शनिबार ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ शनिबार नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइएको छ । पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि सहित विभिन्न पोखरी, ताल, खोला सफा गर्दै पानीको स्रोत संरक्षण र सुकेका स्रोत खुलाउनका निम्ति बृक्षारोपणसमेत गरेर पानी दिवस मनाइएको छ । विभिन्न संकल्प तथा जनचेतनामूलक कार्यक्रमसहित विश्वभरि नै यो दिवस मनाइएको हो । प्राणी जगत्का लागि हावापछिको दोस्रो महत्वपूर्ण तत्व पानी हो ।
बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारकबाट पानी संकट उत्पन्न भइरहेको सन्दर्भमा यस दिवसले महत्वपूर्ण शिक्षा दिनेछ । नेपालका हिमाली तथा पहाडी जिल्लाहरुमा जताततै पाइने पानी आजभोलि पाउन छोडेको छ । पछिल्लो समयमा यातायातका साधन गाउँ गाउँ पुर्याउने विकास अर्थात चुरे दोहनले पनि पानीमाथि विध्वंस गरेको तथ्य छिप्दैन । भुकम्पलगायत प्रकृतिमाथि भएका दोहनले पानीका मुहान र पृथ्वी, जल, तेज, वायु र आकाशलाई पञ्च तत्व भनिन्छ । पञ्च तत्वमध्येको एक पानी सबै जीव र वनस्पतिका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ । पानी विना मानवको मात्र होइन सम्पूर्ण प्राणीहरुको अस्तित्व नै रहदैन ।
आजभन्दा २ दशक अगाडिसम्म प्रशस्त पानीका स्रोत पाइने ठाउँमा अहिले मुहानै सुकेको छ । पछिल्लो समयमा नेपालमा गाउँ गाउँमा यातायातको साधन पुर्याउने विकासको विनासमा पानी नराम्ररी प्रभावित भएको छ । गाउँ गाउँमा पानीका मुहान सुकेपछि खोला वा नदीबाट पानी लैजानुपर्ने बाध्यता रहेको छ ।
यी र यस्तै रचनात्मक कामसहित ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइएको छ ।
पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि सहित विभिन्न पोखरी, ताल, खोला सफा गर्दै पानीको स्रोतका लागि बृक्षारोपणसमेत गरेर पानी दिवस मनाइएको छ । विभिन्न संकल्प तथा जनचेतनामूलक कार्यक्रमसहित विश्वभरि नै यो दिवस मनाइन्छ । प्राणी जगत्का लागि हावापछिको दोस्रो महत्वपूर्ण तत्व पानी हो ।
बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारकबाट पानी संकट उत्पन्न भइरहेको सन्दर्भमा यस दिवसले महत्वपूर्ण शिक्षा दिनेछ । नेपालको सन्दर्भमा यि सहित २० अगाडिसम्म पानीका मूलस्रोत रहेका ठाउँहरु अहिले सुख्खा भएका छन । हिमाली तथा पहाडी जिल्लाहरुमा जताततै पाइने पानी आजभोलि पाउन छोडेको छ । पछिल्लो समयमा यातायातका साधन गाउँ गाउँ पुर्याउने विकास अर्थात चुरे दोहनले पनि पानीमाथि विनास गरेको तथ्य रहेको छ । भुकम्पलगायत प्रकृतिमाथि भएका दोहनले पानीका मुहान र स्रोतलाई नराम्रोसंग विथोलेको छ ।
पछिल्ला दिनमा जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गएको र त्यसले मानव जीवन र समग्र प्रकृतिमाथि ठूलो चुनौती थपिरहेको भन्ने आत्मबोधका साथ यस पटक पानी दिवसको मूल नारा नै हिमनदीको संरक्षण राखिएको छ । सन् १९९३ यता हरेक वर्ष २२ मार्चमा मनाइने यो दिवस सुरक्षित तथा स्वच्छ पानीको महत्वमा केन्द्रित संयुक्त राष्ट्रसंघको विश्वव्यापी पहल हो । सुरक्षित र स्वच्छ पानी व्यवस्थापनका लागि आवश्यक रणनीतिसहितको कदम चाल्न र यसबारे जनचेतना अभिवृद्धि गर्न यो दिवसले सहयोग गर्दै आएको छ । नेपालमा प्रतिव्यक्ति कुल जलस्रोत उपभोग क्षमता तीन हजार ६०० घनमिटर पर्न आउँछ तर हाम्रो देशमा हालसम्मको उपभोग दर प्रतिव्यक्ति तीन सय ९३ दशमलव पाँच घनमिटर छ ।
संसारभर १३ खर्ब ८६ अर्ब वर्गकिलोमिटर क्षेत्रमा पानी रहेको छ । औद्योगिक राष्ट्रको कहालीलाग्दो औद्योगीकरण, जलवायु परिवर्तन र तापमान वृद्धिका कारण पानीको परम्परागत मूल सुक्दै गएका छन् । पछिल्ला वर्षमा हिमनदी सुक्दै गएका छन् भने विश्वका करिब एक अर्ब मानिस पानीको समस्यामा छन् । जलवायु परिवर्तनले संसारभर पारेको प्रभाव हरितगृह ग्याँस उत्सर्जन, हिमनदी र हिमताल फुट्ने खतरा बढेको सन्दर्भलाई मनन् गर्दै अगाडि बढ्नु जरुरी भइसकेको छ । नदीमा मानवीय अतिक्रमण बढेको, अनियमित तवरले भूमिगत पानी निकालिएको, पानीको रिचार्ज गर्नेतर्फ ध्यान दिन उत्तिकै जरुरी देखिन्छ ।