नारायणगढमा कार्पेट होटलको बसाइपछि बिहानै हाम्रो यात्रा सुरू भयो बुटवलतर्पm । नारायणी नदीको किनारमा बााचेका सपनाहरूको मनमा कैद गदै हामी पश्चिम लाग्यौं । फराकिलो राजमार्गहुँदै हामी हुईंकियौं । मन फराकिलो पार्दै थियौं । विचार फराकिलो पार्दै थियौं । समयले सबैकुराको परिवर्तन गर्दोरहेछ । हुन पनि हो, हिजो बिहानको दश बजे आज बिहानको दश बजे जस्तो पटक्कै हुँदैन । ती दुईवटा दश बजे एउटै पनि होइनन् र उस्तै पनि होइनन् । आजको दश बजे र भोलि बिहानको दश बजे न त एउटै हुन्, न त उस्तै उस्तै हुन् । यही अनुभूतिमा हामी अघि बढ्यौं ।
बाटामा केहीछिन अवरोध भयो । निर्माण कार्य भइरहेको थियो पहिरो गएका ठाउँमा । भत्किनु र बनिनु प्रकृतिको नियम हो । बनिनु नै भत्किनु हो । भत्किनु नै बनिनु हो ।
जीवनका बाटाहरू जस्तै । भत्किएका बाटाहरू बनाउँदै, पन्साउँदै जीवन चलेको हुन्छ । त्यस्तै लाग्यो ।
त्यपछि हामी बुटवलमा रहेको लुम्बिनी वाणिज्य क्याम्पस पुग्यौं । बुटवलको सबैभन्दा ठूलो सम्पत्ति भने पनि हुन्छ, यही सामुदायीक क्याम्पस हो । सारा समुदायको सामूहिक धडकन । उच्च शिक्षाका व्यावस्थापन विषयका अनेकौं विषयहरू अध्यापन गराइरहेको त्यो क्याम्पसका शुष्क आवाजहरू सुनौं भन्ने पनि योजना थियो हाम्रो । क्याम्पस हताताभित्र प्रवेश गर्दा क्याम्पस परिसरकै उत्तरपूर्वमा रहेको देवालयले त्यहाँ भित्र प्रवेश गर्ने हरेकका मनलाई भ्रान्तिबाट शान्तिमा लगिरहेको भान हुन्थ्यो । हामी क्याम्पसका रङ्गहरू पढ्दै पढ्दै क्याम्पस प्रमूख डा. तारा प्रसाद उपाध्ययको कक्षतिर लाग्यौं । संवाद भए । धेरै कुरा सुन्यौं उहाँका । शब्दहरू सुन्यौं । शब्दै नभएका भावहरू सुन्यौं । क्याम्पसको चित्र सुन्यौं । क्यूएए को तेस्रो चक्र पूरा गरेको नेपालको त्यो पहिलो क्याम्पसको कथा सुन्यौं । व्यथा सुन्यौं । पद्दति र सुशासन सुन्यौं । माटो र हावाका अवयवहरू पनि सुन्यौं ।
‘कक्षमा कुनै पनि प्रशंगमा प्राध्यापकहरूले राजनीतिक दल, तिनका नेताका नाम उच्चारण गर्न पाउँदैनन् ।’ तारा सरको यो बोलीमा शक्ति देखें मैले । राजनीतिले मरणासन्न बनाएका देश भरिका सामुदायीक संस्थाहरू, सामुदायीक क्याम्पसहरू संभेंm ।
‘मलाई पार्टीले यहाँ राजनीति गर्न पठाएको हो’ भनेर प्राध्यापकहरूले नै खुलमसुल्ला भनेको सुन्ने यी कुहिएका कानहरू बन्द भए एकछिन् । भ्रम पनि भयो । के म साँच्चै मान्छेकै आवाज सुनिरहेको छु ? कि सपना हो ? तर त्यो सपना थिएन ।
अनि क्याम्पसको युणोस्तर विभागका प्रवक्ता (फोकल पर्सन) पुनराम घिमिरेसंग भलाकुसारी ग¥यौं एकछिन् । अंग्रेजी विभागकै हुनुहुँदो रहेछ । आपूm पनि त्यही विभागको भएर होला, खुसी लाग्यो ।
विभागहरूको सकृयता, सामूहिक जिम्मेवारी, सवलीकरणको व्यवस्था, राजनीतिमूक्त वातावरण, प्राज्ञिक वातावरण साँच्चै नै लोभलाग्दा परिवेशहरू थिए । म आपूm पनि दमक बहुमुखी क्याम्पसको अनुसन्धानात्क लेखको प्रकाशन ‘दमक क्याम्पस जर्नल’ को प्रधान सम्पादक भएको नाताले म अनुसन्धान एकाइतिर पसें । फराकिलो कोठा । दराजहरू, सोफा र कम्प्युटरहरू स्वागतको लागि पर्खिरहेको जस्तो देखिन्थे । उक्त क्याम्पसले प्रकाशन गर्ने अनुसन्धानात्मक लेखहरूको संगालो ‘द लुम्बिनी जर्नल अफ विजिनेस एण्ड इकोनोमिक्स’ जर्नलका प्रधान संपादक पिताम्बर सापकोटासंग केहीछिन भलाकुसारी भयो । गज्जप त के भने संसारभर अहिले धेरै विश्वविद्यालयहरूले अंगालेको एपीए सातौं संस्करण हो, तर उहाँहरूले आप्mनै पाराले, आप्mनै संरचना ‘फर्मेट’ मा प्रकाशन गरिरहनुभएको रहेछ । आप्mनै मानक स्थापित गरेका । गज्जप लाग्यो । त्यो जर्नल न त एपीए सातौं अनुसारको थियो, न त एमएलए अनुसार नै । तर त्यसले मानक बनाइसकेको पाएँ ।
‘एक्लै गर्नु पर्छ । कसैको भर हुँदैन । दोषको भागीदार पनि आपैm हुनु पर्छ । दिक्क लागिराखेको छ,’ पचियपछि उहाँ निकै गम्भीर मुद्रामा बोल्नुभयो ।
‘यसको व्यवस्था पनि छ नि त,’ मैले जिज्ञासा राखें ।
‘त्यो त छ । म बिहान पढाउँछु । दिउँसो पढाउनु पर्दैन, तर जर्नलको काम गर्छु । दिउँसोको लागि बिहानको ६० प्रतिशत तलब पाउँछु ।’
म निशब्द भएँ । बोली हरायो ।
‘हवस त सर, अब छुटौं । म हजुरलाई मेल गर्छु मलाई जर्नलको संपादनमा केही जिज्ञासा र¥यो भने ।’
हामी दुबै बाहिर निस्क्यौं । सरहरू गाडीमा चढेर मतिर संकेत आइरहेको देखें । हामी एउटा थकाली भोजनालयमा खाना खाएर पाल्पाको उकालो लाग्यौं ।
पहाड अग्लिएर पनि खुसी थिएनन् । अग्लो हुनु पनि खुसीको बाटो होइन रहेछ । सुन्दर डाँडाहरू खोला र नदीकिनारका गीत भरेर बाँचिरहेको देखें । आवादी घट्दो छ, बसाई सराई बढ्दो छ । तर बाटा व्यस्त छन् । घर नभएर के भो त, बाटामा भीड भएपछि । त्यो भीड नेपाली गाडीको मात्रै थिएन, त्यो भारतीय गाडीहरूको थियो । सयौं होइन, हजारौंको मात्रामा ती पोखरा आउने र जाने गरिरहेका थिए । ती बाह्य पर्यटक थिए ।
‘आधुनिक अर्थतन्त्रको आदर्शविन्दु हो पर्यटन’, म भन्दै थिएँ ।
‘यी चाहिं काम लाग्दैनन् । गाडीमै खानेकुरा बोकेर आउँछन्, जता पनि सुत्छन् । फोहोर गर्छन् अनि जान्छन्’, कृष्ण भाइ बोले । ती भाइको कुराले मेरो तालु सुक्यो । भारतीय पर्यटकको बारेमा यति गहन कुरा आएपछि एकछिन सोच्न बाध्य भयौं हामी ।
हामी उज्यालैमा पोखरा आइपुग्यौं । ‘सेन्टर इन लेक’ हाम्रो बास र गास बन्यो । झापा दमककै भाइको ठूलो लगानीमा बनेको पूर्ण व्यवसायिक होटल थियो त्यो । आनन्द पनि लाग्यो । ‘गर्नेलाई जहीं तहीं, नगर्नेलाई कहीं न कहीं’ भन्ने मेरा हजुरबाको बाँणी संझें । हो रहेछ ।
नेपाल भन्ने देशको पहिचान नष्ट गरेको यो समयमा नेपाल के हो भन्नेबारे बिषय नै हराएको बेला साँझको समयले हामीलाई हुत्याएर फेवातालको गेटमा पु¥यायो । संधै जसो साँझमा हुने आरतीको प्रस्तुती रहेछ । तीन भाइ युवाहरू उभिएर आरती हातमा बोकी अभिनय गरिरहेका थिए । इश्लाम मुलुकहरूका युवाहरूले मस्जितमा नमाज पढिरहेजस्तो । क्रिश्चियन मुलुकहरूका युवाहरूले चर्चमा प्रार्थना गरिरहेजस्तो । पर्यटकहरूको बाक्लो उपस्थितिले विश्वसमुदाय देखिरहेको थियो । हामीले पनि देख्यौं ।
‘निक्कै भाइव आयो, सर’, तिलचन्द्र सरलाई त्यो प्रस्तुतिले निक्कै छोएछ । भव सर फोटा र भिडियो खिचिरहनुभएको थियो । रत्न सर मेमलाई लाइभ देखाइरहनुभएको थियो । बासु सर पनि समयलाई कैद गर्न खोजिरहनुभएको थियो । नारायण सर त्यो प्रस्तुतीका बिक्ब र अलंकार हेर्दै गरेको देखें । उहाँलाई बीएको ‘भिजुअल आर्टस्’ पढाउने सामग्री बनिरहेको थियो । राम सर र चुपचाप दर्शक ।
आप्mनो न फोटा, न त क्यामेरा ।
हैट, कस्तो वेवास्ता ? आपैmलाई गाली गरें ।
फेवातालको किनारको साँझमा पस्किइएका रमझम आँखाको अगाडि आइरह्यो । क्रमशः
दमक, झापा