देश–समाज राजनीति स्थानीय

चुनावी समिकरण : भ्रमको पछाडि नलाग्न नेकपा, कांग्रेस, राप्रपाको आग्रह

दमक/ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग तालमेल वा समीकरण नगर्ने स्पष्ट पारेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा दाहालले नेकपा आफ्नै नीति, कार्यक्रम र जनताका समर्थनका साथ चुनावी प्रतिस्पर्धामा जाने बताए । उनले भने, “यो निर्वाचनमा नेकपाले कुनै पनि दलसँग समीकरण गर्दैन। आफ्नै एजेन्डा, संगठन र जनताको साथमा हामी अघि बढ्दैछौं ।”
यसैबीच, झापा क्षेत्र नम्बर ५ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को उम्मेदवार रञ्जित तामाङलाई कुनै दलसँग तालमेल नगरी चुनावी प्रतिस्पर्धामा दृढताका साथ अघि बढ्न निर्देशन दिएका छन् । बिहीबार बिहान टेलिफोन वार्तामा प्रचण्डले “झापा–५ मा हाम्रो कुनै गठबन्धन हुँदैन, तपाईं ढुक्कले चुनाव लड्नुहोस् भन्दै स्पष्ट सन्देश दिएका हुन् । हालै सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा झापा–५ मा अन्य दलसँग ‘लेनदेन’ हुन लागेको हल्ला फैलिएको थियो, जसलाई प्रचण्डले खारेज गर्दै पार्टी आफ्नै बलमा चुनाव लड्ने पुनः पुष्टि गरेका हुन् ।
यसैबीच, सोही सन्दर्भमा नेकपा एमालेलाई झापा क्षेत्र नं. ५ मा विभिन्न पार्टीका तथा नेताले विभिन्न सर्तमा सघाउने कुरा सामाजिक सञ्जालमा आएको विषयलाई लिएर नाम उल्लेख भएका दमक नगरपालिकाका मेयर रामकुमार थापा, वडाअध्यक्ष भीम पौडेल, नेपाली कांग्रेसका नेता शेरबहादुर भट्टराईले सामाजिक सञ्जाल मार्फत् नै खण्डन गरेका छन् । उनीहरुले आफुसहित केही व्यक्तिको नाम जोडेर गरिएको गठबन्धन र भ्रामक प्रचारप्रति कुनै सत्यता नभएको र विधि र पद्दतिमा हिंडेका व्यक्तिमाथि गरिएका यस्ता अनर्गल प्रचारप्रति विश्वास नगर्न र अझ प्रतिकारमा उभिन आग्रह समेत गरेका छन । यस्ता भ्रामक कुराबाट दुविधामा नरहन र असत्यको खण्डन आ–आफ्नो सामाजिक सञ्जालबाट गर्न पनि अनुरोध गरेका छन ।

Author

You may also like