कला/साहित्य/संस्कृति स्थानीय

निःशुल्क प्रशिक्षण स्थल व्यवस्थापन गरिने

दमक/ यस बर्षको तिहारमा देउसी खेलेर बचेको रकमबाट कमल गाउँपालिका ४ मा गायन र संगीत अभ्यासको निःशुल्क प्रशिक्षणस्थलको व्यवस्थापन गरिने भएको छ ।
झापाका गीत संगीत क्षेत्रमा रहेका युवाहरुले पूर्व यूथ रिभोल्ड्स नामक संस्था खडा गरी ड्राउण्ड बिष्किट बैण्डमार्फत देउसी खेल्ने काम भएको संस्थाका सचिव नाम्दुहाङ पंधाक लिम्बूले जनाए । गायन र संगीत सिक्नका लागि वाद्यवादनका सामग्री महंगो पर्नेहुँदा इच्छुकका लागि वाद्यवादन सहितको प्रशिक्षणस्थल निःशुल्क उपलब्ध गराउने योजना अनुरुप यो बर्षको पहिलो देउसीबाट ७७ हजार रुपैयाँ बचत भएको उनले उल्लेख गरे । ‘अव यस रकमले बजाउने सामान किनेर इच्छुकका लागि आफैं बसेर सिक्नेस्थलको व्यवस्था गर्छाैं ।’– उनले भने ।
संस्थाका अध्यक्ष पेमा तामाङको अगुवाईमा झापाको कमल, शिवसताक्षी र इलामको चुलाचुली क्षेत्रमा ५ दिन देउसी खेल्दा १ लाख ४२ हजार रकम जम्मा भएको थियो ।

टोलको विकास गर्ने
त्यसैगरी, दमक ५ स्थित बुद्ध टोल विकास संस्थाले संस्कृति संरक्षणमा यस बर्षको तिहारमा देउसी खेलेर ८४ हजार हाराहारी रकम दान संकलन गरेको छ । स्थानीय बुद्ध टोलमा खेलिएको एकदिने देउसीबाट ८३ हजार ९ सय २५ रुपैयाँ जम्मा भएको सस्थाका सचिव इन्द्रबहादुर बुढाथोकीले जनाए । सो रकम सोही टोलको विकास निर्माणका काममा खर्च गरिने पनि उनले बताए । सो टोलमा ९३ घरपरिवार आवद्ध छन् ।
संस्था, विभिन्नखाले सामाजिक गतिविधि गर्नुका साथै वडा र नगरपालिकासँग समन्वय गरेर टोलको विकास निर्माणमा जुटेको छ ।

Author

You may also like