मुख्य राजनीति

एमाले कोशीमा घनश्याम विजयी

विराटनगर, १६ असोज-
नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा प्रत्यासी विनोद ढकाललाई ८२ मत अन्तरले पराजित गर्दै घनश्याम खतिवडा निर्वाचित भएका छन् ।
सोमबार राती सम्पन्न मतगणनाको परिणाम अनुसार मोरङ लेटाङका खतिवडाले ५ सय १२ मत प्राप्त गरेर आफु विजयी वनेका हुन् । मोरङकै विराटनगरका ढकालले ४ सय ३० मत प्राप्त गरेका थिए । खतिवडा प्रतिनिधिसभाका पूर्व सदस्य र ढकाल मोरङका पूर्व अध्यक्ष हुन् ।
पार्टीको प्रथम अधिवेशनबाट उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका थिए । उनी यसअघि पनि प्रदेशको उपाध्यक्ष थिए । चेम्जोङसहित ४९ निर्विरोध निर्वाचित वनेका थिए ।
सचिवमा पाँचथरका राजकुमार भण्डारी निर्वाचित भएका छन् । उनले ५ सय २४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी उदयपुरका शैलेश लामाले ३ सय ८१ मत प्राप्त गरे ।
उपसचिवमा झापाकी जलवर्षा राजवंशी ६ सय २८ र खोटाङका देवान राई ६ सय १० मत ल्याएर निर्वाचित भएका छन् । उपसचिवका अर्का उम्मेदवार मोरङका खेम नेपालीले ३ सय ९८ मत ल्याएर पराजित बने । खुला उपसचिवमा १ जनाको लागि खोटाङका देवान र संखुवासभाका भविश्वर गुरूङबीच प्रतिष्पर्धा भएको थियो । १ जना निर्वाचित हुने समावेशी उपसचिवमा जलवर्षा र खेमबीच प्रतिष्पर्धा भएको थियो ।
अधिवेशनबाट ५ पदाधिकारीसहित २ सय १५ सदस्यीय समिति निर्माण भएको छ । त्यसका लागि ४ सय ५० जनाको उम्मेदवारी परेको थियो । आइतबार राति भएको निर्वाचनमा ९७७ मत खसेको थियो ।

Author

You may also like