एउटा साँघुरो घेराभित्र खुम्चिएको छ , सामाजिक संजाल । एकैछिनमा बिश्व संसार चकित बनाइदिन्छ , यसले । हिजो यो सुबिधा थिएन । चिठीपत्र , आकाशवाणी र टेलिफोनबाटै संसारमा सूचना सम्प्रेषण हुन्थ्यो , उतिबेला । यहाँ हिजोभन्दा आजको संचार क्षेत्रले के कसरी छलाङ मारिरहेको छ त ? यही बिषयलाइ उठान गर्न चाहदैछु , यो अङकमा , पाठक वर्गहरुलाइ । देशलाई सूचनाको दिशानिर्देश गरेर पलपल खबरदारी गर्ने माध्यमनै सामाजिक संजाल अन्तर्गतका विविध माध्यमहरु हुन । आज के हुँदैछ ? भोलि के हुँदैछ ? भावी रणनीति के हो ? देशमा आमूल परिवर्तन कसरी हुन्छ र यसको मूख्य निर्णायक को हो ? यस्ता अनेकन बिषयबस्तु उठान गर्ने भनेकै संचार माध्यमहरु हुन जो स्वतन्त्र हुनुपर्छ र यथार्थ लेख्नुपर्छ र जनजनमा दिशाबोध गराउदै जानुपर्छ यो सम्पूर्ण काम भनेकै संचार माध्यमले गर्ने हो । यतिहुदा सम्म बुझ्नुपर्ने हो तर किन संचार माध्यमहरु स्वतन्त्र हुन सकेनन ? किन पार्टीहरुकै मुखपात्र भए ? यसलाई रुपान्तरण गर्न सकिन्छ कि सकिन्न ? यो सम्म बुझेर संचार माध्यमहरु अघि बढेको देखिन्न । जब देशमा लोकतान्त्रिक गणतन्त्र आयो नि सबै लोकतान्त्रिक भए तर संचार माध्यममा एकरुपता आउन सकेन । सबै राजनीतिक दलहरुका भरौटे हुन पुगे , वाद र रकमका पछि दगुर्न पुगे । डम्फू बजाउन पुगे , जयजयकार गर्न पुगे , हनुमान हुन पुगे , चाकरी गर्न पुगे । मानौ कि संचार गृह दलहरुको एजेन्ट बन्न पुग्यो । हो , आज यही भएकै कारणले नेपाली जनताहरुको नेत्रमा बहुरङ्गी माध्यम बन्न पुग्यो , सामाजिक संजाल । समाजमा नकारात्मक सन्देश वा बिज्ञापन फैलाउने प्रयोगकर्ता “ स्पाइमर “ जसमा कुनै महत्वपूर्ण सन्देश प्रवाह भएको हुँदैन र खाली क्षणिक आनन्द वा प्रयोगकर्ताको प्रतिक्रियाहरु प्रायः आफूलाई अरुसङ्ग तुलना गर्न रुचाउँछन र यसप्रकारको भावनाले उनीहरूमा ईष्र्या र नकारात्मक भावनाको विकास हुन जान्छ । अनावश्यक रुपमा सामाजिक संजालको दुरुपयोग गर्नुपनि समस्या हो भन्ने कुरा विभिन्न अध्ययनबाट पुष्टि भइसकेको छ । यसको सही सदुपयोगका कारण कतिपय ज्ञान , सिद्धान्त र अभ्यास सिकेर आफू सफल बनाउन सकेका उदाहरण पनि प्रसस्त देखिएका छन । यहाँ सामाजिक संजालको दुरुपयोग भन्नाले त्यस्ता ब्यक्ति वा प्रयोगको माध्यमलाई बुझिन्छ जसका कारण समाजमा नकारात्मक भावना तरङ्ग फैलिन गइ त्यसको असर अन्य ब्यक्तिमा स्थानान्तरण हुन सक्छ । हिजोआज हामीले सामाजिक संजालमा फेक आइडी बनाएर ब्लाक्मेलिङ्ग गर्दै गरेको सत्य – तथ्य देखेभोगेकै छौं । कुनै लेख , टिप्पणी वा फोटोप्रति सकारात्मक भावनाले अर्थ नलगाइ तुरुन्तै नकारात्मक भावना पैदा गरी असान्दर्भिक र नकारात्मक रुपमा प्रतिक्रिया प्रवाह गर्ने प्रवृत्तिका कारक स्नेही स्वभाव भएका अन्य ब्यक्तिहरु उचालिने हुनाले समाजमा उदण्डता र विचारको विषाक्तता फैलिदै गएको छ आज मानव समाजमा । सामाजिक संजालमा नकारात्मक सन्देश प्रवाह गर्ने ब्यक्तिहरुले नक्कली नाम अनावश्यक सन्देश वा भ्रम फैलाउदै गएका छन आज । सन्दर्भनै नमिल्ने भिडियो , समाचार अनलाइन मिडियाले सरोकारवाला पक्षलाई नसोधि प्रकाशन गरेका छन , समाचारै तोड्मोड गरिदिएका छन । समुदाय वा ब्यक्ति विशेषलाई कुनै फाइदा नगर्ने , अनावश्यक सन्देश , कविता , फोटो , नग्न तस्बिर , प्रतिक्रिया वा टिप्पणी गर्ने प्रयोगकर्ता यस वर्गमा पर्दछन । अरुको चासो रूचिमा कुनै ध्यानै नदिने आफूलाई सधैं सामाजिक संजालमा कुनै न कुनै रुपमा संलग्न गराई प्रतिष्ठा स्थापित गर्न खोज्नेहरुबाट यसप्रकारको काम भइरहेको छ अहिलेपनि । यतिमात्र होइन आफ्नो छवि कायम गर्न वा अभियन्ताको दर्जा कायम राख्न सामाजिक संजालको प्रयोग गर्दा मौकाको फाइदा उठाउने अभिलाषाले सामाजिक संजालको प्रयोग गरेको पाइन्छ । यस्ता ब्यक्तिहरु मध्ये नगन्य मात्रामा केहीले फाइदा उठाइरहेको उदाहरण हामीले देख्न सकिन्छ । धेरैजसो पार्टीमा बिचौलिया , मानव तस्कर , पेटी ठेकेदारहरु राजनीतिक संरक्षणमा पार्टीभित्र बसेर पार्टीको बदनाम गरेका छन । आज तिनै पार्टीको प्रचार गरिरहेका छन , पीत पत्रकारलाई आफ्नो पेवा बनाउन उद्दत छन । केही अप्ठ्यारो परेको खण्डमा तिनै दलका नेताहरूले संरक्षण गर्नु कतिसम्मको नकारात्मक कुरा हो , कल्पनानि गर्न नसकिने काम सामाजिक संजालले गारिरहेकै छन् । कतिपय मिडिया हाउसले योग्यतानै नपुगेका सम्पादकहरुलाइ सोर्स फोर्शका आधारमा अनलाइन खबर दर्ता गरिदिएका छन । आ– आफ्नो पार्टीको टेलिभिजन , समाचारको श्रोत पार्टीकै ठुटे नेता बनाएर सामाजिक संजालको दुरुपयोग गरिरहेका छन । सीधा हिसाबमा हेर्दा बिज्ञानको क्षेत्रमा देखिएको तीब्र विकास र बिस्तारले आम मानिसको जनजीवन अत्यन्तै सहज , रोमाञ्चक र द्रुत रुपमा अघि बढिरहेकै देखिन्छ तर बजारमा अनावश्यक रुपमा ब्यक्ति – ब्यक्ति र राजनीतिक – राजनीतिकमा अन्तर द्वन्द ल्याइदिनका निम्ति एउटा अपरिपक्व युट्युबरहरुले अनावश्यक प्रश्न सोधिदिएर नकारात्मक टिप्पणी उठाएका सन्देश हामीले देखेका छौ । एउटा पत्रकार कुन मापदण्डमा रहेर प्रश्न सोध्नुपर्ने हो त्योसम्म ख्याल गरेकै देखिन्न । मनोमानी ढङ्गले पार्टीको प्रचार , चुनाव चिन्हको प्रचार गरेको दृश्य कैद भइरहेको छ अहिले । सर्वसाधारण नागरिक जो हिजो आप्ः्नै तरिकाले राजनीति गर्दै आएका थिए , निर्भिक र निडर थिए , कर्तव्यपलना सहित एकतावद्द भएर अघि नबढेका थिए । आज मूल राजनीति बुझ्दै गएपछि पुरानो राजनीति छोडेर अर्को पार्टी बसे या स्वतन्त्र बने त्यो समाचारमा शुद्ध तोडमोड गरिरहेका छन , सामाजिक संजाल प्रयोगकर्ताहरु । यानेकि यो सामाजिक संजाल आज यतिसम्म विकृति बढदो छ कि , कि वार कि पारको अवस्था सृजना गरेका छन दलहरुले । महान नेपाली जनतालाई ३४ बर्षसम्म आशा देखाएर ललिपप खादासम्म पछाडि फर्केर हेरेनन कहिले । अहिले म यो गर्छु , यसो गर्छु , त्यसो गर्छु भन्ने झुटा आश्वासन बाढेका छन सामाजिक संजालमा , अहिलेपनि । नयाँ पुष्तालाइ राजनीति हस्तान्तरण नगर्ने जीवनकालको अन्तिम कालसम्म सत्ताको चावी आफै सम्हाल्ने । लौरो टेकेर हिडदा सम्म जेन – जी पुस्तालाई राजनीति नसुम्पिने अनि सामाजिक संजालमा कोकोहोलो मच्चाउने ती पुराना सोच अब रुपान्तरण हुनुपर्छ भन्दैछन , जेन – जी पुस्ताहरु । अबको नयाँ गोरेटोलाई मार्गप्रशस्त गर्ने हो भने छातीमा हात राखेर नयाँ जेन – जी पुस्ताहरुले यो प्रण गर्नुपर्छ कि हामी दलका भरौटे होइनौ , हामीलाई कसैको दस्तावेज बोक्नु छैन भन्ने सन्देश सामाजिक संजालमा फैलाउन सक्नुपर्यो । अहिले युवा जेन – जीहरुको एउटै आवाज एकीकृत छैन , गोलमटोल छ । तिनै हिजोकै सत्ताको भ¥याङ चढ्ने बृद्ध नेताहरूले फुटाउ अनि राज गरेको अवस्था छ । यसलाई विभेद गर्ने भनेकै सामाजिक संजालको बेनाम सन्देशको अफवाह हिजोकै सत्ता र शक्तिका उपासक हुन जसले सामाजिक संजालको सदुपयोग होइन दुरुपयोग गरिरहेको अवस्था छ । यसलाई अब नयाँ जेन – जी पुस्ताहरुले रुपान्तरण गर्न फुटेर , लुटेर होइन जुटेर अघि बढ्नसक्नु पर्छ । सामाजिक संजालको दुरुपयोग होइन सदुपयोग गरौं ।