दमक, १६ असोज-
३३ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा झापाको कमल गाउँपालिका र मोरङको उर्लाबारी नगरपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन् ।
कमल गाउँपालिकाभित्र स्थाई रुपमा बसोबास गर्ने ७ वटै वडाका ७५ वर्ष माथिका प्रत्येक वडा बाट ९ जनाका दरले ६३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
ज्येष्ठ नागरिकलाई थर्मस , इलेक्ट्रिक हटव्याग र यातायात खर्चद्वारा सम्मान गरिएको महिला तथा बालकालिका शाखा प्रमुख रीता कार्की रिजालले जानकारी दिइन् ।
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा राज्यका विभिन्न क्षेत्रमा रहेर महत्वपूणर् योगदान पुर्याएकाले उहाँहरु समाजका गहना भएकोले गाउँपालिकाले सदैव सम्मान गर्ने बताए ।
कार्यक्रममा, प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यका साथै वडाध्यक्ष, कार्यपालिका सदस्य तथा विषयगत शाखाका प्रमुख लगायत कर्मचारीको उपस्थित रहेको थियो ।
उता, उर्लाबारी नगरपालिकाले पनि सोही दिवसको अवसर पारेर उर्लाबारी नगरपालिकाले प्रत्येक वडाबाट तीन जनाका दरले ९० बर्षमाथिका २७ जना ज्येष्ठलाई सम्मान गरेको छ । कार्यक्रममा नगर प्रमुख गंगाप्रसाद खरेल तथा उपप्रमुख मीना खतिवडा पौडेलले ज्येष्ठलाई फाइबरको सिरक, ढाकाको मफ्लर, फलफूल तथा यातायात खर्च समेत प्रदान गरी सम्मानित गरेका हुन् । नगरपालिकाले उपलब्ध गराएको थियो ।
नगरपालिकाको महिला बालबालिका शाखाकी प्रमुख चन्द्रकला सुब्बाले जानकारी दिनुभयो । ९० वर्ष माथिका वृद्धवृद्धाहरु लाई नगरपालिकाले सम्मान गरेर लोककल्याणकारी राज्य छ भन्ने महशुस गराएको जेष्ठ नागरिकका अभियन्ता ज्ञानप्रसाद निरौलाले बताए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख गंगाप्रसाद खरेलले ज्येष्ठलाई अपमान होइन सम्मान गर्नुपर्छ भन्ने सन्देश यस सम्मान कार्यक्रमले दिएको वताउँदै हरेक ज्येष्ठ नागरिक हाम्रो सम्पत्ति भएकाले उनीहरुको सम्मान र संरक्षण गर्नु राज्यका हरेक निकायको कर्तव्य हुनुपर्ने उल्लेख गरे ।