Banner राजनीति

राजासहित सबै अटाउने संवैधानिक प्रजातन्त्र आजको आवश्यकता

दमक, ४ कार्तिक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विद्यमान अस्थिरता र अन्यौलताको अन्त्यका लागि राजासहितको प्रजातन्त्र ल्याउनुपर्ने बताएका छन् । सबै राजनीतिक दलहरु र पक्षबीच विगतका तिता मिठाहरु भुलेर एकआपसमा सहकार्य र समन्वय गरी नयाँ समझदारी र सम्झौता गरेर देशलाई शान्ति र समृद्धिका दिशामा अघि बढ्नुपर्ने आवश्यकता पनि उनले औंल्याएका छन् ।
राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ दमक नगर इकाई समितिको आयोजनामा शुक्रबार झापाको दमक-७ स्थित झस्केलो होटलको हातामा भएको वडादशैं २०८० को अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । उनले विगत तीन दशकको अवधिमा देश गरिबी, अराजकता, अन्यौलता र अस्थिरताको भूमरीमा फँसेको साथै त्यसका पछाडिको कारण भनेको संघीयताको खर्चिलो मोडल, धर्म निरपेक्षता र अभिभावकविहीन नेतृत्व रहेको प्रष्ट पारे । ‘अब देशमा हजार राजाहरु होइन, एउटै सुझबुझपूणर् अभिभावकत्व प्रदान गर्न सक्ने राजा चाहिन्छ, विगतको जस्तो होइन, संवैधानिक राजा चाहिन्छ, सर्वधर्म समभावसहितको हिन्दु राष्ट्र र प्रदेश खारेज गरेर स्थानीय तहलाई बलियो बनाएको संघीयताको मोडेल चाहिन्छ, यो नै आजको देशको आवश्यकता हो । ’ उनले भने- यसका लागि जनताले समेत आवश्यकता महशूस गरिसकेका छन् । उनीहरुले समेत अहिलेको संघीयताको मोडल खर्चिलो र बोझिलो भएको भनिरहेका छन् । जनमत संग्रह गर्ने हो भने ९० प्रतिशत जनताले प्रदेश खारेजीको पक्षमा मतदान गर्ने दिन आइसकेको छ । धर्म निरपेक्षताले यहाँ धार्मिक र जातीय भड्काव आएको छ । अशान्ति र द्वन्द्व मच्चिएको छ । राजालाई फालेर हजार छोटे राजाहरु देखिएका छन् , तिनीहरुबाट भ्रष्टाचार र विसंगति भित्रिएको छ ।’
‘पहिले यस्तो फरक विचार राख्नेलाई ठूला भनिएका दलहरुले सामाजिक अपराधीका रुपमा व्यवहार गर्दथे तर अहिले परिस्थिति बदलिएको छ । ठूला दलहरु मात्र होइन, सर्वसाधारण जनताले पनि कुरा बुझ्न थालेका छन् । ठूला दलहरुलाई कतै हामी गलत त भएनौं भनेर तिनका नेता कार्यकर्तालाई लाग्न थालिसकेको छ । जनतालाई यिनीहरुले काम गरेनन्, गरेपनि नयाँ राजनीतिक विचार र संरचना बोकेपनि त्यो
राजासहित….
आयातित र काम नलाग्ने रहेछ भनेर लाग्न थालिसकेको छ ।’ अध्यक्ष लिङ्देनले भने – अब ठूला भनिएका दलका नेताहरुमा सद्बुद्धि पलाओस् कि हामीहरुलाई जनताले पत्याउन छाडे भनेर । राप्रपा अब पहिलेको राप्रपा होइन, नविन राप्रपा हो, नयाँ अवधारणा सहित आएको छ । सुशासनको पक्षमा उभिएको छ । त्यसैले अब राजा लगायत सबै अटाउने संवैधानिक प्रजातन्त्र चाहिन्छ । यो नयाँ समझदारीमा नजाने हो भने अब राप्रपाले सदन र सडक दुवै ठाउँबाट जनदबाव सहित आन्दोलन गर्छ । ’ उनले वडादशैंको शुभ उपलक्ष्यमा सबै नेपाली दाजुभाई दिदीबहिनीहरुलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दिर्घायुको शुभकामना दिँदै अहिलेका शासक र नेताहरुमा नयाँ राष्ट्रिय समझदारी र सम्झौताका लागि सद्बुद्धि आओस् भनी कामना गरे ।
कार्यक्रममा राप्रपा कोशी प्रदेश अध्यक्ष राम कुमार थापाले राप्रपाको विचार र एजेण्डा जनतामाझ लोकप्रिय बन्दै गएपनि संगठन भनेजति दर्विलो नबनेकोमा नयाँ ढंगले अघि बढ्नुपर्ने र जनतामाझ जानुपर्ने बताए । राप्रपाले अहिले पार्टीका केन्द्रीय सदस्यहरुलाई वडा वडामा खटाएर संगठन विस्तार र सृदृढीकरणको काम गरिरहेको छ । कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य अम्वर विष्ट, झापा अध्यक्ष केशव ओझा, महिला संगठनकी केन्द्रीय सदस्य रिता श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए । राप्रपा दमक नगर अध्यक्ष हेम सुवेदीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सभापतित्व आयोजक ट्रेड युनियन महासंघ दमक नगर समितिको अध्यक्ष मनोहरी घिमिरेले गरेका थिए भने कार्यक्रम संचालन सचिव कमल कटुवालले गरेका थिए ।

You may also like