देश–समाज विचार/वहस स्थानीय

‘पपुलिस्ट’ राजनीति र राष्ट्रनिर्माण

:– श्वेता घिमिरे –:
“राष्ट्रियता भनेको हामी सबै हौं। हामी तपाईंको अधिकार खोसिएपछि राष्ट्र बलियो हुन्छ भन्ने कुरो मलाई मूर्खताको कुरो जस्तो लाग्छ। तपाईंहरू बलियो हुन सक्नुभयो भने, हाम्रो अधिकार रम्रोसँग प्रयोग गर्न सक्यौँभने राष्ट्र बलियो हुन्छ। निर्धा, निमुखा, अधिकार नभएको, आफ्नो बुध्दिले सोच्न नसक्ने जनताले कहिल्यै पनि राष्ट्रियताको निर्माण गर्न सक्दैनन्” – बी. पी. कोइराला ‘’घर दैलो कार्यक्रम चलिरहेको’’ छ”, नमस्ते गरेँ है आमा, नमस्ते गरेँ है बुवा , हामीलाई भोट दिनु होला हामी “देश बनाउँछौ ’’। यो अहिले को चुनावी माहोलमा भनिराखिएको वाक्य हो । देश बनाउँछौ ? हामी देश बनाउछौ ? अब यहाँ लुकेको छ हामी सबैले सोध्नै पर्ने प्रश्न “देश बनाउछौ भनेको के हो ” ?
“पपुलिस्ट” राजनीति भनेको यस्तो राजनीतिक शैली हो जसमा समाजलाई दुई भागमा बाडीन्छ । एउटा जुनमा आम नागरिक पर्दछन भने अर्को जुनमा अभिजात वर्ग पर्दछन। यÞकक शैली, एउटा सद्गुणी नागरिकलाइ समर्थक गर्दै हावामा उडिरहेको भनिएका तागतका बिरुद्धमा उभिन्छ। साथै यो शैलीमा एउटा जादुइ व्यक्तित्व भएको मानिसलाइ उभ्याइन्छ, र ‘’उ वर्सेस हामी’’ भन्ने मानसिकताको विकास गराइन्छ। यो आफैमा गलत शैली हो भन्ने हैन, कतिको भावना हुन सक्छ यो यथा–अवस्थामा आवस्यक सुधार र शैली हो भने कतिको तर्क हुन सक्छ यसले समाजको ध्रुविकरण गर्दछ । साथै राजनीतिक विशेषज्ञ र भै राखेको नीति तथा कानूनलाई कम्जोर बनाउदछ। हामीले बिर्सिनै नहुनु पर्ने कुरा चाही “पपुलिस्ट“ राजनीति अहिले आएर सुरु भएको शैली होइन। यो राजनितिक शैली वर्षौ वर्ष देखि चल्दै आएको प्रविधि हो जुन नेपालमा पनि प्रयोग हुदै आएको छ। यी सब कारणहरुले गर्दा हामीले अहिले साचै गर्नै पर्ने भनेको “प्रश्न“ हो , माग्नै पर्ने भनेको जवाफदेहिता हो, छोड्नै पर्ने भनेको एकछिनको होडबाजीमा लाग्न हो, आत्माले पुकार्नै पर्ने नेपाल आमा हो राष्ट्रवाद हो, घच घच्याऊनै पर्ने त्यहाको प्रतिनिधिलाई हो, उठाउनै पर्ने भनेको राष्ट्रनिर्माणका विधि र नीतिलाई हो। जुन जहाँको उम्मेदवार छन् उसलाई सोध्नु पर्ने प्रश्न– यस ठाउँको विकास, शिक्षा र स्वस्थको क्षेत्रमा तपाईको विष्तृत नीतिहरु के के छन् ? सांसद भएर गएपछि नीति निर्माण गर्दा त्यस ठाउका समस्यालाई तपाईले संसदमा स्पस्ट ढंगले उठाउन सक्नु हुन्छ कि सक्नु हुदैन? उम्मेदवारले जुन ठाउँमा उभिएर भोट माग्दैछन त्यस ठाउँको संघर्स, चुनौती, समस्या र त्यहाँका आम जनताको मर्मलाई उनि खुद अवगत छन् कि छैनन्? चुनाव पछिको जुन प्रक्रिया हुन्छ नीति निर्माणका – कार्यपालिका, न्यायपालिका, व्यबस्थापिकाका त्यस प्रक्रियामा प्रतिनिधि स्वयम् आफै कत्तिको सुसुचित र सक्षम छन् भन्ने कुराको ठुलो भूमिका रहन्छ।
राष्ट्रवाद अहिलेको समयमा अत्याधिक प्रयोग भएको अर्थहीन शब्द जस्तो बनेको हुन सक्छ। यो क्षणिक कुरा कुनै पनि सार्वभौम, लोकतान्त्रिक, स्वतन्त्र र स्वाधीन देशको पक्षमा हुन सक्दैन र हुनु हुदैन। राष्ट्रवाद हामी नेपाली को अभिन्न अंग हो , सबैले जान्न जरुरि छ अहिले को आक्रोश सिमित व्यक्ति हरु प्रति हुन सक्छ तर नेपालीलाई नेपाल आमा प्रति अगाध माया छ, निष्ठा छ, भक्ति र समर्पण छ। राष्ट्रवाद र राष्ट्रनिर्माणका बिषयमा समाज को हरेक व्यक्तिले खुलेर प्रश्न गर्ने अहिले को घडीमा अत्यन्तै जरुरि देखिएको छ। राष्ट्र निर्माण क्षण भरको कुरा होइन नीति–निर्माण र कानून–निर्माण क्षण भर को कुरा होइन। हाम्रो आफ्नो क्षेत्रमा के कस्ता समस्या छन् र के कस्तो समाधान हुन सक्छन त्यो प्रतिनिधिले हामी समक्ष खुलेर जवाफ दिन जरुरि छ जुन दिर्घकालिन राष्ट्रनिर्माणको खम्बा हो। नीति निर्माण भनेको यस्तो प्रक्रिया हो जसद्वारा निर्देशिका, नियमहरु र कानूनहरुको निर्माण गरिन्छ, जसले पछि गएर सामाजिक समस्या र संगठित कार्यहरुको ब्यबस्थापन गर्दछ। अहिलेको कुनै पनि क्षेत्रको प्रतिनिधि पछि को नीति निर्माण गर्ने सांसद बन्दछ। त्यसकारण हरेक क्षेत्र, समुदाय, वर्ग,संघ–संस्था, महिला–पुरुषले छुटाउनै नहुने कुरा ’तपाईको आफ्नो र आफ्नो समाजको’ प्रश्नहरु हुन्। जस्तै, उदाहरणका लागि झापामा कुल ७१३,५३७ मतदाता हरु छन् जसमा झापा–५ मा मात्रै ८१,०८१ पुरुष मतदाता छन् वने ८१,२९६ महिला मतदाता छन्। यसमा हेर्दा महिला मतदाता अलिक बढी भएको नाताले पनि उम्मेदवार र पार्टीले महिला र महिला सशक्तिकरणका निमित्त कस्ता विषयहरु उठाएका छन् बुझ्न आवस्यक छ। साथै कम्तिमा ५५% भित्र पर्ने १८ देखि ४५ वर्ष सम्मका व्यक्ति छन्। यो उमेर समूहलाइ उम्मेदवार आफैले वा पार्टीले कस्तो खालको नीतिहरु निर्माण गर्दै छन जसले भोलि यो समूहलाइ शिक्षा र रोजगार दिन सकोस । यदि हामीले उम्मेदवारलाइ प्रश्न पनि सोध्न चुकिम भने, भोलिको दिनमा त्यो प्रतिनिधिलाई औलो उठाउने ठाउँ पनि रहन्छ भन्न सकिदैन। नीति निर्माण भोलिको राष्ट्रनिर्माण को जग हो। राष्ट्रनिर्माण व्यापक प्रक्रिया हो जसले देश को राजनीतिक, सामाजिक, आर्थिक, संस्कृतिक, धार्मिक जग बनाउन र बलियो, विकशित, एकीकृत देश बनाउन मद्धत पुर्याउछ। राष्ट्रनिर्माणमा हरेक सामाजिक व्यक्तिको महत्वपूर्ण भूमिका हुन्छ, जसले आज को युवालाई भोलि को शक्तिशाली व्यक्ति, शक्तिशाली नेता र शक्तिशाली देश बनाउन मद्धत गर्दछ ।
आम मानिसले एकछिन सोचेको हुन सक्छ, कुनै पनि नेता आएर नेपालको प्रजातन्त्र र लोकतन्त्रलाइ सास भर्छ र बचाऊछ, त्यो अहिले को समयमा स्वाभाविक पनि हो, तर प्रजातन्त्रको चाबी त तपाई हामीको हातमा छ मतदाता को मतदानमा छ। यो त मतदाताको कर्तब्य हो प्रजातन्त्रलाइ बचाउने र बलियो बनाउने। प्रजातन्त्रलाई झन् गठिलो बनाउन हामी सबैले आफ्नो कर्तब्य निर्भाह गर्नु पर्छ। कुनै पनि देशको मुख्य सरोकारवाला र निर्णायक त्यहाँका जनता हुन। नेपालमा पहिले पनि पपुलिस्ट भनिएका नेता र पार्टीलाई हामी जनताले जिताएर देश सुम्पिएकै थियौं तर त्यो केवल एउटा “फेल्ड एक्स्पेरिमेंट“ जस्तो हुन पुग्यौ । आज हामीले नेपालमा भएका सबै राजनीतिक स्थितिहरु लाई सम्झिएर , आफ्नो अधिकार फिर्ता लिएर, दुइ पटक सोचेर मतदान गर्नु पर्ने छ। प्रजातन्त्र र लोकतन्त्रका लागि लडेका कयौं युवा र दाजु भाई दिदि बहिनिहरु को योगदानमा हामी अहिले उभिएका छौं । यसमा मनन गर्दै, बिचार बिमर्श गर्दै, नेपाल देशलाई हाक्न सक्ने, साचिकै देश को मायामा लत्पतिएको वीर योद्धालाई देश चलाउने चाबी दिन जरुरि छ। र त्यसका लागि हामीले मतदान अगाडी प्रश्न गर्न र उम्मेदवारको वा पार्टीको मूल भावना के हो, जवाफदेहिता माग्न जरुरीर छ ।
तसर्थ कुनै पनि क्षेत्रको उम्मेदवारलाई निर्धक्क प्रश्न गर्नुहोस, बिन्दु–बिन्दुमा नीति निर्माणका विषयमा झक झक्याउनु होस्, त्यस क्षेत्र को मुद्दामा उनका र उनका पार्टीका के धारणा छन् त्यो बोल्न लगाउनु होस , पार्टीको मूल धारणा के हो सिद्धान्त के हो त्यस विषयमा बहस गनुहोस, जे गरेपनि जनताले तालि पिटछन् भन्ने भावना उम्मेदवारको मनबाट हटाइ दिनुहोस, स्वतन्त्र व्यक्ति उम्मेदवार भएर उठेको छन् भने – मैले बनाएको यस प्रतिनिधिले भोलि देश, समाज, र जनताको बिषयमा कस्तो प्रतिनिधित्व गर्छ भनेर मनन गर्नुहोस। अहिले हामी आफै मतदाताले मानसिकता बलियो बनाएर अगाडी बढ्न जरुरि छ, प्रश्न हरेक विषयमा सोध्न महत्वपुर्ण छ, प्रश्न सोध्नुहोस् । एमबिए, एमए (राजनीति शास्त्र) झापा,दमक हाल काठमाडौँ३२,
(सुविधानगर)

Author

You may also like