घनश्याम भण्डारी-
हाम्रो समाजमा अपाङ्गता भन्नेवित्तिकै शारीरिक अपाङ्गता, दृष्टिबिहिन, बहिरा इत्यादि सम्झन्छौं र सामान्यतया त्यस्ता व्यक्तिहरूको सरलै पहिचान पनि गर्छौं । तर हामीले यो बुझ्नु जरुरी छ कि सबै अपाङ्गता हेर्ने वित्तिकै बुझ्न र पहिचान गर्न सकिंदैन । तीमध्यको एउटा हो- “अटिजम”। अटिजम स्नायु र नसाको विकासमा आउने ह्रासले उत्पन्न हुने (Neurodevelopment Disability) अपाङ्गता हो ।
बालबालिका जन्मेर लगभग दुई अढाई वर्षसम्म प्रष्टरुपमा यसका लक्षणहरु चिन्न गाह्रो हुन्छ । शारीरिकरुपमा धेरैजसो स्फुर्त देखिने यी बालबालिकाको भाषा विकास नभएको अभिभावकहरुले याद गर्ने गर्दछन् र यसै कारणले डाक्टर कहाँ लाने गर्छन् । अनुभव र तालिमप्राप्त डाक्टरले मात्र अटिजमको सही पहिचान गर्न सक्षम हुने हुँदा धेरै प्रतिशत बालबालिकाको ५ देखि ६ वर्षको उमेरमा गएरमात्र पहिचान हुने गरेको अवस्था छ ।
आजको दिनमा बालबालिका ३ वर्ष हुनु अगावै यस अवस्थाको पहिचान गर्न सम्भव भइसकेको छ । सीघ्र पहिचान गरी प्रारम्भिक अवस्थामै हस्तक्षेप गराउन सकेमा त्यस्ता बालक वा बालिकाको सञ्चारको सीप, भाषागत विकास, बौद्धिक विकास जस्ता सबै क्षेत्रमा ठूलो प्रभाव पर्ने विज्ञानले पुष्टि गरिसकेको छ ।
-अटिजमलाई कसरी चिन्ने ?
कुनै पनि बालबालिकाको भाषा विकास हुनु अगावै १२ महिनादेखि २ वर्ष अघि नै उसमा औंलाले संकेत गर्ने, हो वा होइन भनेर सोध्दा टाउको हल्लाउने, अभिभावकले औंलाले देखाएको बस्तुमा आँखा लैजाने, चिनेको आवाज सुन्दा टाउको फर्काउने, चिन्ने व्यक्तिसँग आँखा जुध्दा मुसुक्क हाँस्ने जस्ता सञ्चार गर्ने सीपहरुको विकास भएको छैन भने त्यस्ता बालबलिकामा Developmental Disability शंका गर्न सकिन्छ ।
-पहिचान भएमा के गर्ने ?
यस्ता उमेरका बालबालिकाको पहिचान भएमा प्रारम्भिक हस्तक्षेप नै सबैभन्दा महत्वपूणर् थेरापी हो । अटिजम भएका बालबालिकालाई सञ्चार गर्न, सामाजिक व्यवहार गर्न, विभिन्न थेरापी र खेलका माध्यमद्वारा सिकाइन्छ ।
-कसरी दिने यस्तो थेरापी ?
बालबालिकाहरुका लागि अभिभावक नै पहिलो गुरु हुन् । अभिभावकले सबैभन्दा बढी समय उनीहरुसँग बिताउने अवसर पाउछन् । त्यसैले अभिभावकले तालिम लिनु आवश्यक हुन्छ र उहाँहरुले नै बालबालिकालाई घरका विभिन्न परिस्थितिमा, वातावरण सुहाँउदा खेल खेल्दै थेरापीदिंदा सबैभन्दा लाभदायक रहेको पाइएको छ ।
आफ्ना बालबालिकामा शारीरिक र भाषागत विकासबाहेक सामाजिक सञ्चारको सीप, बौद्धिक, संवेदनात्मक समेतको विकासमा उतारचढाव छ भने चाँढै विशेषज्ञको सल्लाह लिई पहिचान र प्रारम्भिक हस्तक्षेप गर्नु जरुरी हुन्छ । कुनै पनि बालबालिकमा यस्ता लक्षण पाइए सीघ्र पहिचान र प्रारम्भिक हस्तक्षेपबाट बिमुख गर्नु हुँदैन ।
उर्लाबारीमा आकार फाउन्डेसन

मोरङको उर्लाबारीमा बिगत ३ वर्षदेखि स्थानीय निकायमा संस्था दर्ता गरेर अटिजम सम्बन्धि अभिभावक एवं बालबालिकालाई मरामर्श सेवा र तालिम प्रदान गर्दै आइरहेको छ । आकार फाउन्डेसन निर्देशक पृसिमा ठकुरी थापाका अनुसार अटिजम भएका बच्चाहरुमा अरुको बारेमा वास्ता नगर्ने, आँखामा आँखा जुधाएर कुरा नगर्ने, उमेर अनुसार बोल्न नसक्ने र कुनै व्यवहार बारम्बार गरिरहने जस्ता समस्या देखिन्छन् । अटिजमका लक्षण प्रायः १८ महिना देखि ३६ महिनाका बालबालिकामा पहिचान गर्ने गरिन्छ । यो एकप्रकारको अपाङ्गतानै भएकोले अभिभावकले समयमानै विषेश प्रकारको थेरापी बिधिबाट उपचार गर्नुपर्ने र यसो गरेमा धेरै हदसम्म ठीक हुने सम्भावना समेत रहेको छ । निर्देशक थापाका अनुसार केन्द्रमा अटिजम तथा मानसिक उपचारको परामर्श समेत प्रदान गरिरहेकोले देशका विभिन्न स्थान जस्तै बुटवल, भैरहवा, पोखरा र कोशी प्रदेशका बिराटनगर, धरान, इटहरी, दमक र बिर्तामोड लगायतका स्थानबाट उपचारमा आउने र हालसम्म ३ सय बढी बालबालिका र सयौं अभिभावकहरुलाई परामर्श र थेरापी प्रदान गरिसकिएको छ । यो सस्थाको सम्पर्क कार्यालय उर्लाबारी -७ मा रहेपनि उपचार तथा थेरापी उर्लाबारी -५ को वडाकार्यालय अगाडि रहेकोे समेत थापाले जानकारी दिइन ।
कसरी दिने यस्तो थेरापी ?
बालबालिकाहरुका लागि अभिभावक नै पहिलो गुरु हुन् । अभिभावकले सबैभन्दा बढी समय उनीहरुसँग बिताउने अवसर पाउछन् । त्यसैले अभिभावकले तालिम लिनु आवश्यक हुन्छ र उहाँहरुले नै बालबालिकालाई घरका विभिन्न परिस्थितिमा, वातावरण सुहाँउदा खेल खेल्दै थेरापीदिंदा सबैभन्दा लाभदायक रहेको पाइएको छ ।
आफ्ना बालबालिकामा शारीरिक र भाषागत विकासबाहेक सामाजिक सञ्चारको सीप, बौद्धिक, संवेदनात्मक समेतको विकासमा उतारचढाव छ भने चाँढै विशेषज्ञको सल्लाह लिई पहिचान र प्रारम्भिक हस्तक्षेप गर्नु जरुरी हुन्छ । कुनै पनि बालबालिकमा यस्ता लक्षण पाइए सिघ्र पहिचान र प्रारम्भिक हस्तक्षेपबाट बिमुख गर्नु हुँदैन ।
उर्लाबारीमा आकार फाउन्डेसन ।
मोरङको उर्लाबारीमा बिगत ३ वर्ष देखी स्थानीय निकायमा संस्था दर्ता गरेर अटिजम सम्बन्धि अभिभावक एवं बालबालिका लाई परामर्श सेवा र तालिम प्रदान गर्दै आईरहेको छ । आकार फाउन्डेसनकि निर्देशक पृसिमा थापाका अनुसार अटिजम भएका बच्चाहरुमा अरुको बारेमा वास्ता नगर्ने, आँखामा आँखा जुधाएर कुरा नगर्ने, उमेर अनुसार बोल्न नसक्ने र कुनै व्यवहार बारम्बार गरिरहने जस्ता समस्या देखिन्छन्। अटिजमका लक्षण प्रायः १८ महिना देखि ३६ महिनाका बालबालिकामा पहिचान गर्ने गरिन्छ । यो एकप्रकारको अपाङ्गतानै भएको ले अभिभावकले समयमानै विषेश प्रकारको बिधिबाट उपचार गर्नुपर्ने र यसो गरेमा धेरै हदसम्म कम हुने सम्भावना रहेको छ ।