:– टंक आचार्य –:
पार्टी÷पार्टी, कार्यककर्ताहरु चुनावी माहौल तथा मतदाताहरूको विषयमा आफ्नो मत दृष्टिकोण र अर्ति–उपदेश जे भए पनि यो मेरो प्रयास हैन जान्दिन । तथापी लेख्ने पेशाले गर्दा लेखेको मात्र भनि बुझिदिन अनुरोध गर्दछु।
घोडा र गधा अनि व्यापारीको कथा हो। धेरै पहिलेको कथा बाटो–घाटो राम्रो बनेकै थिएन । मुस्किलले भैसावयल गाडा हुन्थे त्योबेला; समय त्यो छ।
– एक समयको प्रसिद्ध, परोपकारी व्यापारीसँग एउटा घोडा थ्यो । जसले नदी पारीको ठूलो व्यापार गर्दथ्यो । उसको घोडा पनि त्यतिकै आज्ञाकारी रछ र घोडा जस्तै भारीको काम गर्ने ऊसंग गधा पनि रहेछ । नदीमा पुल थिएन । पानीबाटै सामान ल्यानु लानु पथ्र्यो । यताको सामान उता, उताको यता व्यापार हुन्थ्यो । घोडाको जीम काटीमा सामान बाँधेर बाटो लाएपछि घोडा पारी सामान पु¥याउँथ्यो। धेरै, गरुङ्गो सामान ल्याउनु पर्दा गधालाई, पनि घोडाको पछाडी लगाउँदा, घोडाके, नक्कल (फोटोकपी) गर्न सिपालु भएको थियो । मालिक आफै जानु पर्दै पर्दैनथ्यो । भुक्तानी पनि जीनकाटी मुनि राखेर चिड्डी पठाइ
दिंदा काम हुन्थ्यो ।
– यिनीहरुको चाल गतिविधि देख्दा बाटोको किनारमा चर्दै गरेका घोडाले सधै मार (कोर्रा–छडी) खाएर दिक्क ओएकाहरूले उनीहरुलाई सम्भलाएछन् । के भने तिमीहरू बढी इमानी र आज्ञाकारी भएकाले हामी पनि त्यस्तै भएनौ भनि हाम्रा मालिकले दैनिक चुड्छन् । तिमीहरूले हाम्रो सल्लाह सुझाव मान । सधैं आज्ञाकारी नबन, अलिकति बैमानी पनि गर, हामीलाई पनि राहत हुन्छ ।
२ एक दिन परीबाट वारी निक्कै सामान, गरुङ्गो सामान ल्याउँदै रहेछन् । घोडाले के बोकेको थियो, गधाले के बोकेको थियो । गदाले के बोक्या छ ? उनीहरुलार्ई ठोक्नेलाई त त थाह थियो थहा भएर मात्र हुँदैन कहिलेकाहिं जानेको पनि हुनुपर्छ । अझ राजनीतिमा जान्नु भन्दा धेरै मान्ने गर्छन् । नजानी किन मान्नु ? मान्दा पनि वफादारी (झोले) भैै कसरी मान्न सक्या होला ? म कुरै बुझ्दिन ।
– अँ घोडाले चिनी र नूनको भारी बोकेको र गधाले कपासको बोकेको रछ । नदी तर्नु पर्ने छ। नदी तर्नु अगाडिनै डिलमा नपुग्दै पाखा चर्दै गरेका घोडाले सुझाव दिन रोकेछन् । सल्लाहामा घोडालाई नदीमा तर्दा एक डुबुल्की मार्नु भारी अधा तौल घट्छ, तिम्रो व्यापारीले कमाउनुसम्म कमाकै छ, त्यतिगर्दा कही घाटा नलाग्ला भन्ने सुझाएछन् । गधा भने सधै घोडाकै नक्कल गर्ने हो घोडाले
यसैगरी नदीबाट उठ्दा आधा तौल घट्यो, खुशी भयो ….आहा । तर गधाले पनि त्यसैगरी पछाडी पछाडी थ्यो उसले पनि डुबुल्की मार्ने भयो । कुपास (रुवा) को भारी भिजेर चौगुना गरुङ्गो भयो त्यसैले थिचेर गधाको रामनाम सत्य भयो । डुबेरैै म¥यो । दोस्रो पटक सासै फेर्न पाएन समाप्त भयो ।
– यसरीनै आउँदो चुनावमा अन्धभक्त पर्टीका कार्यकर्ता, भोट्र्सको हविगत पनि मैले त्यही गधाको हालत हुन्छ होला भन्ने पीर देखेको छ । मलाई सम्झन्दा पनि उकुसमुकुस हुन्छ । आगे आपका मर्जी । तथास्तु ।