स्थानीय

दमक सपिङ कम्प्लेक्स बन्ने बाटो खुल्यो

१ साउन, दमक । मुद्धाको कारण काम रोकिन गएको दमक सपिङ कम्प्लेक्सको निर्माण कार्य अदालतको फैसलापछि सुचालु हुने बाटो खुलेको छ ।
दमक बजारको मुख्य भागमा रहेको जमिनमा बन्न गइरहेको भव्य आकर्षक र महत्वपूर्ण सपिङ कम्प्लेक्सको निर्माण कार्य पदम बहादुर माझीले दायर गरेको जग्गा किचलो मुद्धाको निषेध आज्ञाको उजुरीले रोकिन गएको थियो । यसमा झापा जिल्ला अदालतले गरेको किचलो नठहर्ने र निषेध आज्ञाको खारेजीलाई उच्च अदालत इलाम इजलासले सदर गरेकाले अब भवन निर्माणको बाटो खुलेको हो ।
११ कठ्ठा जमिनभित्र १३ सय बढी वर्ग मिटरमा बन्ने अण्डरग्राउण्ड माथि ५ तले भवन निर्माण गर्न २०७९ साल पुुस महिनामा नव सिर्जनशील–वंगलामुखी जे.भी. काठमाडौंसँग नगरपालिकाले सम्झौता गरिसकेको छ । ४३ करोड २४ लाखमा भएको सम्झौता अनुसार २ वर्षभित्र काम सक्ने भनिएको थियो ।
भवनको निर्माण कार्य सुरु गर्ने सम्बन्धमा प्रश्न गर्दा दमक नगरपालिका प्रमुथ राम कुमार थापा भन्छन् ‘सम्झौता भइसकेको छ । साउन ७ गतेको बोर्ड बैठकले कार्य आदेश दिएपछि पुसको दोस्रो हप्ताबाट सुरु हुनेछ ।’

Author

You may also like