बाङ्गलादेशमा भएको तख्ता पलट पछि त्यहाँका बहालवाला प्रधानमन्त्री हसिना वाजेद ले भागेर भारतमा प्रवेश गरेपछि आफ्नो ज्यान जोगाउन त सफल हुनुभयो, तर उहाँले बांगलादेशका आम जनताहरुलाई द्वन्द अस्थिरता र हिंसाको आगोबाट जोगाउन सक्नु भएन। विद्रोहीहरूको सहयोगबाट त्यहाँका काम चलाउ सरकार प्रमुख र प्रधानमन्त्री बनेका नोबेल पुरस्कारबाट सम्मानित मोहम्मद युनिसले बाङ्गलादेशलाई ध्वंस र बर्बादी दिनुबाहेक अरु केही पनि गर्न सकेनन् । शेख हसेना बाजेदको सरकारको विरोधमा उठेको स्वर उग्र आन्दोलनको रूप धारण गर्दा त्यहाँका विद्यार्थीहरूले नेतृत्व गरेका समूहहरूको अराजक गतिविधिले बङ्गलादेशमा त्यहाँ लामो समयसम्म शासनसत्ता हातमा लिएर राजकाज चलाउने शेख हसिन बाजेद र खालीदा जियाका समर्थकहरुलाई आक्रमणको सिकार बनाए । विद्रोही छात्र नेताका समूहहरूले सेख हसिना वाजेदका पिता र बांगलादेशका संस्थापक राष्ट्रपिता शेख मुजिबुर रहमानका घरहरू ध्वस्त पार्दै उनका प्रतिमाहरू पनि फुटालेर फ्याँके। उनीहरूका घर र सम्पत्तिलाई लुट्दै आगो लगाउँदै सहरका सहर कब्जा गर्दै व्यापक हिंसा मचाउन थाले। बाङ्गलादेशको हिंसाले संसारलाई दुखित तुल्यायो तर हिंसालाई विराम दिनुको साटो हिंसा झन् उग्र र आक्रामक बन्दै गयो। बङ्गलादेशमा सदियौंदेखि रहेका सनातन हिन्दुसमुदायहरु माथि आक्रमण र अमानवीय घटनाहरू चरणबद्ध रुपमा हुन थालेपछि बङ्गलादेशमा राजनीतिको स्वरूप नै फेरियो । तत्कालीन सरकार विरोधी विद्रोहका उद्देश्यहरू फेरिँदै बांगलादेशको अल्पसंख्यक हिन्दुहरूमाथि बर्बर दमन र हिंसा तथा लुटमारको रूपमा देखा परायों । बाङ्गलादेशको स्थापनाकालदेखि नै भारतको ठूलो सहयोग र भूमिका रहेकोले भारतमाथि बांगलादेशमा शान्ति स्थापना गराउने दबाब बढ्दै गयो ।तर बांगलादेशमा अशान्तिको स्वर झन् झन् उग्र र अनियन्त्रित हुँदै गयो। हेर्दाहेर्दै आन्दोलनको स्वरूप चरम इस्लामिक आन्दोलन को रुपमा परिवर्तन भयो, सडकमा उत्रेर हिन्दुहरूको घरमा आक्रमण गर्ने र आगो लगाउने समूहहरूले भारतप्रति आफ्नो विरोध र घृणा प्रदर्शन गर्न थाले । भारततिर रहेका सातवटा मुसलमान बहुल बस्तीहरु चिकेन नेकको नामले चिनिएका जिल्लाहरूलाई बांगलादेशमा मिलाउने र ग्रेटर बांगलादेश बनाउने भन्ने नाराहरू उचाल्न थालेपछि भारत पनि ससंकित बन्यो र तथा बङ्गलादेशको सिमानासँग जोडिएको भारतीय सिमानाभित्र ठूलो सङ्ख्यामा सुरक्षा सैनिकहरूको परिचालन गर्नुपर्यो । भारत केही वर्ष अगाडिदेखि नै बांगलादेशको रोहिङ्या मुसलमान शरणार्थीहरूको समस्याबाट दिग्दार भइसकेको मुलुक हो र भारतबाट बांगलादेशी रोहिंगिया मुसलमान शरणार्थीहरूलाई जसरी पनि भारतबाट खोजीखोजी निकाल्ने र भारतबाट धपाउने भारत सरकारको योजना पनि रहेको हुनाले भारत र बांगलादेश भित्रका कतिपय सवालहरूमा भारत प्रत्यक्ष रुपमा जोडिएको पनि पाइन्छ । बाङ्गलादेशमा सुरु भएको सरकार विरोधी आन्दोलनको नेतृत्वमा घुसपैठ भएपछि पाकिस्तान समर्थित चरमपन्थी संगठन आईएस आईएस को संलग्नता पनि प्रत्यक्ष रुपमा बांगलादेश का विद्रोही समूहहरूसँग देखिन थाल्यो जसको परिणाम स्वरूप बांगलादेशमा सरकारको विरोधमा उठेको विद्रोहको आँधीले त्यहाँका हिन्दू समुदायहरूलाई झस्काउने गरी असर पार्यो। भारत मात्र होइन नेपाल पनि बांगलादेशी रोहिया रोहिंगिया मुसलमान शरणार्थी हरूको समस्याबाट पीडित रहेको देश हो । बांगलादेशीहरू भारतीय सिमानालाई उपयोग गर्दै भारतभित्र रहेका आफ्ना नातागोता र मतियारहरुको सहयोगबाट भारतीय नागरिकको रूपमा पहिचान पत्र प्राप्त गर्न सफल भएपछि उनीहरूलाई नेपालतिर बस्न पनि खासै समस्या हुँदैन । भारत जस्तै नेपालका प्रहरी प्रशासनतन्त्र र कर्मचारीतन्त्रमा व्यापक भ्रष्टाचार मौलाउँदै गएकोले उनीहरुले दुई चार हजार रुपैयाँ खर्च गरेर सजिलै नेपालमा प्रवेश गर्न पाउँछन् र कुनै न कुनै तरिकाबाट नेपालभित्रका मुस्लिम बहुल क्षेत्रहरुमा सानोतिनो काम गरेर जीवनयापन गर्न थाल्छन् । पछि तिनीहरूले नै साम्प्रदायिक र धार्मिक उन्माद जगाउन तथा दंगा फसाद मचाउन ढुङ्गा हानाहान गरी रैथाने मुसलमानहरूलाई सघाउँछन् र कट्टरपन्थी मुसलमानहरुले गर्ने नचाहिँदो कामहरु गरेर मानवतालाई समेत लज्जित पार्छन् । त्यसकारणले बाङ्गलादेशको सवालमा नेपाल पनि एउटा अति नै संवेदनशील मुद्दा बनिसकेको हुनुपर्दछ ।
नेपालमा पनि बाङ्गलादेशकै देखासिकी गरी सरकार विरोधी आन्दोलन भयो । जेन्जी भनिने युवाहरू समूहहरूको आन्दोलन ले उग्ररूप धारण गर्दा नेपाल सरकारका संसद भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन समेत आक्रमणमा परे। दर्जनौं व्यक्तिहरू घाइते भए र ज्यान गुमाउन बाध्य भए । आम निर्वाचनबाट स्थापित बहुमतको सरकार लाई विस्थापित गरेर जेनजी बाट निर्देशित तटस्थ सरकारको गठन भयो। सरकारले देशमा फागुन २१ गतेका दिन आम निर्वाचन गराउने घोषणा गरे। तर देशमा भनेजस्तो शान्ति स्थापना हुन सकेन । बाङ्गलादेशमा हिन्दू समुदायहरूमाथि भएको व्यापक दमन हिंसा र अराजकता लाई नियन्त्रण गर्न बाङ्गलादेश सरकारलाई दबाब दिनको लागि नेपालका सडकहरूमा नेपाली जनताहरूले बांगलादेशका सरकारप्रति शान्ति बहालीको लागि अपिल गरे । हिन्दू समुदाय र मुस्लिम समुदायबीच सदियौंदेखिको मेलमिलाप र सद्भावमा त्यसबेला खलल पुग्यो जतिबेला इलेक्ट्रोनिक मिडियाहरूमा हिन्दुहरूका विरोधमा मुस्लिम समुदायका केही युवाहरूले जानीजानी वा अनजानमा केही आपत्तिजनक भिडियोहरू लेखेर पोस्ट गर्न थाले । त्यसको विरोधमा हिन्दुहरूबीच पनि प्रतिक्रिया भयो । हिन्दू समुदायहरूले गाउँको एउटा स्थानीय मस्जिद माथि आक्रमण र आगजनी गरेको खबरहरू मिडियामा देखा पर्न थाले पछि मुस्लिमहरूले पनि त्यस घटनाको प्रतिकार स्वरूप सडकमै आएर विरोध प्रदर्शन गर्न थाले । पर्सा जिल्लाको वीरगञ्जमा दुई समुदाय बीच ढुङ्गा हानाहान का घटनाहरू पनि घटे । नेपालका ठूला सहर र महानगरपालिकाको रूपमा रहेको वीरगञ्ज सहर तनावग्रस्त बन्न पुग्यो । विराटनगर, राजविराज ,मलङ्बा ,जनकपुर सबै क्षेत्रमा हिन्दु र मुस्लिम समुदायबीच नचाहिँदो धार्मिक तनावको अवस्था पनि देखा पर्यो। प्रहरी प्रशासन सुरक्षा निकाय र नागरिक समाजले क्षेत्रमा शान्ति बहालीको लागि अथक प्रयत्न गरे। ठूलो दुर्घटना हुन पाएन । मुसलमानहरूले हिन्दु भगाउ देश बचाउ को नारा लगाएर वातावरणलाई अझ उत्तेजक र संवेदनशील बनाउने प्रयास गरे भने हिन्दुहरूले पनि कटुवा चोर देश छोड र कटुवा भगाऔ देश बचाऔं भन्ने जस्ता अमर्यादित नाराहरू लगाएर वातावरणलाई अशांतिपूर्ण बनाउने प्रयास गरे। तर यही बीचमा जनकपुर उपमहानगरपालिका भित्र पर्ने रूपैठा भन्ने ठाउँका हिन्दु र मुसलमान समुदायका अगुवाहरूले संयुक्त रूपमा सद्भावना रैली निकालेर हिन्दु र मुसलमान बीचको तनावलाई घटाउने र साम्य पार्ने जस्ता सराहनीय कार्यहरु पनि गरे ।
तर अझै पनि दुई समुदायबीचको पारस्परिक सद्भाव र सहयोग को खाँचोलाई अझ फराकिलो बनाउनुपर्ने आवश्यकता रहेको छ । कसैको बहकावमा लागेर कसैको विरुद्ध जाई लाग्नु मानवतापूर्ण कार्य होइन । होस्टेमा हैसे गरेर एउटा समुदायले अर्को समुदायको सुरक्षा र संरक्षण गर्नुपर्दछ । कुनै पनि किसिमको आतंकवाद कट्टरता र चरमपन्थ देशको लागि राम्रो होइन । नेपालमा आफ्नै किसिमको मौलिकता र विशिष्ट किसिमको संस्कृति रहेको छ । नेपाल नेपाल नै हो यो बांगलादेश जस्तो बन्न सक्दैन। नेपाल पाकिस्तान जस्तो पनि बन्न सक्दैन। नेपाल श्रीलंका वा भारत जस्तो पनि बन्न सक्दैन । नेपालका मुसलमानहरूले बङ्गलादेश र पाकिस्तानका कट्टरपन्थी मुसलमानहरू जस्तो व्यवहार गर्न अलिकति पनि सुहाउँदैन । हिन्दू समाजको बीचमा बस्ने मुस्लिमहरुले पनि हिन्दु समुदायसँग घुलमिल गरेर बस्नुपर्दछ । र मुस्लिम बहुल क्षेत्रमा बस्ने हिन्दुहरुले पनि मुसलमानहरूसँग प्रीतिपूर्वक बस्नुपर्दछ । एक अर्कासँग बैरभाव र दुश्मनी गर्नुमा कसैको हित हुँदैन। देशका हरेक नागरिकले आफ्नो अधिकार कर्तव्य र उत्तरदायित्व को सीमा रेखालाई विचार गर्नुपर्दछ । हिन्दू भगाऊ देश बचाउ भन्ने जस्ता बहकाउ नारा बांगलादेश र पाकिस्तानमा लगाउने नारा बन्न सक्दछ तर नेपालको सिमानाभित्र रहेर यदि कसैले यस किसिमको विचारको खेती गर्दछ भन्ने त्यसलाई जसरी भएपनि कानुनको दायराभित्र ल्याउनु पर्दछ र नियन्त्रण गर्नुपर्दछ । नेपालको सनातन हिन्दू संस्कृतिमा बाँच्ने हरेक नागरिकले आफूले गरेको कर्मफलको हिसाब जुनीजुनी सम्म चुक्ता गर्नुपर्ने हुन्छ । कर्मफलको हिसाब गर्दा नराम्रो कार्य गर्दा हिन्दुलाई पाप लाग्छ र मुस्लिमलाई पाप लाग्दैन भन्ने छैन ।मान्छे मरेपछि सबैलाई यमराजले लान्छ र पाप पुण्यको हिसाब गरेर स्वर्ग वा नरकलोकमा पठाउँछ । त्यसले गर्ने कर्म कस्तो हो त्यसको कर्मफल अनुसार न्यायका देवता यमराजले त्यसलाई सही ठाउँमा पुर्याउँछ । राम्रो काम गर्दा स्वर्ग पाइन्छ भने, नराम्रो काम गर्दा भगवानले नरकलोक पनि बनाएका रहेछन् । कर्मफलबाट कोही पनि उम्किन पाउँदैनन् । त्यस कुरालाई सबैले मनन गर्नु र बुझ्नु जरुरी छ । रिस, राग, बल, बुद्धि, धन सम्पत्ति र जनवलको आधारमा कसैले कसैप्रति बल मिचाइ, हिंसा र प्रति हिंसा गराउँछ भने त्यो निन्दनीय र कुत्सित तथा अपराधपूर्ण मानसिकता भएको कार्य हो । त्यसकारणले आफ्नो बुद्धि, विवेक र पुरुषार्थलाई मानवहितको लागि नै समर्पण गर्नु मानव मात्रको धर्म हो । यस्तो पुनित कार्य गर्ने नै सच्चा नेपाली र सच्चा देशभक्त बन्न सक्दछ । ढुङ्गामुढा र आक्रमण अनि प्रत्यक्रमणले समाज बलियो होइन कमजोर बन्दछ र अन्ततः अपराधीले नै सजाय पाउँदछ भन्ने कुरामा सबैले सरोकार राख्नु जरुरी छ ।(यि लेखकका निजी विचार हुन)