सत्येन्द्रलाल कर्ण
आधुनिक अर्थराजनीतिक वैश्विक प्रवाहमा हलचल हुनासाथ उत्पादनका साधनहरूको मूल्य निर्धारण गर्दा उत्पन्न हुने अनेकौं किसिमका समस्यहरुसंग जुढ्नुपर्दा मानिसका उपभोग गर्ने स्वन्त्रताहरु मूल्यवृद्धी सँगै घट्दै जानु आधुनिक बजार प्रणालीको सामान्य विशेषता हो ।आवश्यकता पूर्तिका साधनहरूको उत्पादनमा वृद्धि हुँदा आवश्यकता पूर्तिका उद्येश्य हरुलाई छनौट गर्न अनुकूल वातावरण निर्माण गर्दछ ।वर्तमान समयमा यातायात र सञ्चारका साधनहरूको विकास अत्यधिक मात्रामा तिब्र गतिमा हुँदै गई रहेको छ ।धरती लोक देखि अंतरिक्ष सम्म पुग्ने ज्ञान विज्ञान र अन्तर्दृष्टी निरन्तर रूपमा अगाडि बढ्दै गइ रहेको छ तथा पुँजी प्रधान अर्थव्यवस्थालाई त्यसबाट पनि अकुत सम्पत्ति कमाउन प्रेरणा दी रहेको छ ।पुँजी निवेश गर्ने नयाँ नयाँ क्षेत्र खुल्दै गै रहेको छ । विश्वव्यापी अनुसन्धान र नयाँ नयाँ प्रविधिहरूको खोजी निरन्तररुपमा भई रहेको छ ।तर यस्ता कार्यहरू धर्तीका प्राणीहरूको आवश्यकता र समस्यालाई न बुझी र दूरदृष्टि न राखी गरिने कार्य होइन। प्रविधिले सेवा दिन्छ भन्ने कुरा सत्य हो । तर प्रविधि नै सबै थोक हो भन्ने छैन सत्य होइन। प्रविधिको लागि आवश्यक हुने काँच पदार्थ पनि उपलब्धि हुनु पर्दछ।गरीब देशको लागि र र धनी देशहरूको लागि छुट छुट्टै आर्थिक सिद्धान्त हरुको प्रतिपादन गरिएको छ ।
अर्थशास्त्री यी मान्यताहरू निरन्तर परिवर्तनशील छ । गरीब देशहरूमा गरिबीका रेखामुनि धेरै मानिसहरूको बसोबास रहेकोले अर्थशास्त्रका नियमहरू लागू हुँदैन । पश्चिमेली अर्थशास्त्रले पूर्वेली दर्शन र हिन्दू तथा बौद्ध परम्परा लाई कुनै महत्व न दिई ईसाई, इस्लाम र यहूदी मतका धार्मिक विचार हरुलाई अर्तशस्त्रका विविध क्षेत्रमा प्रयोग गर्दै आइरहेकोले पनि विश्वका धरै देशहरूमा आर्थिक समस्याहरूको चाङ लागेको छ । आवश्यकता भन्दा बढी प्राकृतिक श्रोत र साधनहरुलाई प्रयोग गर्दा प्रकृतिको मूल स्वरूप र सुन्दरता तथा सामथ्र्य गुम्दै गई रहेको छ । भूमण्डलीकरण, उदारीकरण तथा निजीकरण को व्यापार नीतिले नाफालाई अधिकतम बनाउन विश्वबजारमा नै आफ्नो नियन्त्रणमा लिन प्रयास गरी रहेको व । जसको परिणामस्वरूप वातावरणीय असन्तुलन, जलवायु संकट,र हावाहुरी, सुनामी, भूकम्प, बब्बिनश, ग्लोबल वार्मिङ जस्ता प्राकृतिक तथा मानवीय समस्या सृजना हुन लागि रहेको छ।
बुद्धका आठ विचारहरुलाई मध्ये एउटा प्रमुख विचार सही तरिका बत जीवन बाँच्ने कला पनि हो । राइट लाइभलिहुड भएन भने मानिस पशु समान हुन्छ। पश्चिमेली संसार अहिले सुख, र भोग विकासको पछाडि भाग्दै छ । तर उनीहरूको मन भित्र शान्ति छैन । उनीहरू विश्वका लागि समस्या बन्दै छन् । एउटा असल बुद्धिस्ट झैं मानिसहरू संयमित र सन्तोषी तरिका ले जीवन यापन गर्न सिके भने संसारबाट गरिबी र भोकमरीको समस्या हराउन सक्छ । साइबर अपराध, आतंकवाद, महामारी, र विश्वयुद्ध हुन सक्ने बत संसारलाई जोगाउन सकिन्छ ।संसारबाट भोकमरी, बेरोजगारी र असमानतालाई हटाउन सकिन्छ । लैङ्गिक र क्षेत्रीय विभेद काम गर्न सकिन्छ । संसारका बुद्धिस्ट राष्ट्रहरूले बुद्धका असल मार्गहरुमा देश र जनतालाई हिंडाउन सक्नु पर्दछ ।अहिले भुटान र म्यानमारमा बौद्ध दर्शनमा आधारित अर्थतन्त्रको राम्रो अभ्यास भइरहेको छ । मानिसहरूको आध्यात्मिक स्वास्थ्य र मानिसका भौतिक कल्याण सम्बन्धित विविध पक्षहरू एक अर्को प्रतिस्पर्धी न भएर एक अर्काका पूरक बनाउनु पर्दछ । अत्यधिक नाफा कमाउने विचारलाई धर्म र नैतिकताको आधारमा नियन्त्रण गर्नु पर्दछ । उपभोक्ताको घाँटी काटेर धनी बन्ने विचारलाई दमन गर्नु पर्दछ ।
म्यानमार का जनता हरुले बुद्धका असल विचारहरूलाई आफ्नो जीवन शैली तथा र संस्कृति सँगै जोडेर अर्थतन्त्रको विकाशलाई सघाई रहेका छन्। त्यहांका मानिसहरूले आफ्नो आवश्यकता, विचार र दर्शनलाई पश्चिमेली संसारको गुलाम बनाएको छैन् । बुद्धिस्ट अर्थसंस्त्री अनन्य कुमार स्वामीका विचारमा मानिसहरूलाई योग्यता र क्षमता अनुसार काम दिनु पर्दछ । एउटा कलिगढले हातबाट कपडा बनाउनु सांस्कृतिक र धार्मिक कार्य हो । तर पाबारलुम बत कपडा बनाउने कार्य एउटा यांत्रिक कार्य हो र यसको महत्व रैथाने संस्कृतिलाई समाप्त पार्नु पनि हो ।जुन कार्य अहिले संसार भरी भइरहेको छ । आधुनिक अर्थशस्त्रीहरुले बुद्धका विचारहरूलाई लागू गर्नु कठिन छ भनेका छन् र उनीहरूले मानव विकासको आधार जीवनस्तरको विकास भनेका छन् । तर बुद्ध दर्शनमा त्यस्तो कार्यलाई अविबेकपूर्ण कार्य मानिएको छ।आधुनिक अर्थशास्त्रीहरुले अधिकतम सन्तुष्टिको पाउनका लागि अधिकतम मात्रामा वस्तु र सेवाहरूको उपभोग गर्नु पर्दछ भनेका छन् ।तर बुद्धिस्ट विचारकहरूको बिचारमा अधिकतम मात्रामा सन्तुष्टि पाउन लागि आवश्यक र ठीक ठीक मात्रामा वस्तु र सेवाको प्रयोग गर्नुपर्दछ । लोभ, लालच नराखी आवश्यकता पूर्ति गर्दा थोरै साधनबाट पनि सन्तुष्टि पाउन सकिने छ ।धनी र विकसित देशहरुले प्रयोग गर्ने गरेको प्रविधि बुद्धिस्ट देशहरूको लागि अनुपयुक्त छ । साधनहरुलाई लामो समय सम्मको लागि उपयोग गर्नु पर्दछ । स्थानीय श्रोत र साधनहरूको दिगो विकासको लागि प्रयोग गर्नुपर्दछ ।
बोट बिरुवाहरूको संरक्षण गर्नु पर्दछ । वातावरणीय सन्तुलन जोगाउनका लागि बै बन जंगल जोगाउन जरुरी छ। पुँजी प्रधान न भई श्रमप्रधान अर्थतन्त्रलाई विकास गर्नु जरुरी छ । अहिले धनी देशहरूमा उच्च आर्थिक विकास छ ।तर उन्मुक्त र चरम आनन्दको अनुभव गर्ने स्वन्त्रताले गर्दा धेरै किसिमका विकृतीहरु फस्टाउँदो छ ।हतियारको राजनीतिले युद्ध उन्माद बढेको छ । तसर्थ सन्तोषले नै परम सुख हो भन्ने किसिमको अर्थतन्त्रको विकास गर्नु जरुरी छ । बुधिस्म अर्थतन्त्रमा विश्वास गरेको कारणले होला आज भुटान संसारकै पहिलो उत्कृष्ट खुशी हुने देश बनेको छ । सँधै हाँसी रहने देशलाई नै मानव विकासको उच्च अवस्थामा पुगेको देश मान्न सकिन्छ ।

Author

You may also like