भक्तपुर , थाइराइड रोग हैन, घाँटीमा सास फेर्ने नलीको बाहिरपट्टी हुन्छ र यो पुतलीको आकारको हुन्छ। यसलाई गलगाँड भनिन्छ । यो गन्थीको काम थाइराइड हर्मोन उत्पादन गर्नु हो ।यो हर्मोन रगतमा घुम्दछ र हामो शरीरलाई स्फूर्तिलो बनाउन मदत गरिरहेको हुन्छ। यसले उर्जालाई स्फूर्तरुपमा सञ्चालन गर्दछ । शरीरका लागि यो अत्यावश्यक हर्मोन हो। थाइराइड ग्रन्थि घाँटीको अग्रभागमा रुद्रघण्टीको तल अवस्िथत हुन्छ ।
उक्त ग्रन्थिले थाइराइड हार्मोन उत्पन्न गर्छ। जसले हामीले खाएको पौष्टिक तत्त्वलाई जीनतत्त्वमा रूपान्तरण गर्छ। थाइराइड हार्मोनले शारीरकि शक्ति नियमन गर्न, अरू हार्मोन र भिटामिनलाई शरीरमा प्रयोग गर्न र शरीरका तन्तुहरूलाई वृद्धि तथा परपिक्व गर्न महत्त्वपूर्ण काम गर्छ ।
थाइराइड ग्रन्थिको कार्य क्षमतामा गडबडी भएमा कि त प्रशस्त मात्रामा अनावश्यक रूपमा हार्मोनको उत्पादन हुन्छ ९हाइपरथाइराइडिज्म० कि अत्यन्त न्यून मात्रामा हार्मोन उत्पादन हुन्छ ९हाइपोथाइराइडिज्म ।थाइराइड दुइ प्रकारका हुन्छ हाइपरथाइरोइडिज्म र हाइपोथाइरोइडिज्म
हाइपरथाइरोइडिज्म
अचानक तौल घट्नु, मुटुको धड्कन तीव्र हुनु, हातहरू काम्नु, धेरै पसिना आउनु, कपालले हाँगा हाल्नु, झुरनिु, झर्नु । मैनावारी नहुनु वा अल्प मात्रामा हुनु, पटक पटक दिसा लाग्नु, सामान्य र चिसो तापक्रममा पनि बढी गर्मी हुनु ।
निन्द्रा नलाग्नु, सास फेर्न गाह्रो हुनु, आँखाहरू ठूला देखिनु, जोर्नीहरू दुख्नु, कमजोरीको अनुभव हुनु, घाँटीमा गलगाँडजस्तै बढ्नु, बच्चाहरूमा अध्ययन क्षमतामा ह्रास, बानी व्यवहारमा समस्या देखिनु हुन् । मुटुको रोग भएका प्रौढलाई छाती धेरै दुख्नु, सास फेर्न गाह्रो हुनु।मांसपेशी विशेष गरी काँध र जाँघ कमजोर हुनु ।
हाइपोथाइरोइडिज्म
कपाल र छाला सुक्खा हुनु, नङहरू टुट्नु, छाला पहँेलो देखिनु, अरुचि भए पनि तौल बढ्नु, सुस्त हुनु, छाला चिसो हुनु, चिसो सहन नसक्नु, थकित र कमजोर हुनु, स्मरण समस्या, डिप्रेसन तथा एकाग्रतामा कमी हुनुु यसका लक्षण हुन् ।