मुख्य स्वास्थ्य

आम्दा अस्पतालको सेवामा नगरको चासो

दमक, १९ माघ। दमकस्थित आम्दा अस्पतालको सेवा प्रवाहका बिषयमा स्थानीय सरकारले चासो लिएको छ । दमक नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई सहित स्वास्थ्य कर्मचारीहरुको टोलीले अस्पतालको अनुगमन गरेको हो ।

अस्पतालमा उपचाररत बिरामीहरुसँग भेटघाट गरी उनीहरुले अस्पतालबाट पाउनुपर्ने सेवा उपयोगको अवस्था बिषयमा आवश्यक जानकारी लिएका थिए । अनुगमनका क्रममा बिशेष गरी आमा सुरक्षा कार्यक्रमको बारेमा जानकारी लिइएको थियो । आम्दा अस्पताल दमकमा प्रसुति गराउन आउने सेवाग्राहीहरु धेरै रहेकाले उनीहरुको उपचारका बारेमा जानकारी लिइएको नगर उपप्रमुख प्रसाईंले बताइन । अस्पतालले सञ्चालन गरिरहेको नगरपालिकाको कार्यक्रम कार्यान्वयन सन्तोषजनक रहेको अनुगमनमा सहभागी नगर स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईले जानकारी दिए ।

नगरपालिकाका सबै कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको भए पनि सुत्केरी आमा र बच्चाका लागि उपलब्ध गराईने एकसरो न्यानो कपडा भने तत्काल सकिएकोले अहिले बाँढ्न नसकिएको भट्टराइले बताए । कपडाको लागि पनि टेण्डर आह्वान भइसकेकाले केहिदिनमै वितरण गरिने उनको भनाई छ । अहिले प्रसुति भएकाहरुको पनि सम्पर्क नम्बर राखिएकोले कपडा आउनासाथ सम्पर्क गरेर उपलब्ध गराईने उनले जनाए ।

आम्दा अस्पतालमा प्रसुति गराउने बिरामी सबैको उपचार खर्च सहित खानाका ब्यवस्था र न्यानो कपडा समेत दमक नगरपालिकाले उपलब्ध गराउँदै आएको छ ।

You may also like