अचेल राजनीतिका खेलाडीहरूमा गहिरो प्रेम देखिन्छ । अनि यिनको प्रेमलाई नियाल्न थालें मैले पढेका बिगतहरुबाट । यसमा मनमा एउटा समयहीनताको आभाष पाएँ । त्यो समयहीनता साहित्यका ठेलीहरुमा मात्रै पढन पाइने देखें । त्यो भनेको ‘टाइमलेसनेस’ हो । र त्यो कला र साहित्यमा छ । ती जहिले पढे पनि ‘अहिले जस्तो’ लागि रहन्छन् । आजै जस्तो भइरहन्छन् ।
अमर ।
तर कहिलेकहीं हामी सोच्ने गर्छौं, समयले पर्खिंदैन र त्यो गइसकेपछि पुःन भेटिदैन । यो सोच सापेक्षित छ । आज म एउटा यस्तो प्रशंग खोतल्दै छु कि समयले पर्खिंरहन्छ । समय स्थिर हुन्छ । म त्यही स्थिर समयको कुरा गरिरहेको छु आज । स्थिर समयको । यो बिम्ब आउनुमा मैले बिद्यार्थी जीवनमा पढेको रसियन लेखक एनटोन चेकोभ को नाटक ‘द बोर’ (जंगली स्वभाव भएको मान्छे) हो ।
त्यस नाटकमा गाउँकी एउटी महिला ‘श्रीमति पोपोभ’ भर्खरै मरेको आप्mनो श्रीमानको मृत्युको शोकमा हुन्छे । बिर्षिन सकिरहेकी पनि हुन्न । उसको नोकरले श्रीमान बिते पनि जीवन आप्mनो हो र बाचुञ्जेल खुसी अुनु पर्छ भन्ने सल्लाह दिँदा पनि केही लाग्दैन । ऊ लगातार रून्छे । घरका चार भित्ता बाहेक ऊ कुनै संसार देख्न छाड्छे । उसको जीवन पानी घोप्ट्याएको प्याला भए जस्तो ठान्छे । आप्mनो अगाडि अन्धकारै अन्धकार देख्छे । कत उज्यालो देख्दिन ।
यसैबीच पोपोभको श्रीमान ‘स्मिरनोभ’ नाम गरेको एउटा धनाड्य बन्दुक बोकेर उनको घरमा आउँछ । ऊ खाइलाग्दो, ज्यांगो र घमण्डी हुन्छ । तयही ब्यक्तिबाट उनको श्रीमानले ऋण लिएर त्यो ऋण नतिरी मृत्यु भएको हुन्छ । स्मिरनोभ उक्त पैसा उठाउन ती बिधवाको घरमा आएको हुन्छ । उसले पैसा आजै नदिइ हुँदैन भनेर अड्डी कस्छ, पैसा बैकको किस्ता तिर्नुछ र आएको भन्छ ।
त्यो पनि आजै । नलिइ नजाने भन्छ ।
उता श्रीमती पोभोव आप्mनो सहयोगी नभएकोले आज नहुने र भोलि मात्रै दिने भन्छे । अब झगडा सुरु हुन्छ । हुँदा हुँदा उसले महिलाको जात र क्षमतालाई धज्जी उडाउँछ, गाली गर्छ, ‘तेरो घरमा भगेंरा कति आउँछन् त्यति आइमाइलाई त मैले प्रेम गरेरै छाडिसकेको छु ।’ लैंगिक आक्रमण गछै ऊसले । झगडाले उग्र रुप लिएपछि स्मिरनोभले पोभोभको नोकरलाई भुईमा पसारिने गरी हान्छ । तै पनि श्रीमती पोभोव हिम्मत हार्दिन, गालीमा उत्रिँन्छे र भन्छे कि पुरुषहरु कायर हुन्छन् । महिलाहरू हिम्मतवाला हुन्छन् । त्यही भएर ऊ कुस्ती खेल्न पनि तयार हुन्छे । र भित्र आप्mना श्रीमानले राखेको पेस्तोल लिएर आउँछे र चुनौती दिन्छे । र उनीहरु बाहिर हानाहान गर्न जान्छन् । तर त्यसबेला श्रीमती पोभोवको मनमा केही दुविधा उत्पन्न हुन्छ र उल्टै उसलाई ‘पेस्तोल चलाउन जान्दिन, सिकाइदेऊ’ भन्छे । उसले सिकाउँछ पेस्तोल हान्न । हात समाउँछ । सिस लगाउन सिकाउँछ । अचम्म त के चभने अंत्यमा ती हानाहान नगरी भित्र आउँछन् । फेरि पैसाको लफडा सुरु हुन्छ । र जब स्मिरनोभलाई उसले जाऊ भनेर भन्छे र ऊ बाहिर जान लाग्छ, उसले उल्टै उसलाई बोलाउँछे । फेरि जाउ भन्छे । ऊ जान्छ । फेरि आउ भन्छे । ऊ आउँछ । अनि तिनको प्रेमलाप सुरु हुन्छ । अनि प्रेम मात्रै होइन बिहे गर्ने निश्कर्षमा पुग्छन् । भुँईमा ढलेको नोकर तिनीहरुले सास नफेरी गरिरहेको चुम्बनको दृष्य ट्वाँ परेर हेरिरहेको हुन्छ ।
यो नाटक पढिसकेपछि म पनि ट्वाँ परेको थिएँ । आज हामी नेपालीहरु पनि यसरी नै ट्वाँ परिरहेका छौं । शत्रुसंगको लभको आयाम नापेको छ यस नाटकले । कसरी खतरनाक शत्रुहरु पनि प्रेममा फस्न सक्छन् भनेर प्रेमको अकल्पनीय आयाम पस्केको छ यो नाटकले । यस्ताखाले प्रेम अर्थात् लभ नेपाली राजनीतिमा पनि देख्न पाइन्छ ।
प्रचण्ड अर्थात पुष्पकमल दहालले बारबार नाम उच्चारण गरेका पहिलो ब्यक्ति सायद गिरिजा कोइराला हुन् । टाउकाको मोल तोक्ने र मोल तोकिएकाको प्रेम थियो त्यो । गिरिजाबाबुले अभैm ठूलो आक्रमण गर्नु, अभैm धेरै सेना पुलिस मार्नु भनेर मलाई भन्नुभएको थियो भनेर प्रचण्ड अहिले पनि भनिरहनु भएको छ । जनयुद्धमा बिद्रोहीपक्षबाट मारिने, बिस्थापित हुने र संम्पत्ती कब्जामा पर्नेमा सबैभन्दा बढी नेपाली कांग्रैसकै मानिस थिए । तर उनै कांग्रेस पार्टीका सभापति गिरिजाले दश बर्षे युद्धका नायक प्रचण्डलाई प्रभाकरण हुनबाट जोगाएका थिए । त्यसैले गिरिजा प्रचण्डका देवता बनेका हुन् । त्यो लभ चानचुने लभ थिएन, त्यसले त्यो समयका सबै रंगहरुलाई तातो पानी खन्याइदियो । परिणाम त्यो समय मुडुलो भयो । खल्बाट भयो । त्यो एन्टिक्लाइमेक्सको लभ भनेको माथि चेकोभको नाटकको श्रीमती पोपोभ र स्मिरनोभबीचको लभ भएन त ? कति जीवन्त लभ ?
दश बर्षे जनयुद्धमा तत्कालिन एमालेका मानिसहरु पनि मारिए, बिस्थापित भए । तर उही बेलकाका एमालेका सुप्रिमो माधव नेपालको आज प्रचण्डसंग लभ परेको कुरा प्रचण्डजीको मुखबाट सुन्न पाइन्छ । त्यो लभ पनि कति गहिरो भने जहाँ भेला भयो त्यहीं पार्टी अध्यक्ष घोषणा गरिदिने, जहाँ भेट्यो त्यहीं लड्डु खुवाखुवाई गर्ने सम्म हुन थाल्यो । अनि पार्टी अलग हुँदा पनि नटुटने प्रचण्ड र माधव नेपालबीचको लभ पोपोभ — स्मिरनोभ लभ बराबर भएन ?
केपी ओलीलाई ‘मधेस बिरोधी’ को कित्तामा जवरजस्ती धकेलेर ‘मधेस प्रवेश निषेध’ आज्ञा जारी गरेर ओलीप्रति नकारात्मक भावना तराइका युवाहरुमा पैmलाउने कुरुप काम गर्ने राजेन्द्र महतो र महन्थ ठाकुरहरुको अहिले देखिएको ‘केपी ओली लभ’ श्रीमती पोपोभ र स्मिरनोभबीचको अकल्पनीय प्रेम एउटै हो । अनि ‘कम्युनिष्टहरुले चुनाव जिते भने रुन पनि पाईदैन’ भन्ने शेर बहादुर देउवा आज तिनै ‘कम्युनिष्टहरु’ संगको गठबन्धन बनाएर राज्य संयन्त्रहरुमा हात पार्न पछिपरिरहनुभएको छैन । गाली गरिरहने अनि तिनैसंग कुइनो जोडेर अघि बढने यो प्रबृति ‘पोपोभ —स्मिरनोभ लभ’ होइन ?
अघिल्लो दिन प्रधानमन्त्रीको प्रस्ताव गर्ने, भोलिपल्ट उसैलाई एक मनका मुद्धा थमायदिने कस्तो लभ हो ?
अघिल्ला दिन ऊ चोखो हो भन्ने, भोलिपल्ट काँधमरि मुद्धाका भारी बोकोउने कस्तो लभ हो ?
आज यसरी पोपोभ स्मिरनोभ लभले रंगिएको नेपाली राजनीतिको रंग हेर्दा लाग्छ, सय बर्ष अघि रसियन लेखक एन्टोन चेकोभले लेखेको यो नाटकको कथा कति जीवन्त रहेछ ।
नाटकको लभ र राजनीतिको लभ कति जीवन्त?
आज चाटाचाट, भोलि काटाकाट ।
आज काटाकाट, भोलि चाटाचाट ।
यो स्वार्थ हो, लभ होइन ।
यो कुराको आभाष हुने समय रहेछ यो ।
त्यही भएर साहित्य सर्वकालिक जीवन हो । यसको कुनै इतिहास हुँदैन । यो संधै बर्तमान हुन्छ । संधै ताजा रहन्छ । संधै नयाँ रहन्छ । यो कहिल्यै बूढो नहुने जीवन रहेछ । यही जीवनमा हामी जीवन्त जीवनहरु खोजिरहन्छौं । र भेट्टाइरहन्छौं, जसरी आज मैले भेट्टाएँ । एउटा साहित्यिक पुस्तक पढ्नु भनेको हजार बर्षका हजारौ राजनीतिका रंगहरु पढनु रहेछ ।

Author

You may also like