देश–समाज मुख्य लेख

दशैं, मंगलादाई र परिवर्तन

बाँस्कोटा धनञ्जय-

अहिले मुलुक दसैंको रंगीन र संगीन कोलाजले पुरै पोतिएको छ । यसपालीको दसैं पनि जस्केलाबाट घरभित्र छिरिरहंदा ती दिनका दसैंका दृष्यहरु मनभभरी रंगिएर आए, जुनबेला म आठ बर्षको थिएं ।
हामी दसैंको खैलाबैला सुरु भएपछि मनले, उत्तेजनाले, भावनाले र उद्दिग्नताले भरिन्थ्यौं । दसैंको छुट्टी भएपछि हाम्रो दिनचर्या परिवर्तन हुन्थ्यो । घटस्थापनादेखि कोजाग्रत पूणर्िमासम्म हामी यो दुनिंयाँको सबैभन्दा रंगिन र संगीन घडीमा हुन्थ्यौं । हजुरआमाले जमरा राखेको ठाउँ दुनियाँको सबैभन्दा पवित्र र रोमाञ्चक हुन्थ्यो । त्यही पवित्रतामा हाम्रो सांस्कृतिक विरासत झल्कन्थ्यो ।
त्यो अँध्यारो कोठामा हजुरआमाले उज्यालोको कामना गर्नुहुन्थ्यो र त्यो उदेकलाग्दो थियो । हामी त्यो निसपट्ट अँध्यारोमा उज्यालो देखेर रमाइरहन्थ्यौं । हामीले अँध्यारोमा उज्यालो देख्न त्यही दिनबाट सिकेछौं । कालो अन्धमुष्टिमा उज्यालो देख्ने चक्षुकहरुको निर्माण भएको समय हो दसैंको दुर्गा पूजा । उज्यालोमा उज्यालो नदेख्ने मान्छेहरु बिहानदेखि बेलुकासम्म अर्काको सुन्दरता नङ्याउन नपाउँदा टोलटोलमा बिहानदेखि बेलुकासम्म रोएर बाँचेका हुन्छन् । तिनले उज्यालोमा उज्यालो देख्न सक्दैनन् । यही परिचय बनेको यो सभ्यताको ।
चिउरा कुटनलाई खड्कुँडामा धान भिजाउन लागेको दृष्य हेरौं हेरौं लाग्थ्यो । चिउरा अरुबेलामा पनि कुटेर खाइन्थ्यो, तर यसैबेलाको चाँहि किन विशेष हुन्थ्यो, थाहा थिएन । हुन सक्छ, त्यो माहोल बनेर होला । सबैका घरमा त्यो दसैं भित्रिने भएर होला । हामी कहिल्यै नआएको, कहिल्यै नफुटेको मुस्कान छोडथ्यौं । धान भिजिसकेपछि चिउरा कुटनेको भीड हुन्थ्यो । गाउँका सारा ढिकीहरुबाट निस्किएकोे आवाजले वारिपारिको सम्वाद गरिरहेको हुन्थ्यो । कसका घरमा धेरै ढिकी चल्ने भनेर अघोषित प्रतिस्पर्धा हुन्थ्यो । आमाले चिउरा भिजाउन थालेपछि हामी नाच्थ्यौं आँगनमा । केही दिनमा घरमा लुगा सिउने वालीघरे दाइ कल बोकेर आउँदा हाम्रा खुट्टा भूईँमा हुदैनथे । हामी ठूलो युद्ध जितेर आएको सिपाहींको जस्तो उत्तेजित हुन्थ्यौं ।
अझ हाम्रो उत्तेजना पाथीभराको चुचुरो जस्तै उचालिएर आउँथ्यो । हामी एउटा भब्य रंगीन दुनियाँमा हुन्थ्यौं । जव वारिपारि गीतको भाकामा सुसेली हाल्दै, सुइ पार्दै, ढाकर बोक्ने युवाहरुको ताँती देखिन्थ्यो । ती मुन्धुम अनुसार ढाकर भरेर जिन्दगीको यात्रामा निस्किन्थे । ती दसैंदेखि गाइतिहारे औंसीसम्म त्यसरी यात्रामा निस्किन्थे ।
खोलाघारीका मंगलादाई पनि यसरी निस्किन्थे यात्रामा । त्यो यात्रा कुनै टाढा र नौलो ठाउँको थिएन । कुनै अन्वेषणको लागि थिएन । ती रविन्सन क्रुसो पनि थिएनन् । ती भास्को डी गामा पनि थिएनन् । ती कोलम्बस पनि थिएनन् । अनि ती लाखौंको संख्याका मंगलाहरु थिए । धाननाचको गीतको धुनमा उन्मूक्त भएर गाएको तिनको त्यो ऊर्जाशील आवाजले पहरो गुञ्जयमान हुन्थ्यो । डाँडाकाँडा प्रतिध्वनित हुन्थ्यो । ती सुईककक पारेर सुसेल्थे । वारिपारि सबै सुनिन्थ्यो । अनि बर पीपलको चौतारीमा थकाइ मार्न ढाकर बिसाएर बस्थे ।
तिनको ताँतीले बोकेर ल्याएको उत्साहपूणर् दसैंको ग्ल्यामर हामी विसवको उच्चतम रंगीन दुनियाँ ठानेर हेथ्र्यौं । तिनका ढाडमा ढाकर हुन्थ्यो । ढाकरमा भित्र अन्य खानेकुराहरु हुन्थ्यो । अनि माथिवाट सुँगुरका खुट्टा ठाडा पारिएका हुन्थे । ती सुँगुर मारेर, तिनको रौं, भूँडी निकालेर सफा पारेर नफोरी सिङ्गै उत्तानो पारेर खुट्टा चाहिं ढाकरको बिटमाथि देखिनेगरी राखेर ती मंगलादाइ ससुराली जान्थे । उनी त्यो भारी आपैंm नबोक्ने र उनका साथीले बोक्ने गर्थे । उनी श्रीमतीसंग जिस्किँदै हिंडथे, गीतगाउँदै र सुसेल्दै हिंडथे, राम्रा राम्रा लुगा लगाएर हिँडथे । तिनले गाएका गीतहरु अहिले पनि गुञ्जिन छाडेका छैनन् । तिनले ठाडा पारेर बोकेका सुँगुरका खुट्टाहरु अहिले पनि म देखिरहेको छु । मंगला दाईले छोडेको मुस्कान म अहिले पनि देखिरहेको छु । उनले सुसेलेको आवाज हराएको छैन अभैm मबाट । तिनले ढाड गलेपछि बर पीपलको चौतारामा ढाकर विसाएर घण्टौं भलाकुसारी गरेको दृष्य यत्तिछिटो डिलिट कसरी हुन्थ्यो ? तिनले ढाकरबाट खानेकुरा झिकेर खान्थे । अनि रमाउन थाल्थे । तिनका जीवनका पूmलहरु फुल्न थालेका हुँदारहेछन् । सारा तिक्तताहरु विर्सिएर तिनले गमलामा पूmल रोप्थे । तल सुसाइरहेको फेमे खोलाको जस्तै तिनको प्रेम निश्कलंक र पवित्र भएर बगिरहन्थ्यो । हामी हेरिरहन्थ्यौं । पारी भुस्पाते डाँडामाथि देखिएको क्षितिज जस्तै अनन्त र अमर तिनको नाता र संबन्ध त्यो यात्राबाट गाँठो परेर आउँथ्यो । त्यो दुनियाँको कुनै पनि ताकतले फुकाउन सक्दैनथ्यो । अनि ती देउरालीका मूर्ति र ढुंगा जस्तै अजर र अमर भएर बस्थे । हरियो चौरमा पल्टिएर आराम गर्दा तिनको मन कति आनन्दित हुन्थ्यो होला ? त्यो पल्टाई आजका महंगा तारे र डिलक्स होटलका एयरकन्डिसन र फ्री वाइफाई इन्टरनेट सुविधा पाएका अंध्यारा कुना भन्दा कति आनन्दमय थिए होला ? टी.भी. र इन्टरनेटका कृत्रिम संसारले मान्छेका प्राकृतिक मनलाई पर खोलामा लगेर बगाइदिएको छ । अनि हामी सभ्य भएको ढोंग पिटिरहेका छौं ।
ती मंगला दाइहरुकोे त्यो दसैं कोलाज रंगहरुले भरिएको हुन्थ्यो । हाम्रो दसैंको रंग सदभावले भरिएको हुन्थ्यो । माया र स्नेहले भरिएको हुन्थ्यो । भावनाले भरिएको हुन्थ्यो । दसैंका बजारहरु रंगिएका हुन्थे । टाढा रहेका परिवारजनहरु सरकारी विदा भएपछि झोला र ब्रिफकेस बोकेर घरघरमा आगमन हुन्थ्यो । बर्ष दिनसम्म पराइभएका आफन्तहरुको आगमनले घरका पेटीहरु मुस्कुराउन थाल्थे । घरका मूल ढोका तिनलाई पर्खिएर बसेको बर्षौं भएको हुन्थ्यो । तिनका विस्तारामा माकुराले जालो लगाएर राज गरेको पनि बर्षौं भएको हुन्थ्यो । तिनका परिवारले आँखा त्यतैतिर तेस्र्याएको पनि लामै समय भएको हुन्थ्यो । ती घरका सारा उडेका रंगहरुलाई रंग भर्न घरघरमा आइपुग्थे । तिनले आप्mना मान्यजनहरुबाट आशिर्वाद लिएर जीन्दगीको लामा यात्रा तय गर्ने विशाल उत्कण्ठा बोकेर घरमा आउँथे । तिनले सोच्थे, दसैंमा आसिर्वाद लियो भनें चन्द्रमाको पनि यात्रा गर्न सकिन्छ ।
यो दसैंले सिज्र्याएका तरंगहरु मान्छेको ढुकढुकी हुन्थे । यसले टाढा भएका मनहरुलाई एकाकार गराउँथ्यो । आजको भौतिकवादी तनावले गाँजेको मान्छे हरपल ‘अमेरिकन ड्रिम’ अर्थात पैसाको लागि तँछाड मछाड गर्ने प्रतिस्पर्धामा पनि अलिकती मन साँचेर घरलाई ल्याइदिन्थे । समानताको विकास भनेकै सामाजिक एकाकार हो । पारिवारिक एकाकार हो । साक्षातकार हो । यही साक्षातकारमा हामी र हाम्रो विरासत चलेकोे हुन्छ । त्यही सोच्थे मान्छेले । परिवारका सवैजना भेलाभएर एकैठाउँमा टीका लगाएर सामूहिक भोजन गर्ने र पिङ्ग खेल्न जाने चाँजो पाँजो मिलाउँथे । हामी सवै पिङ्गमा झुण्डिन्थ्यौं ।


पिङ्गमा चढेर कराउँदाको उत्तेजना, उन्मिूक्ति, ताप र राप कहिल्यै कमी हुँदैनथ्यो । फेरी उही रोटे पिङ्गमा मंगालादाई हुन्थे । उनी त्यो पिङ्गका निर्माता र व्यवस्थापक । उनी मान्छेलाई खेलाउँदै पठाउँथे । छेवैमा लिङ्गे पिङ्ग हुन्थ्यो । दोहारी खेल्थे युवायुवती । तिनका सुकिला लुगामा उडेको तिनको शरीर हेरेर मान्छे रमाउँथे । गाउँका मान्यजन नभएको मौका पारेर ती पिङ्गमा जोडी जोडी भएर झुण्डिन्थे । अनि धाननाचको गीतमा रम्थे । केटी लजाउँथे तर केटाले तिनलाई जवरजस्ती पिङ्गमा उठाउँथे । अनि सवै ताली पड्काएर तिनलाइ मच्चाइदिन्थे । त्यो शरीरका सवै भावभंगेनीमा कम्पन गराउने हुन्थ्यो । त्यो कम्पन आजका कुन फिल्म र सिरियल हेर्दा उत्पन्न हुन्छ ? कुन गीत सुन्दा उत्पन्न हुन्छ ? कुन बजारको कृत्रिम सजावटमा राखिएका कृत्रिम मानवको दृष्य देख्दा हुन्छ ? मंगलादाईले विहे गर्नु अघि त्यसरी पिङ्गमा चढाइदिएकी सोल्टिनीका हात समातेर दोहोरी पिङ्ग खेल्दाखेल्दा दुलही बनाएर घरमा ल्याए र तिनैसंग उनको जीवन वितिरहेको छ । उनको त्यो प्रेमलीलालाई ताली पड्काएर स्वागत गर्ने त्यो दुनियाँ पोइल गएको छ अरे आजकल । त्यो विरासत डी.भी. भरेर अन्तै गएको छ अरे आजकल ।
त्यो विरासत आज क्रमशः भत्किंदै गएको छ । मक्किदै गएको छ । म अहिले यी गल्र्याम्मै ढल्दै गरेको देखिरहेको छु । अहिले मंगलादाई सँुगुर बोकेर ससुराली जाने कुराको भत्सर्ना गर्छन् भन्ने थाहा पाएँ । उनले त त्यो रंगीन उनको दुनियाँमा अभैm रंग थपिदिने म जस्ता मान्छेहरुलाई विर्सन महानता ठानेछन्, तर म उनलाई सम्झिनमात्र होइन, यसै लेखमार्पmत सम्मान पनि गर्न चाहन्छु । आज देसैभर यस्तै मंगलादाईहरु जन्मिइएछन् । ती त्यो हृदयस्पर्शी मानव सदभाव र सम्बन्धलाई धारेहात लगाएर बसेका छन् । मानवताभन्दा ठूलो राजनीति होइन । मानवीय राजनीति होस्, सामाजिक रंगमा बागमतीको ढल नमिसाइयोस्, यत्ति कामना गरें यो देशको भलाइ होला । बडादसैं २०८० चुटिएका मनहरुलाई बाँध्ने धागो बनेर आओस । त्यो धागोले बाँधोस सबै मनहरुलाई । चङ्गा जस्तो छरपष्ट भएका सामाजिक सदभाव र मनहरुलाई बाँध्न सकोस् यो विजयादशमीले । नवदुर्गाको प्रसादले । असत्यमाथि सत्यको विजय गराओस् । सत्य हारिरहेको यो समाजमा यत्ति कामना गरे पुग्ला ।
बडादसैं २०८० ले यहाँहरुको सुस्वास्थ्य, सुख, शान्ति, प्रगतिको वहार ल्याओस् । यही सुभकामना ब्यक्त गर्न चाहन्छु ।

You may also like