कला/साहित्य/संस्कृति मनोरञ्जन मुख्य

इण्डियन आइडलमा झापाकी मेनुकाले जितिन ‘गोल्डेन माइक’

दमक, २२ असोज –
झापाकी नवोदित गायिका मेनुका पौडेलले भारतीय टिभी रियालिटी शो इण्डियन आइडलको अडिसन राउण्डमा मर्मस्पर्शी प्रस्तुति दिएर ‘गोल्डेन माइक’ जितेकी छन् ।
आँखाले बाहिरी संसार देख्न नसक्ने अवस्थाकी पौडेलको प्रस्तुतिले निणर्ायकहरु कुमार सानु, श्रेया घोषाल र विशाल ददलानीले आँसु बगाउँदै उनको प्रखर प्रतिभाको सम्मानमा उठेर ‘स्ट्यान्डिङ ओभेसन’ दिए । अनि पौडेलले ‘गोल्डेन माइक’ समेत जितिन् ।
अडिसन राउण्डमा ‘तुम्हारे बिना हमारे कोनो नही’ बोलको शास्त्रीय भजन गाएकी मेनुकाको गायकीले सवैलाई आँशु आँशु बनायो । निणर्ायक ददलानीले त भगवानलाई अघि देखिरहेको भन्दै मेनुकाको गायकीको प्रशंसा गरे । उनले भने, ‘हामी संगीतकर्मी जुन चीजलाई पुज्छौं नि, त्यसलाई अघि देखिरहेका छौं । म जुन चिजलाई पुज्छु, त्यो तिमी आफैं हौ । श्रेया रोइरहेकी छिन् । म रोइरहेको छु । यसको अर्थ हामीले संगीतलाई आज मनैदेखि सरी भन्नुपर्छ ।’
‘तिमीले मेरो लागि धेरै काम गरिदियौ । आजको दिनदेखि मैले जुन संगीत बनाउँछु, त्यो भिन्न हुनेछ । यसको कारण तिमी हौ ।’- सम्हालिदै अर्का निणर्ायक सानुले भने ।
घोषालले मेनुकाको गायकीले आफूभित्रको संगीत जागेको भन्दै स्पष्टता प्रदान गरेको बताइन् । ‘ मलाई लाग्दैन कि इण्डियन आइडलमा अरु कसैले यति राम्रोसँग गाएको छ ।’
तीनै जजले मञ्चमा उक्लिएर मेनुकालाई गोल्डेन माइक प्रदान गरेका थिए । झापाको हल्दीबारीमा जन्मिएकी मेनुकाले यसअघि नेपाल आइडलमा भाग लिएकी थिइन् । साथै अर्को भारतीय रियालिटी शो ‘सारेगमप’मा पनि सहभागिता जनाएकी थिइन् । नेपाल आइडलमा भाग लिनुअघि उनी दमक बसेर सुरभि कलाकेन्द्रमा अनिल फागोसँग गायन सिकेकी थिइन् ।

Author

You may also like