दमक, २२ असोज-
मोरङको पथरी शनिश्चरेका गणेश थक्लुङको शब्दमा गायक तथा सङगीतकार टंक बुढाथोकी र गायिका मेलिना राईको आवाज रहेको लोकाधुनिक गीत ‘लुकीलुकी’ को म्यूजिक भिडियो दमकमा सार्वजनिक गरिएको छ ।
मौलिक संस्कृतिका अध्यता निर्देशक तथा लोकप्रीय कोरियोग्राफर दिनेश माङमुको अध्यक्षता रहेको कार्यक्रममा इलाम चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले लोकार्पण गरेका छन् । म्यूजिक भिडियोमा कलाकार भूपेन्द्र तुम्वाहाम्फे र परीक्षा लिम्बूको अभिनय रहेको छ ।
सोही कार्यक्रममा कलाकार बुद्धि तामाङ, तारा लिम्बू र स्थानीय कलाकारहरुद्वारा अभिनित दोस्रो गीत लाहुरबाटको पनि लोकार्पण गरिएको छ । मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबि राईले लोकार्पण गरेका हुन् ।
प्रमुख अतिथि केरुङले पानसमा बत्ती बालेर उद्घाटन भएको कार्यक्रममा डा. बालचन्द्र सुब्बा, गीतकार गणेश थक्लुङका साथै बद्री साम्पाङ, भुमिका फियाक लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा कलाकर्मी तथा साहित्यकारहरुको उपस्थिती रहेको थियो ।