सिन्धुपाल्चोक , सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँ पालिकामा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा शुक्रबार बिहान भएको बस दुर्घटनामा ५ जनाको घटनास्थलमा नै मृत्यु भएको वडा अध्यक्ष जीवन कुमार थापा मगरले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटनास्थलमा ५ जनाको मृत्यु भएकोमा थप तीन जनाको उपचारको क्रममा मृत्यु भएको छ ।सिपाटारबाट काठमाडौ जादै गरेको बा २ ख २७१५ नम्बरको बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।
घाइतेहरुको हेलिकप्टर र एम्बुलेन्स मार्फत उद्दार भइरहेको वडा अध्यक्ष थापा मगरले बताए ।घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल र स्थानीय स्वास्थ केन्द्रहरुमा पठाइएको समेत उनले जानकारी दिए ।
मृतकहरुको सनाखत हुनसकेको छैन । यसबारेमा थप विवरण आउन बाकी छ ।