दमक/ लियो क्लब अफ दमक इस्टर्नलाइनले दमकको रतुवा खोलामा सम्पन्न छठस्थल सरसफाई गरेको छ ।
लियो जिल्ला परिषद् ३२५ सी, नेपालका एडमिन अफिसर तथा लियो क्लव अफ दमक इस्टर्न लाइनकी पूर्वअध्यक्ष दीपा यादवको अगुवाइमा क्लब अध्यक्ष जनम आचार्यसहितका पदाधिकारीहरुमार्फत सोमबार विहान पूजास्थल सरसफाई गरिएको हो ।
क्लबका १५ जनाको सहभागितामा पूजास्थलमा रहेका फुल, प्लाष्टिकजन्य सहितका सम्पूर्ण फोहोर संकलन गरिएको पूर्वअध्यक्ष यादवले जनाइन् ।


सोमबार विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यसबर्षको छट पूजा सम्पन्न भएको थियो । मैथिली सेवा समिति दमकको संयोजनमा भएको पूजामा ३ सयवटा पूजास्थल निर्माण गरि पूजाआजाको व्यवस्था मिलाइएको थियो ।
गत बर्ष २ सय ४० वटा पूजास्थल रहेकोमा यो बर्ष सवैखाले नेपालीले पूजा गर्ने क्रम बढेकाले यो बर्ष ३ सयवटा पूजास्थल निर्माण गरिएको थियो ।
मुख्यगरी आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिने र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिने दृष्य हेर्न स्थानीय ठूलो संख्यामा सहभागि भएका थिए । एक प्रकारको धार्मिक पर्यटनका हिसावले समेत पूजास्थलमा भीडभाड सहितको खुसीयाली थियो । तराइको मिथिला क्षेत्रको ऐतिहासिक पर्व मानिने छठ यसबेला सवैजसो समुदायले बनाउने प्रचलन वढ्दै समग्र नेपालीको पर्व बनेको छ ।

You may also like