mवाम पारेर कमसल पुल बनाएको हुनाले त्यो भत्कियो र निर्मलको छोरा त्यही मरेको हो । यति कबुल गरेपछि त दुनियाँले थाहा पाए भ्रष्टाचारको श्रोत र तरिका । देशलाई भ्रष्टाचारको दलदलमा फसाउने अरु कोही नभएर नेता र कर्मचारीको मिलेमतो नै हो । यिनका भ्रष्ट चेतना नै हो । यिनका देशद्रोही भावना नै हो । देश लुटनेहरुको कहानी दुनियाँलाई थाहा भयो । गृहमन्त्री स्वयंले यसरी आयोजनाबाट सधैं पार्टी र आँपूmले दाम लिने गरेको बाबुको बयान त्यो बाँधिएको रोहनले सुन्यो, देख्यो । जब निर्मलले १० वर्षे रोहनलाई मूक्त गरिदियो, रोहनले बाबु त भेट्टयो, तर उसले निर्मलको यो महान कार्यलाई साथ दिने बचन पनि दियो र आँपैmलाई अपहरण गर्ने अपहरणकारीलाई धन्यवाद दियो । यो नै त्यस फिल्मको क्लाइमेक्स थियो । अपहरणकारीलाई अपहरित व्यक्ति र दुनियाँले आदर्श व्यक्ति मानेको यो दुनियाँकै अनौठो प्रस्तुति थियो ।
आज यो फिल्मले बोकेको बिम्ब यति धेरै गहकिलो भइदियो कि यसलाई सरकारी मान्छेहरु थिचिन्छन् उठ्नै नसक्ने गरी । मन्त्रीहरु, कर्मचारीहरु, ठेकेदारहरु, राजनैतिक दलहरु र तिनका कार्यकर्ताहरु सबै राज्यकोशमा आँखा गाढिराखेका हुन्छन् । बाहिर चुन्द्रे मुन्द्रे खटाउने र ठेक्का हात पार्ने काम पहिलो चरणमा सु–सम्पन्न हुन्छ । कमसल माल लगाएर केही अंश दल, तिनका नेता, तिनका कार्यकर्ता सबैलाई भाग लगाउनु पर्छ । त्यसपछि इन्जिनियरको हस्ताक्षर गराइन्छ र बील पास हुन्छ । त्यो हुन पाएन भने आयोजना बन्द हुन्छ । त्यो बन्द गर्न स्थानीय कार्यकर्ताहरुलाई उकासिन्छ, उतारिन्छ विभिन्न माग राखेर । ती मागले आयोजना नै पसारिन्छन् । टे«ड युनियनको नाममा लगानीकर्तालाई निरुत्साहित पार्ने काम बाहेक केही हुँदैन । यसरी नेपालमा आयोजना बन्नु भन्दा पनि बनेका पलायन हुँदैछन् । यही चरित्रमा, यिनै प्रकृयाबाट बन्ने काठमाडौ तराई जोड्ने फाष्ट ट्रयाक बनाउनेछन् । यो सरकारको के कुरा, सरकार बस्ने ठाउँ सिंहदरबारमा चोरको विगविगी भएको समाचार पढ्न पाउने भाग्यमानी जनता हौं हामी । सामान हराउँछन् भनेर समाचारहरु आइरहेकाछन् । कसले चोर्छन्, सबैलाई थाहा छ । राजनीतिलाई कमाउने भाँडो बनाउनेहरुको जमात बढिरहेको छ ।
यो मुलूकमा जताफर्के पनि भ्रष्टाचार छ । आर्थिक अनियमितता छ । चलखेल छ । आयोजना यसरी मर्छन् पूरा हुनै नपाई । शिक्षा, स्वास्थ्य, सिचाई, सञ्चार, उद्योग, व्यापार, निर्माण, आयात, निर्यात सबैतिर भ्रष्टाचार हुन्छ । कसैले केही गर्न सक्दैन । किनभने सबै मिलेका हुन्छन् ।
अहिले पनि भुटानी शरणार्थी वाइडबडीमा चढेर आई बालुवाटारमा संगै बसेर गिरिबन्धु चिया खाँदैछन् ।
एक दिन बिहानै दमक बजारबाट चोकतिर झर्ने क्रममा एकजना साथीले प्रश्न गरे – ‘यो सडकको पिच दुई बर्षमै भत्कियो । खाल्टा र खुल्टी भए । कुरुप भयो सडक । तपाईको के राय छ यसमा ?’
‘यो उत्तर त्यति सहज छैन । र यो देशभरको समान चित्र हो ।’
‘उसोभए पत्रीकामा लेख्नु है, म पढछु ।’
पत्रीकामा आयो । तिनले पनि पढे होलान् । जे गरुन् । तर कमजोरी टाल्न पनि सकिन्न । किनभने यो नेपाली समाजको संस्कार भइसकेको छ । अरुबाट खिचेर लिने र ‘छोरा नातिलाई चाहिन्छ’ भन्ने संस्कार जीवित छ । हाम्रा सन्तानलाई हामी पढेर डाक्टर, इन्जिनीयर बन्ने भन्न सिकाउँछौं तोते बोली नफुट्दै । त्यहीं पैसा छ । तर हामी स्वाभिमानी बन्न, पैसा भन्दा इज्जत् कमाउन र राज्यको जिम्मेवार व्यक्ति बन्न कहिल्यै पनि भन्दैनौं । लेखक, दार्शनिक, शिक्षक, सोधकर्ता केही पनि हुन दिँदैनौं हाम्रा आप्mना नानीहरुलाई । तिनलाई कमाउन सिकाउँछौं, त्यो पनि मदारी फिल्मको पात्र जस्तै बनाएर । धर्म र नैतिकताको मृत्युउत्सव मनाउनेहरुको जमात् बढ्दै गएपछि हुने नै यही हो । त्यही भएर हामीलाई ‘धर्म निरपेक्ष’ शब्द प्यारो लाग्छ । त्यो भनेको शरीरलाई (राज्यलाई) धर्मबिहिन अथवा अधर्मी बनाउनु हो । हामीलाई यसैमा आनन्द छ ।
यो मुलुकमा यत्रतत्र भ्रष्टाचार हुन्छ भन्ने कुरा मैले यो हप्ता समाचारका यी हेडलाइन् पढेर बिताएको कुराबाटै प्रष्ट हुन्छ –
ã राष्टूपति रामचन्द्र पौडेलको उपचार खर्च भन्न पनि लाज लागेको छ ।
ã सवारी दुर्घटनामा दैनिक मान्छे मर्ने काम रोकिएन । यसको कारण सडक जिर्ण हुनु हो । आज यात्रुलाई सास्ती दिईदै छ, चालक अनुमतिपत्र गिरोहले पैसामा बेच्छ । कसरी रोकिन्छ सडक दुर्घटना ?
ã बाटो पिच गरेको अर्को बर्ष उप्कियो ।
ã सरकारी कार्यालयको छत दुई बर्षमा चुहियो ।
ã भ्रष्टाचारीलाई जेलमा हाल्ने, मुद्दा हाल्ने म्याद पाँच वर्ष बनाउने र सबै भ्रष्टाचारीलाई सुनपानीले छर्किने विधेयक पास गर्ने प्रभानमन्त्रीको आसय ।
ã ठूला परियोजनामा दलका कार्यकर्ता पाल्दा पाल्दा हैरान भएर लगानी निरुत्साहित भइरहेको छ । माथिल्लो तामाकोशी के भयो ? अरुण तेश्रो के भयो ? पश्चिम सेती के भयो ? कि त नेताले खाइदिन्छन् आयोजना, कि त तिनका कार्यकर्ताले । तर सिर्पm खानेहरुको जमात छ यो देशमा गर्नेहरुको भन्दा । श्रावण भाद्रमा पनि लोडसेडिङ्गको मार छ जनतालाई ।
ã बिजुलीको अरबौंको बील नतिर्नेहरुलाई छुट दिनु पर्छ भन्ने प्रधानमन्त्रीको आसय उदाङ्गो भएको छ ।
ã रविबिरुद्ध ‘क्रान्तिकारी’ बनेका प्रदीप पौडेल स्वास्थ्य मन्त्री बनेसंगै कुन दुलामा पसे ?
ã भ्रष्टहरुको आड भरोसा र कतिपय तिनको प्रतिनिधित्व भएको सरकार भ्रष्टमैत्री सरकार हो ।
यी यस्ता सचार हेडलाइनका दृष्टान्तहरुको एउटै उत्तर छ – ‘भ्रष्टाचार र दण्डहिनतालाई संस्थागत ग¥यो यो महान परिवर्तनले’ । धिक्कार छ । किनभने हामीले नै यसलाई बेहुली बनाएर घरभित्र हुलेका हौं ।

Author

You may also like