:— विष्णु खनाल —:
अघिल्लो वर्ष शिक्षक महासंघले शिक्षक, बालकक्षा शिक्षक, विद्यालय कर्मचारीहरुका जायज मागलाई सम्वोधन हुने गरी ६६ वटा बुँदामा सम्भौता गरिएको थियो । सरकार र शिक्षक महासंघवीच सम्झौता गरेको वर्षदिन भन्दा बढी भएको छ । कुनै पनि अत्यावश्यक समस्या समाधान गर्नका लागि यदि नेपाल सरकार इमान्दार, जिम्मेवार र प्रतिबद्ध भयो भने मन्त्रीपरिषदबाट चुड्कीको घरमा मन्त्रीपरिषद्को बैठक मार्फत समाधान गर्न सक्ने ल्याकत सरकार निहित छ । समस्या समाधानका लागि दत्तचित्त भएर दीर्घकालिन समाधानको बाटो खैज्ने माध्यम संसदको विशेष अधिवेशन बोलाई एक थान विद्यालय शिक्षा ऐन पास गरी लालमोहर लगाएर काम कार्यान्वयन गर्न शुरुवात गर्न सक्नुपर्दछ । प्रधानमन्त्री, उपप्रधानमन्त्री, विभागीय मन्त्री, राज्यमंत्रीहरुले यस्तो गम्भीर अवस्थामा मन्त्रीपरिषद्को बैठक बस्नु पर्दैन ? हाम्रा सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू त आफ्ना गुरुहरुलाई ऋषिमुनीका अर्का अवतार भन्नुहुन्छ । वहाँहरुलाई हामीले सदा सर्वदा आदर सम्मान गर्नुपर्दछ । वहाँहरूबारे हामीले धेरै ज्ञानगुणका कुरा सिक्नुपर्छ भन्ने कुरा गर्नुहुने बरिष्ठ व्यक्ति हुनुहुन्छ ।
तपाई राधाकृष्ण मैनाली, नरेश खरेल, श्री मोदनाथ प्रश्रित (पौडेल)बाट आफूलाई राजनीति गर्न आवश्यक पर्ने ज्ञान दिनुभयो । आज मोदनाथ गुरु के गर्दै हुनुहुन्छ ? तपाईभन्दा भन्दा करीब ३ वर्ष बढी जेलजीवन व्यतित गर्नुभएका नेपालका नेल्शन मण्डेला किन गुमनाम पारिनुभयो ? २०२८ सालको वर्णशत्रु खतम बनाउने आन्दोलनका सहयात्रीहरु नरेश खरेल, सिपी मैनाली, राधाकृष्ण मैनाली, गोपाल शाक्य, प्रदिप नेपाल जस्ता पार्टीका होनहार कमरेडहरू अहिले कहाँ के गर्दै हुनुहुन्छ ? सम्माननीय प्रधानमंत्रीज्यु हामी भूमिगत रहंदा तपाईलाई हाम्रो पार्टीभित्र दार्शनिक नेता भनेर तपाई लगायत कमरेड आर. के. मैनाली, कमरेडे गुरु मोदनाथ पश्रितको रंगिन फोटो पनि हाम्रा घरमा देउता सम्झेर राखिरहेका छौ ।
तपाई पहिलो पल्ट २०४८ सालमा प्रतिनिधि सभा (झापा क्षेत्र नं. ५) को निर्वाचित सदस्य भएर रतुवा तथा चोजु खोलामा बाढी आउँदा तपाईको पहिरन रु १८ पर्ने भुक्के (हवाइ चप्पल) र रु १५० मा रेडिमेड पाइने सेतो खराने रंगका कुर्ता शुरुवाल मात्र थिए । आज तपाई देशको चौथो पटक प्रधानमन्त्री भइरहँदा प्रत्येक दिन तपाईंले लगाउने लुगालाई पनि सूक्ष्य ढंगले अवलोकन गरिरहेका छन् । सम्माननीय प्रधानमंत्री तपाईं २०४४ सालमा जेलबाट छुटेपछि हाम्रा घरमा ढिढोरोटो, साग, सिस्नो जे खाने मान्छे, आज तपाईलाई आतिथ्यता गर्नका लागि बनाइएको चौरासी व्यञ्जन (परिकार) पनि ग्रहण गर्न मान्नुहुन्न । तपाईले आफ्नो उपचारको लागि राज्यकोषबाट लिएको रकम अर्थमन्त्रालय गृह मन्त्रालय दुवैमा होला नै ।
सम्माननीय प्रधानामन्त्री ज्यू तपाई त पहिलो पटक वि.सं. २०५१ सालमा गृहमन्त्री हँदा त ठिकठिकै हुनुहुन्थ्यो । तर आज आएर त पार्टीको सर्वस्वै मै हुँै भनेर नेपाली जनता, आफ्ना पार्टीका नेता, कार्यकर्ता कसैलाई भुसुनो सरह पनि गन्नुहुन्न त? तपाईलाई जनता भनेको न्यायधिश हुने कुरा बोध छैन ? अहिले तपाईलाई सम्पूर्ण नेपाली जनताले हेर्ने दृष्टिकोणमा आकाश पातालको फरक छ । सम्माननीय प्रधानमन्त्रीज्यू तपाई आफ्ना आसेपासे हुक्के, चिलिमे, सुण्डमुण्ड र हनुमानहरुकोे कुरा सुनेर यति धेरै फस्नुभएको छ कि त्यो तपाईको पालामा भएका प्रत्येक परियोजना र विकास निर्माणका कार्य सम्पन्न भएका अन्तिम प्रतिवेदनहरुको सुक्ष्म र वैज्ञानिक अनुसन्धान हेर्दा पत्ता लाग्नेछ । अब जनताको आन्दोलन रोकिनेवाला छैन किनभने जनताको धैर्यताको बाँध फुटिसक्यो । बाँध फुटेको भेलले निश्चित रूपमा ने.क.पा. (एमाले) र नेपाली काँग्रेसका ठूला भनाउँदा धेरै नेताहरुलाई रसातलमा पुग्ने गरी डुबाईदिनेछ ।
जुन नेताहरुले २०३६/२०३७ सालको शिक्षक आन्दोलनलाई झल्झली सम्झिरहनु भएको छ, वहाँहरु शिक्षकका जायज मागहरु पुरा गर्नुपर्छ र सम्पूर्ण विद्यार्थीहरूको पढाइप्रति राज्यले खेलवाड गर्नुहुँदैन । राज्य निर्दयी बन्नुहुँदैन, जसरी भएपनि १००% मागहरु सम्बोधन गरेर शिक्षक कर्मचारीहरुवाट पनि १००% नै प्रतिफल प्राप्त हुने गरी कार्य सम्पादन गर्न अनुरोध गर्दै सम्पूर्ण आन्दोलनरत शिक्षक र विद्यालय कर्मचारी महोदयको जायज माग पूरा गरियोस् । कथंकदाचित् आफ्ना सल्लाहकारहरुको ‘विनाश काले विपरित बुद्धि’ भनेकै यिनीहरुलाई झारा टार्ने, त्यसै गलाउने, खिीसटेउरी गर्ने उपहास गर्ने जिस्क्याउने, प्रहरी दमन गर्ने र रित्तो हात फर्काउने दुःसाहस गर्ने प्रयत्न गरियो भने प्रधानमन्त्रीज्यू गुरुज्यूहरू भनेका ऋषिमुनी, साधु, सन्तका वर्तमान स्वरूप हुन, वहाँहरूमा अनेक प्रकारको शक्ति संचय भएको हुन्छ । गुरुज्यूहरुको आव्हानमा ठूलो क्रान्ति हुन्छ ।
क्रान्तिले भोलि श्रीलंका, बंगलादेशको भन्दा खतरनाक र अमानक परिणाम ल्याउन सक्छ । हुन सक्छ शिक्षकहरुको ६६ बुँदे माग सम्बोधन गर्न बढीमा १ खरब नेपाली रुपैयाँ अतिरिक खर्च बढ्न सक्ला तर त्यो खर्चलाई धान्नको लागि जमिनमा प्रगतिशिल कर लगाई जग्गा बाँझो राख्ने जग्गाधनीबाई आफ्नो जमिनमा प्रत्पादकत्व वृद्धि गराई वर्तमान समयमा आयात गरिरहनु परेको धान, चामल, गहुँ, मकै, पिठो, आटा, मैदा, कोदो लगयात पूर्ण रुपमा रोक्ने नीति अवलम्बन गर्नुपर्छ । दलहन, तेलहन, फलफुल र औषधीको आयतलाई क्रमशः रोकर निर्यात प्रवर्धन गर्नुपर्छ । रेमिट्यान्सको कम्तीमा १०% रकमलाई स्वदेशी उद्योगमा चाहिने पुजीँको रुपमा लगानी गर्ने वातावरण बनाउनुपर्दछ । अति विलासी सामानहरूको आयातमा पूर्ण रूपमा प्रतिवन्ध लगाउनुपर्दछ । कृषिमा आधुनिकिरण यान्त्रिकीकरण वैज्ञानिकीकरण र व्यवसायिकीकरण गरी विकसित मुलुकले अवलम्बन गरेका खेती प्रणालीका कृषि प्रणालीलाई कृषिविज्ञ तथा कृषि प्राविधिकहरुलाई प्रोत्साहन गरी सतप्रतिशत उत्पादकत्व गर्न सबै नेपाली आमाबुबा, दाजुभाई तथा दिदीवहिनीलाई काम गरेर खाने उत्प्रेरणा जागृत गराउनुपर्दछ ।
राष्ट्रिय योजना आयोगले दोहोरो अंकमा आर्थिक वृद्धिदर हासिल हुने गरी नेपाल सरकारलाई बजेट बढाउन अनुरोध गर्नुपर्दछ । नेपाल राष्टू बैंकले कुल गार्हस्थ उत्पादन विदेशी मुद्राको संचित र आफ्नो ढुकुटीमा आएको सुन, चाँदी, हिरा र मोती आदि वहुमुल्य धातुहरुको यथार्थ विवरण अर्थमंत्रालय मार्फत् संसद र न्यायप्रेमी जनताहरूसामु प्रस्तुत गर्नुपर्दछ । देशको वार्षिक बजेट कुन शिर्षकमा भएको त्यो पनि पारदर्शी रुपमा अगाडि राख्नुपर्दछ । यो पंक्तिकारले देशको राष्टिूय बजेट दुरुपयोग भएको वर्तमान प्रधानमन्त्रीका आसेपासेले भ्रष्टाचार गरेको, घुस खाएको, कमिशन लिएको, कर्मचारीको सरुवा बढुवामा मोटो रकम आर्जन गरी आफ्ना सात पुस्तालाई पुग्ने अकूत सम्पति लुटी सर्वसाधारण जनतालाई राजनीति भनेको आफु माथि पुग्ने, आलिशान महल बनाउने, बुलेट प्रुफ गाडी किन्ने, आफु कतै बाहिर निस्कँदा आफ्ना धुपौरेहरुको, प्रहरीको, सेनाको, सशस्त्र प्रहरीको, उच्चपदस्थ कर्मचारीको गाडीहरूको सयौको संख्यामा लामालास्कर लगाउने र उखान तुक्का तथा चिप्ला भाषण गरी ताली खाने प्रवृत्ति हावी भएको छ ।
सम्माननीय प्रधानमन्त्रीज्यू तपाई स्वयं आफै पूर्र्वीय दर्शनको ज्ञाता हुनुहुन्छ फेरि सम्माननीय प्रधानमन्त्रीज्यू विश्व कम्युनिष्ट आन्दोलनका शिखर पुरुषहरू काल माक्र्स, फेडरिक रोगेल्स लेनिन स्टालिन, माओ, किम इल सुङ्ग, हो चि मिन्ह (हो काका), पोलपोट मिखाइल, गोर्वाचाभ, क. गुञ्जमा (गोञ्जालो), हयुगो चावेन, च्चे ग्वेभेरा, ज्योती बसु, सिताराम याचुरी, किम जोङ्ग, उल र नेपालका कम्युनिष्ट नेताहरु क.पुष्पलाल, जननेता मदन कुमार भण्डारी, मनमोहन अधिकारी, जीवराज आश्रितको समाजवादी क्रान्तिमा योगदान तथा नेपाली कांग्रेसका नेता जननायक वी.पी कोइराला, किशुन जी, गणेशमान सिं, सुवर्ण समशेर, गिरिजाबाबु, सुशिलदादाको नेपालको राजनैतिक, सामाजिक र आर्थिक क्रान्तिका योगदानहरु राम्ररी अध्ययन गर्नुभएकोछ । वहाँहरुलगायत हजारौ नेतागणहरूले प्रजातान्त्रिक समाजवाद जनताको बहुदलिय जनवाद हुँदै आधुनिक नेपालको निर्माण गर्ने हजारौ वीर सहिदहरूले आफ्नो जीवन अर्पण गर्नुभएको छ ।
वास्तवमा अहिलेको उपलब्धी भनेको सम्पूर्ण न्यायप्रेमी जनताहरुको बलिदानी त्याग र समर्पणबाट प्राप्त भएको कुरा कसैले पनि नर्कान सकिँदैन । त्यसर्थ देशमा विद्यमान रुपमा सृजित समस्याहारु प्राथमिकताका आधारमा पूरा गर्दै जानुपर्छ । कुनै पनि कुरा विजुलीको स्वीच थिच्दा बत्ती बले झैं पूरा भइहाल्ने त होइन तर शिक्षकहरुको मागहरु सरकार र शिक्षक महासंघबीच भएको सम्झौता ३० वर्ष भन्दा अगाडिदेखि नै हुँदै आएको हो । तर्सर्थ सम्माननीय प्रधानमन्त्रीज्यू हाल चलिरहेको अनिश्चितकालिन शैक्षिक आन्दोलनलाई अन्त्य गर्न संसदको विशेष अधिवेशन वा बजेट अधिवेशन बोलाई शिक्षक, बालकक्षा शिक्षक र विद्यालय कर्मचारीलाई घर फर्काई लाखौ विद्यार्थीको भविष्य उज्जवल पार्ने काम गरियोस् भन्ने आग्रह सम्माननीय प्रधानमंत्री समक्ष अनुरोध अनुरोध गर्दछु ।
