देश–समाज राष्ट्रिय समाचार स्थानीय

कांग्रेस चुनावको पक्षमा एक्लिँदै एमाले

:– विमल लामिछाने –:
नेपालको राजनीति अहिले संवेदनशील मोडमा पुगेको छ । आगामी फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन तय भएसँगै दलहरूको रणनीतिमा ठूलो विभाजन देखिएको छ । नेपाली कांग्रेसले औपचारिक रूपमा चुनावमा जाने निर्णय गर्दै राजनीतिक संकट समाधान र संविधानको संरक्षणका लागि निर्वाचनलाई सर्वोच्च माध्यम ठहर गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ‘निर्वाचनमार्फत जनताको मागलाई संस्थागत रूपमा सम्बोधन गर्न सकिन्छ’ भन्ने निष्कर्ष निकाल्दै दल दर्ता र राष्ट्रियसभा–प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो ।
तर, कांग्रेसभित्र अझै महाधिवेशन सम्बन्धी विवाद टुंगिएको छैन । पार्टीले फागुन २१ अघि महाधिवेशन गर्ने कि पछि भन्ने निर्णय अझै पक्का गरेको छैन । यसले देखाउँछ कि पार्टी आन्तरिक रूपमा अझै सन्तुलन खोजिरहेको छ । यसैबीच, चुनावी वातावरणको निर्माण र नागरिक सुरक्षा सुनिश्चित गर्न हराइरहेका हतियार र कैदीबन्दी नियन्त्रणमा लिनुपर्ने कांग्रेसको आग्रह पनि उठेको छ ।
उता नेकपा एमालेले भने प्रतिनिधिसभा पुनस्र्थापना नभएसम्म शक्ति प्रदर्शनलाई निरन्तरता दिने घोषणा गरेको छ । अध्यक्ष केपी शर्मा ओली भृकुटीमण्डपमा आयोजित सभामा संसद पुनस्र्थापना नभएसम्म एमालेका सभा जारी रहने रटानलाई कायमै राखेका छनर । उनले स्पष्ट पार्दै, यो कुनै भोट माग्ने चुनावी सभा होइन, देश, लोकतन्त्र र संविधान बचाउने सभा हो । उनले भनेका छनर । ओलीको यस्तो कदमले एमालेलाई प्रतिनिधिसभा पुनस्र्थापना अभियानको अग्रभागमा राखेको छ, तर वर्तमान परिदृश्यमा एमाले एक्लिएको देखिन्छ ।
विशेषत, जेन–जी आन्दोलनले राजनीतिक गतिशीलता थपेको छ । गत भदौ २३–२४ मा युवा–सञ्चालित आन्दोलनका कारण मुलुकले ठूलो अस्तव्यस्तता भोग्यो । तर केही दलहरू सच्चिन नचाहनुले अझै संकट निम्तने खतरा पनि कायमै देखिन्छ । कतिपय साना दलहरु पनि विभिन्न रणनीतिमा रहेका छनर । कांग्रेसले चुनावमा जाने निर्णय गर्दा, एमालेले प्रतिनिधिसभा पुनस्र्थापना र लोकतन्त्रको रक्षा अभियानमा मात्र केन्द्रित रहने अवस्थाको संकेत गर्नुले थप अन्यौलमा नागरिक परिरहेका छनर ।
उता नेपाली कम्युनिष्ट पार्टी, चुनावी प्रक्रियामा सहभागी हुन तयार भइसकेको नेताहरुले बताइरहेका छनर । नेपाली कम्युनिष्ट पार्टीले त भोट माग्न कार्यकर्तालाई स्थानीय तहसम्म नै सर्कूलर गरिसकेको छ । दलहरुको अवस्था हेर्दा समग्रमा निर्वाचनको विकल्प नभएको देखिँदै गएको छ । राप्रपा, रास्वपा लगायतका पार्टीहरुसमेत चुनावको विकल्प नभएकाले चुनावी तयारीमा लागेपछि एमाले संसद पुनस्थापनको पक्षमा एक्लो बनेको देखिन्छ, जबकि ओलीले लगातार अन्य दललाई पनि पुनस्र्थापनाको पक्षमा उभिन आग्रह गर्दै आएपनि अब राजनीतिक धार बदलिइसकेको प्रतिक्रिया अरु दलहरुले दिइरहेका छनर ।
राजनीतिक विश्लेषकहरूले यो अवस्थालाई समानान्तर राजनीतिक धार बनाउनु नहुने र अहिलेको विकल्प निर्वाचन नै हो
भनी व्याख्या गरिरहेछनर । एमाले कांग्रेस….बाहेक अन्य दलहरुले निर्वाचनमा सहभागिता सुनिश्चित गर्दै संवैधानिक समाधान खोज्दैछ भने एमाले युवा समुहको फोर्स केन्द्रित गरेर आन्दोलन र शक्ति प्रदर्शनमार्फत राजनीतिक एजेण्डा अघि बढाउन खोजिरहेको छ । कांग्रेसको चुनावी निर्णयले ओलीको पुनस्र्थापना अभियानमा अपेक्षित समर्थन नपाउँदा एमालेको रणनीति चुनौतीपूर्ण बनेको सहज देखिन्छ ।
आगामी प्रतिनिधिसभा निर्वाचन नेपालमा राजनीतिक स्थिरता र संवैधानिक प्रक्रियाको परीक्षण बन्ने देखिन्छ । जेन–जी आन्दोलनले युवा सक्रियतासँगै दलहरूको यथास्थितिबादी सोच र एकाधिकारपूर्ण आलोपालोको राजनीतिक गोलचक्करलाई प्रभावित पारेको छ । कांग्रेसले चुनावमार्फत राजनीतिक समाधान खोजेको हो भने एमाले पुनस्र्थापनाको एजेण्डामा केन्द्रित रहनु मुलुककोलागि दुर्गति हो । पछिल्ले समय दुईतिहाईको बहुमतसहित सरकारमा सहकार्य गरेका एमाले र काँग्रेस आगामी दिनमा यी दुई धारा कसरी आपसमा समायोजन गर्छनर भन्ने प्रश्न पनि सँगसँगै देखा परेको छ ।
समग्रमा भन्न सकिन्छ कि अबको बाटो मुलुकमा शान्ति सुब्यवस्था कायम गरि भयरहित बातावरणमा निर्वाचन सम्पन्न गरि जनअनुमोदित बाटो अपनाउनुको विकल्प देखिँदैन ।

Author

You may also like