
दमक/ दमक उद्योग वाणिज्य संघको १९ औं शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
दमक–६ स्थित मातृभूमि पार्टी प्यालेसको सभाहलमा आयोजित सो कार्यक्रमको अध्यक्षता नवनिर्वाचित अध्यक्ष देवीप्रसाद गुरागाई (गोपाल)ले गरेका थिए ।
पुस १८ गते भएको निर्वाचनबाट विजयी दउवा संघका नवनियुक्त पदाधिकारीहरुको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । नवनिर्वाचित अध्यक्ष गुरागाईलाई निर्वाचन अधिकृत लिलानाथ गुरागाईल र संघका निर्वाचित पदाधिकारी सदस्य तथा लेखा समिति संयोजक र कार्यसमिति सदस्यहरुलाई अध्यक्ष गुरागाईले सपथ खुवाएका थिए ।

शपथ लिनेमा अध्यक्ष गुरागाईसहित वरिष्ठ उपाध्यक्षमा भगवान बस्नेत, प्रथम उपाध्यक्षमा रुवल अधिकारी, द्वितीय उपाध्यक्षमा टिकाराम खतिवडा, तृतीय उपाध्यक्षमा सुवास गड्तौला र महिला उपाध्यक्षमा संगीता तुम्बापो रहेका थिए भने सदस्यहरुमा भरत दुलाल, चिरन न्यौपाने, कविन श्रेष्ठ, कुमार श्रेष्ठ, टंकप्रसाद आचार्य र सहदेव भटटराई, हेमसागर अधिकारी, कृष्णराज दाहाल, टंक ढकाल, डुका कुमाल, बुद्धिशेखर बजगाई, गोकुल खड्का, खेमराज पाण्डे, दुई महिला सदस्यहरुमा संगीता प्रसाई र उर्मिला गुरुङ र लेखा समिति संयोजकमा भेनस श्रेष्ठ, रुपक सापकोटा र राजकुमार अधिकारीले शपथ लिएका हुन । यसैगरी, सोही कार्यक्रमबाट निवर्तमान कार्य समितिलाई स–सम्मानसहित बिदाई गरिएको छ ।
