देश–समाज समाचार स्थानीय

न्यू सगरमाथाको सचेतना कार्यक्रम

दमक/ दमक ४ स्थित न्यू सगरमाथा टोल विकास संस्थाको बार्षिक साधारण सभा सम्पन्न भएको छ । दमक ४ को पुरानो वडा कार्यालय रहेको भवनमा शुक्रवार सम्पन्न साधारण सभामा टोल विकास संस्थाले गरेका वार्षिक क्रियाकलापको समिक्षा गर्नुकासाथै संस्थाले आगामी योजना र कार्यक्रम तय गर्न टोलबासीसँग परामर्श गरिएको न्यू सगरमाथा टोल विकास संस्थाका अध्यक्ष याम सिग्देलले जानकारी दिए ।
कार्यक्रममा टोल समितिले निर्माण गरेको एकलाख बढी रकम सञ्चित रहेको खर्चकोषबारे जानकारी गराइएको थियो । सोही कार्यक्रममा टोलबाट एसईईमा उत्कृष्ठमध्ये एकजना छात्र सुप्रिम ओलीलाई सम्मान गरिएको थियो भने टोल समितिका विभिन्न कार्यक्रममा नृत्य प्रश्तुत गर्दै आएका मध्ये उत्कृष्ठ नृत्य प्रस्तुत गर्ने सदिक्षा पौडेल र कृषा श्रेष्ठलाई पुरस्कृत गर्नुका साथै टोल समितिका महिलाहरुलाई समान रुपका २५ थान साडीसमेत वितरण गरिएको अध्यक्ष सिग्देलले जानकारी दिए ।
दमक नगरपालिका वडा नं.४ का वडाअध्यक्ष पुन्यप्रसाद दाहालको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रमा छिमेकी टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु अतिथि रहेका थिए । कार्यक्रममा आस्था टोलका उपाध्यक्ष रोम कोइराला, पारिजात टोलका अध्यक्ष अनिता श्रेष्ठ, मदन आश्रित टोलका अध्यक्ष सागर बुढाथोकी, दुर्गा मन्दिर समितिका अध्यक्ष ईश्वरीप्रसाद रिजाल, नवदुर्गा भजन कृतन समुहका अध्यक्ष भिष्मराज उप्रेती, सामाजिक ब्याक्तित्व विमल निरौला लगायतले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
दुईवर्ष अघिदेखि सञ्चालनमा रहेको सो संस्थाले आफ्नो टोल सरसफाई राख्न घरघरमा गमला, तुलसीका मोठ र वातावरण प्रदुषणमुक्त राख्न फोहोरमा भेटिने प्लाष्टिकजन्य वस्तु ब्यवस्थापन गर्न सचेतनामुलक कार्यक्रम गर्दै आएको छ । संस्थाले यसअधिपनि नयावर्षको अवसर पारेर दमक ४ स्थित रत्न बृद्धाश्रममा नगदसहित खाद्य समग्री तथा कपडा प्रदान गरेको थियो ।
टोलको साधारण सभाको अवसर पारेर संस्थामा आवद्ध महिलाहरुले तीज मिलान तथा दरखाने कार्यक्रमसमेत सम्पन्न गरेका छन् । संस्थाका अध्यक्ष याम सिग्देलको अध्यक्षतामा सम्पन्न साधारण सभाको सञ्चालन टोल समितिका सचिव तान्छुहाङ तुम्वाहाम्फाले गरेका थिए ।

Author

You may also like